मृत्युले लेख्यो एउटा युगिन प्रेमपत्र, प्रियसीको नाम जिन्दगी राखेर।

गजल ***

16357603_977540905678746_1051645133_o मृत्युले लेख्यो एउटा युगिन प्रेमपत्र, प्रियसीको नाम जिन्दगी राखेर। बाको काँध साहुकोमा बन्धकी राखेर।

उसले ल्यायो हत्केलामा खुशी राखेर।

छोपिदियो सन्तानका नाङ्गा आङहरु,

पत्निको ओठ तमसुकमा जमानी राखेर।

यसो सोच्छ,के उमार्न सकिएला सुख?

दु:खको बोटमा सपनाहरु कलमी राखेर।

समयले सुम्पियो विचित्रको जीवनकथा,

अन्त्य छापेर,बाकी पाना खाली राखेर।

प्रस्ट्याउँदैछ उ जिन्दगीलाई यसरी,

उदाहरणमा सल्केको मैनबत्ती राखेर।

मृत्युले लेख्यो एउटा युगिन प्रेमपत्र,

प्रियसीको नाम जिन्दगी राखेर।

%d bloggers like this: