मोटी दीपा स्लिम देखिनुको रहस्य

deepa-shree-niraula-15 मोटी दीपा स्लिम देखिनुको रहस्यकाठमाडौं, मंसिर ६ – मानिस जब सफल हुन्छ त्यसबेला अघि बढ्नको लागि पनि लगातार सफलताकै खुड्किला मिल्छन् । बाहिरबाट सामान्य देखिन्छ । तर उनीहरुले ती खुड्किला पार गर्न निकै मेहनत गरेका हुन्छन् ।

निर्देशक दीपा श्री निरौलाले पनि २५ वर्षको लामो संघर्षपछि सिनेमा छक्का पञ्जा निर्देशन गरेर सफलता पाइन् । उनको निर्देशनको तारिफ गर्नेहरु थुप्रै भए । छक्का पञ्जाले रेकर्र्ड राखेपछि दीपालाई जीवनमा सबैभन्दा ठूलो सफलता मिल्यो । त्यसो त उनी हाँस्य कलाकारको रुपमा पहिले नै सफल मानिन्थिन् । उनको र दीपकको जोडी पर्दामा सफल र दर्शकले रुचाएको जोडी हो । सिरियल तितो सत्यमा श्रीमान् श्रीमती भएर काम गर्ने उनीहरुलाई धेरैले वास्तविक पति पत्नी नै हुन् भन्ने गरेका छन् । त्यस्तै उनीहले केही बिज्ञापनहरुमा पनि एक साथ काम गरेका छन् ।

अभिनय र निर्देशनका कारण चिनिएकी दीपाको एक शारीरिक बिशेषता छ त्यो हो उनको मोटोपन । जमाना जिरोको भएपनि उनी आफ्नो मोटोपनलाई घटाउन चाहन्नन् । किनकी उनी त्यसमै खुसी छन् । अहिले त जीरो फिगरको जमाना छ, तपाईँ अलि दुब्लाउनु पर्यो भनेर कसैले भनिहाल्यो भने पनि उनी आफू यसमै ठिक र फिट भएको बताउँछिन् । उनी आफ्नो शरीरमा त्यस्तो कुनै परिवर्तन ल्याउन चाहन्नन् ।

तर उनी वास्तविक जीवनमा जति मोटी छिन् बिज्ञापन र फिल्ममा त्यति मोटी देखिन्नन् । यसको कारणको खुलासा हालै मात्र दीपा आफैले गरेकी छिन् । दीपाका अनुसार उनलाई एड र फिल्मका लागि अफर आउने बित्तिकै खाना बन्द गर्छिन् । बिशेष गरी पेट बढाउने भात त उनी खाँदै खान्नन् । एड वा गीतमा काम गर्नुपर्ने छ भने एक हप्ता अघि देखि नै उनी यस्तो गर्ने गर्छिन् । ‘विज्ञापनको अफर आयो की मामलाई टाटा बाई बाइ भन्छु । त्यसैले विज्ञापनमा फिट देखिन्छु’, उनले भनिन् ।

दीपा हरपल चामल, सीताराम दुध, शिखर सुज, आइएमइ, नेपाल टेलिकम, नागरिक पत्रिकाको कार अफर, लक्की ज्वेलर्स, सेसा तेल लगायतका बिज्ञापनहरुमा काम गरिसकेकी छिन् ।

उज्यालाे र forseenetwork.com काे सहकार्य

%d bloggers like this: