म कपडा लाएर,मुख नै नधोई रमेशलाई भेट्न उस्को घर जान हीडे।ममीले के भो,तलाई सन्चो छैन की

–        -खुसीको प्रत्येक मेसेका शब्दले मेरो मन रोयो,तर बाहिर आँशु देखाउन सकिन,”सरी प्रमीस म

हजुरको हुन सकिन,तर मेरो प्रेम झुटो थिएन,यो समय यो परिवार सबै झुटो थियो,म अभ अरु कसैको हुन लागेको छु।हजुरले त म जस्ता धेरै पाउनु हुन्छ।मैले भनेको थिएनी है,कुनै कुरा चाहाना भएर मात्र पाईदैन,फेरि भाग्यमा लेखेको हुनु पर्छ।।।प्रमीस सधै खुसी हुनु हजुर।।यस्तै थियो,अभ म उस्को मेसेज देखेर खुसी हुनु की दुखी सोच्नै सकिन,यँहा हरेक प्रेमी म जस्तै तडपिएका होलान् यदि यस्तै एउटी केटीको कमजोरीले,मैले खुसीलाई धेरै पटक फोन ट्याई गरे तर फोन अफ थियो,सायद उस्ले अभ म सँगका बाटोहरु सबै हराईदिई।यदि फेरि उस्ले मलाई प्रेम नै गरेकी थिई भने किन यति छीटो यस्तो निर्णय लिई।।

              आखिर म खुसी बिना बाच्न सक्दिन,बिहे गर्न पो पैसा लाग्छ,आखिर भगाएर घर लिएर आए त

उस्ले पनि त बझ्नु पर्छ नी बुढोको कमाई छैन भन्ने।।यदि मैले आज सानो आफ्नो सोच ले भोलि खुसी अरुकी हुन्छे अनि म त मरेतुल्य हुन्छु।।मैले फेसबुक खोलेर खुसीलाई मेसेज गरे तर उस्ले मलाई ब्रल्क गरेकी रैछे,म उस्को यति घृण्ण मा परिबर्तन भए तर कस्को लागी।

।मन धेरै दुख्यो,छाती जोडले चर्केर आयो,सायद त्यो बेला मैले अनुभब गर्दैथिए पहिलो पटक दुख,अनि पिडाको।।।उस्की साथि आकाङक्षालाई मेसेज गरे,उ अनलाईन थिईन।।यदि नम्बर हुन्थियो त म उस्लाई फोन गरेर सबै कुरा सोध्न सक्थिए।।बैनीले बाहिर बाट दादा खान खानु आउनु रे भन्दैथिई,ममीले पनि आजभोलि मोवाईलमा धेरै बिजी हुन्छ भन्दै गालि गर्नु भयो,मैले कसैको कुरा सुने पनि नसुने झै गरेर मलाई खान मन छैन भनिदिए,पेटमा भोक थियो तर मुखबाट भित्र जान सारो थियो।

             ।मैले सोच्नै सकिन,किन यो सबै गर्दैछे अझ भन्छे खुसी रहनु तर म हास्नुलाई खुसी भन्दा पनि नाम

की खुसी सँग रमाउन चाहान्छु त्यो उस्लाई पनि थाहा थियो,अनि अझ भन्छे भाग्यको कुरा तर त्यसलाई के थाहा,हिजो सम्म भगवान सग एउटै कुरा मा पनि नमाग्ने म जब खुसीलाई चाहे तब प्रत्येक यादमा हे!भगवान मलाई मात्र खुसी देऊ,भन्ने म अनि फेरि खुसीले पनि त भगवान सँग धेरै बाचा गरेकी थिई,सोमबारको ब्रत मेरो लागी बसेको भन्थिई अनि फेरि यो सबै कुरा कसरी सायद मलाई जलन होस् भनेर पो हो की।

।हैन हैन यदि जलन होस् भनेर यसो गर्थिई त किन फोन”अफ”गर्थिई”किन मलाई फेसबुक बाट ब्रल्क गर्थिई,साच्चै पहिला भन्दा खुसी धेरै परिबर्तन भएकी छे।।पहिला मोवाईल अफ हुन्छ,हजुर सग सधै बोलिरहुँ लाग्छ भन्ने मेरी खुसीले आज एक्कासी यी सबै कुरा।एकछिन पछि आकाङक्षाको मेसेज आयो मैले छिटो छिटो मेसेज गरेर”तिम्रो नम्बर देउ न भने।उस्ले नम्बर दिई मैले फोन गरेर,खुसीले भनेका ति मेसेस सबै भने तर उस्ले प्रसङग उठाउदै सबैले आफ्नो प्रेमि नपाउदा रैछन,सबैको भाग्यमा माया नहुदो रैछ,यहा नचाहेर कसै सँग प्रेम हुन्छ,न चाहेको मान्छे नै पाईन्छ न त रोजेको प्रेम नै फेरि सबै स्वार्थी हुने रैछन।

                मैले आकाङक्षाको घुमाउरो कुरो बुझीन।मैले सोधे:सरी मैले कुरा तिम्रो कुरा बुझीन,फेरि स्वार्थी

कुरा के हो,पिल्ज छिटो भन।।उस्ले अलिक सानो आवाज मै भनि”यति बुझ्नु हजुरको भाग्यमा खुसी थिईन,हजुरको प्रेमीका समय सगै आएकी एउटी अपरिचीत परी थिई,जो सपनामा मात्र अटल छे।।मैले आकाङक्षाको कुरा काट्दै भने”ह्ववाट डु यु मिन?
“आई मिन”उस्ले भनी,कुरा यही हो की,सबै थोकमा स्वार्थ हुन्छ र सबै स्वार्थी हुन्छन।यि सबै आकाङक्षाको कुराले मेरो पेसर तात्यो।।मैले फेरि नम्रै भएर सोधे तिमीलाई के थाहा छ खुसी एक्कासी म देखी टाढा किन र कसरी भई भन्ने।”उस्ले मलाई सम्झाउन खोज्दै”उम सबै थाहा छ,खुसीको बिहे हुने वाला छ,उस्कै ठुलोबुवाको बुहारीको भाई सँग,दुबैको मन परापर भईसको।किन हजुरलाई थाहा थिएन र?अरे मलाई कसरी थाहा हुन्छ,जब उस्ले केही नै भनेकी छैन भन्ने,मलाई आकाङक्षाको कुरा बिश्वास लागेन,सायद मेरो मन चोर्दै छन यस्तै लाग्यो।

                ।सोधे:तिमी झुटो बोल्न सिपालु छौ है!खुसीले भनेकी थिई नी।।तर उस्ले अलिक चर्को आवाजमा

पत्याउनु नपत्यानु हजुरको मन हो तर हर कुरा झुटा हुन्छन तर कसैको प्रेममा यहा झुटा कुरा हुदैनन।।म उही सग बार्तालाप गर्नु ठीक लागेन।”ओके”ठिकै छ खुसीले मलाई छोडेकै हो भने,पिल्ज लास्ट एक पटक म उ सग कुरा गर्छु भने।।हुन्छ भरै म उस्को घर गएर,फोन गर्छु भनिन।।मलाई मनमा एक किसीमको छटपटी भयो,सुनेको थिए प्रेममा पागल हुनेहरु कसरी हुन्छन,तर कसम यदि म जस्तै तडपिने हरु नै पागल हुन्छन।।”हिजो सम्म यही मायाले बाच्ने आट आयो,हरेक सपना सोच्ने कल्पना आयो तर आज यही मायाले पिडा दियो।।ममीले बाहीर बाटै”ओई प्रमीस खाना खान आइज”धान कुटाउन मिल जानु पर्छ भन्नु भयो,तर मलाई न त भात खाने मन थियो न त धान कुटाउन जाने।

                   मलाई ममी बोलेको पनि झर्को लाग्न थाल्यो,खाने मन छैन भन्दा पनि,बोलाको बोलाई।मलाई

घरमा बस्न मन लागेन,कति पटक खुसी कै नम्बरमा फोन लाए तर सधै”अफ”भनिरह्यो।अभ मलाई त्यो खुसी बिनाको फेसबुक अनि यो मोवाईल बोक्न मन लागेन।।कती बेला आकाङक्षाले फोन गर्ली झै भयो।घरमा बाबा,ममी बैनी सबै हुदा पनि एक्लो जस्तै फिल भयो,मन धेरै रोयो।।म सबैको नजिक तर प्रेमीका बाट टाढा हुदैथिए,कति निस्टुरी रैछ,अरु पाए पछि मलाई छाडी,हुन त मलाई पनि जुनु कै पाप लाग्यो,उस्ले मलाई नभेटी नदेखी धेरै प्रेम गर्थी तर मैले नै उस्लाई फेसबुककी एउटी केटी त्यही पनि धनी की छोरी,भनेर खुसी सँग सम्बन्ध गासे तर आज खुसीले पनि यो सबै किन गर्दै छे।।मैले रमेशलाई फोन गरेर काहा छस्!त सग काम छ भने,”उस्ले घर मै छु आईज भन्यो।

म कपडा लाएर,मुख नै नधोई रमेशलाई भेट्न उस्को घर जान हीडे।ममीले के भो,तलाई सन्चो छैन की

कसो,भात नखाई काहा जान लाको भन्नु भयो।मैले टाउको दुखेको छ”मेडीकल गाको भनेर झुट बोले”आखिर कस्को लागी यो सबै गरे मैले आफ्नी आमा सग झुट बोलेर,मलाई सबैको पाप लाग्छ।।मलाई हिडेर जाने मन थिएन,बस म जादा 10 रुपैया लाग्थियो।।म उर्लाबारी बाट बसमा चडेर गए,त्यहाको खलासी दाईले लोक्कल मान्छे नचढ्नु भन्दै थियो,तर त्यो बस को डाईभर मेरै साथि थियो।।एकछिन पछी रमेशको घर अगाडी बस रोकीमागेर,म झरे,म सरासर भित्र गएर रमेशको बाबालाई सोधे”तर रमेश त भखर बजार गयो,बस्दै गर भन्नु भयो।।म रमेशको कोठा गए,मनमा एउटै कुरा थियो किन यो सबै म सग गर्दै छे के को सजाय हो यो मलाई।।मोवाईल झिके,तर त्यहा….
क्रमश,,,

“खुसी”
भाग-8
लेखक-अनु राउत

%d bloggers like this: