मुग्लानी न्याउली(भाग -2)

  • पखेराबाट गोडा खोच्याउदै न्याउली घर आई अनि आमाको काखमा टाउको राखेर रुन लागि,आमाले सम्झाउदै भन्नुभयो नरो न्याउली अब अलिकति ढिला भएर के भो त ,खुट्टा निकोभयसी गहिहाल्छेसनी।
  • आमाले खुट्टामा खोपटा बानिदिनुभो ,न्याउली भित्ताको आड लगाएर सोच्न लागी,मेरो मुग्लान जाने सपना पुरा नहोला जस्तो छ,म त्यो फोहोरि तन्ने सानो काजी सगं बिहे गर्नु पर्यो भने डुबेर मर्छु।ऊता गाउमा बिछौने काजी मरेपछी तन्ने काजी ले कसैलाई गन्दैनथ्यो,केटिहरु तन्ने काजी आयो भने पछी पर पर भाग्थे ,तन्ने काजी आफ्नो सम्पत्तिको रवाफ सबैशगं देखाउथ्यो।
  • बिरहि गाऊको बाटो दिनको दुईपटक हिड्ने तन्ने काजी दुबै पटक न्याउली को घर पस्ने गर्थ्यो,सायद काजिले न्याउली लाई बढिनै मन पराउथ्यो।न्याउली को सपना भने मुग्लान गयर धेरै पैसा कमाएर बल्ल बिहे गर्ने,बिरही गाउकी बिरही न्याउली आफ्नो गोडा कहिले नीको होला भनेर कुर्दै बसेकी थीइ।एतीकैमा न्याउलीको घरमा टुप्लुक्क एकजना अधबैसे मानीस आइपुग्यो,कसलाइ खोज्नु भयो होला ?न्याउली ले हतपत सोधी हाली ,त्यतीकैमा आमा भित्रबाट आउनु भयो अनी एकासी अपरीचित मानिसलाइ अंगालो हालेर रुन लाग्नुभो।
  • केही नबोली न्याउली थचक्क खाटमा बसी,उसको लागी यो सबै नौलो थीयो,बिश बर्स अघी हराउनु भयको बुबा घर फर्कदा कस्तो भयो होला,आमाले मलाइ बुबाको बारेमा धेरै कुरा भन्नु भयको थीयो तेसैले मैले अड्कल लगाउन सके।बुबा मुग्लान जादा न्याउली तीन बर्सकी थीइ ,बिचरा बुबालाई राम्रो सग झेल्नु पनि पाएकी थिइन।
  • हाम्रो सानो परिवार थियो,सबैजना खाना खायर अगेनाको छेउमा बसेऊ ,जाडो मौसम थीयो बुबाले एऊटा पकेट बाट बिडी निचालेर सल्काउनु भयो अनी आफ्नो बिगत बताउन सुरु गर्नुभयो।बुबाले मुग्लान मा धेरै दुख अनी पिडा खेप्नु परेछ,गहभरि आसु झार्दै बुबा आमालाई र न्याउली लाइ अंगालोमा चेप्नु भयो। बुबा ले भन्नुभयो अब मरे पनी एही माटोमा मर्ने हो मुग्लान गहिदैन।न्याउली लाइ पनि बुबाले सम्झाउनु भयो,बरु तैले भनेको केटा संग बिहे गर्दीउला मुग्लान नजा छोरि: न्याउलि पनि राजी भई बिरहि गाऊमा बस्नुको लागी : केहि बेरपछी हामि सुतेउ ।
  • बिहानै घरमा गाउलेहरु जम्मा भए,मर्यो होला भनेको मान्छे बाचेर आउदा सबै दंग पर्नेनै भय।सबैले न्याउली लाइ सोधे ,मुग्लान जाने होईन होला न्याउली अब त:मैले जादीन अब भने।

मेलापात गर्दाहोस या छीमेकीको घर जादा होस सबैले मलाइ मुग्लानी न्याउली भनेर बोलाऊनथाले,मलाइ तेसको के वास्ता आखीर म मुग्लान नगयनी मुग्लान गयको बाउकी छोरि त हो।

fb_img_1467167864811 मुग्लानी न्याउली(भाग -2)

%d bloggers like this: