मूल्य विघटनको पराकाष्ठा !

हावा हुरी चलेको वेला एक जनाले भने पनि ठिंग उभिने हिम्मत गऱ्यो भने नसक्नेहरूले “सलाम हामीले सकेनौं ढल्यौं” पो भन्ने हो त !

उल्टै” तँ किन हामीसँगै ढलिनस ? यो अति भयो ! यसलाई ढुंगाले हानेर पनि ढाल !” भनेर उफ्रिनेहरू कहिलै गतिला जिनिस होइनन .received_698861120275813 मूल्य विघटनको पराकाष्ठा !
प्रम प्रचण्डले दसैंको  टीका नलगाएकोमा सवैभन्दा अभद्र र अश्लिल तरिकाले गाली गर्नेमा आफूलाई कम्युनिष्ट हौं भन्ने पार्टीका घघडानहरू नै देखा पर्नुले नेपाली कम्युनिष्ट आन्दोलनको हरिविजोग देखाउँछ .स्खलनको यो भयानक दृष्यले संविधानमा लेखिएको धर्मनिरपेक्षताको आशयलाई मूर्दा बनाएर चिता चढाएको छ .

हरेक राम्रो चिज कुहेपछि सवैभन्दा नराम्रोसँग गन्हाउँछ भनेजस्तै कम्युनिष्टहरू दरवार छिरेर मोहोर राखेर ढोगेर कुहेपछि कतिविघ्न गन्हाउँदा रहेछन भन्ने कुराको विद्रुप दृष्टान्त अहिले देखिदै छ .वाँचिरहे अझै केके देख्न पाइने हो वरै !!

%d bloggers like this: