मेरो यो भरिलो जवानिलाई विधि र नियमको सोकेसभित्र बन्दी नबनाऊ,नबराज घिमिरे New king गोकुलगंगा,४ रामेछाप

कबिता

19702330_752907791584631_2918964573262602740_n-300x225 मेरो यो भरिलो जवानिलाई विधि  र नियमको सोकेसभित्र बन्दी नबनाऊ,नबराज घिमिरे New king गोकुलगंगा,४ रामेछापअब त मलाई “म” बन्नुछ .

यो मेरो जिन्दगी कहिल्यै जिन्दगी बनेन ,

बिधिको लागि जिउनुपर्ने ,

नियमको निम्ति बाँच्नुपर्ने

बिहान अार्लामलेउठाएको जिन्दगी

कसैको बनावटी ढोङ् ,

नियम र सिद्धान्तको पिछलग्गु जिन्दगी

इसारामा चलेको रोवोर्ट जस्तो मान्छेको जिन्दगी ,

विधि र नियमले छेकिएको छ

सिद्धान्त र दर्शनले पुरिएको छ

अादर्श र नीतिको दलदलमा भासिएको छ

मलाई जिउनका निम्ति तिम्रा बनिबनाउ

पुराना नियम र सिद्धान्तहरू नसिकाउ

बिधि र बिधानहरू नरटाऊ

मैले अाफैँ बाँच्ने यौटा जिन्दगी लिएर अाएको छु

मेरो बाल मस्तिष्कलाई अनुकरण गर्नबाट रोक्न नखोज,

मेरो यो भरिलो जवानिलाई विधि

र नियमको सोकेसभित्र बन्दी नबनाऊ,

मेरा विशाल ईच्छा र चाहनाहरूलाई सीमित भूगोल

र निश्चित सिमानाभित्र बन्दी नबनाऊ,

किनकी म बाँच्न चाहन्छु।

तिम्रो नियमले मलाई अनियन्त्रित बनाउँछ ,

तिम्रो विकासले मलाई गतिहीन बनाउँछ

तिमीले बनाएको जिन्दगीको लक्षण मेरो जिन्दगीमा अव्याप्त हुन्छ ।

जिन्दगीलाई परिभाषित गर्न नखोज,

जिन्दगीलाई नियम र सिद्धान्तले नपुर,

म च्यापिएको छु, मलाई बचाऊ,

मलाई बाँच्नदेऊ कति पटक भनिसके मैले –

“बुद्ध, गान्धि,लेलिन र अाईन्स्टाईनहरू

धमिरा लागेका ईतिहास हुन्”

“हिटलर , सिकन्दर र माअोहरू चेतनाका भय हुन्”

हिटलर नबन्ने ईतिहास, गान्धी बन्ने अादर्श , बुद्ध

बन्ने दर्शन उहिल्यै चितामा खरानी भैसके

अब त मलाई म बन्न्नुछ बस म !

 

नबराज घिमिरे New king गोकुलगंगा,४ रामेछाप

%d bloggers like this: