कथा:-“पच्छताप” भाग:-१–को अन्तिम तहमा पुगे ।गाली अफ्जोस पाइथ्यो तै पानी साथ छोडेर गको थिएन

कथा:-“पच्छताप” भाग:-१

 

उ मेरो सामु रुदै कराउदै थियो।म सङ बिन्ती भोग गर्दै थियो। उस्को त्यो भावपुर्ण आवाजमा मैले स्पष्ट उस्का पिडा ,दुख,भावना त्यो रोदनमा बुज्न सक्थे।

 

अन्तिम सम्म भन्दै थियो म तपाईं संगै रहने हो,म हजुर लाई छाडन सक्दिन,मलाइ हजुर बाट टाढा नगराउनु न ,हजुरलाइ गाल वा अबझोस दिलाउने छैन के र उस्ले अन्तिम मा भनेको शब्द “म हजुर सङ फेरि आउनेछु”

 

उस्को यो बोली पूरा नहुदै मैले उस्लाइ काटन को लागिमेरो सहयोगी ला अर्‍याय ।

 

उ सहयोगी मित्र पनि खुसी थियो उस्लाइ काटनु पाएको मा उस्लाइ यसो हेर्दा लाग्थ्यो कि उनिहरु बिच एकदम पुरानो रिस थियो , बिहानपख को समय थियो

 

उस्को तेस्तो बिन्ती भाउ थियो तर पनि मैके उस्को अलिकती पनि कुरा सुनिन र उस्लाइ अन्तिम बिदाइ गरे ।

म सहयोगी मित्रलाई धन्यवाद प्रकट गर्दै त्यो ठाँउ बाट टाढिल खोजे ,उ पनि मेरो धन्यवाद खुसिका साथ धन्यवादलाई स्वीकृत गर्दै भन्यो “यसलाइ

 

तपाईं आफै किन काटनु भएन ” म निसब्द भए त्यो प्रस्नको जवाफ के दिउ भनी,चुपचाप रहे र मन नलागी नलागी केही हासे जस्तो गरेर खित्त

 

ओठ लाई तन्काउदै हासे जसो गरे र गल्ली मा निस्के र आफ्नो बाटो लागे ।म एकोहोरो भए मनमा अनेक कुराहरु खेल्न लागे ।

 

आज अरु दिनको भन्दा सुर्यका किरण फरक लाग्यो किनकी मलाइ त्यसरी कैलै पोल्ने गर्थेन तर आज म नै घाम नजिक पुगे जसरी गर्मी

 

को चरम मा पुगे मेरो शरीरमा चटचटती पसिना आयो र मनको अर्को कुना मा मैले उस्लाइ काटेर गल्ती त गरिन । म “पश्चताप” को अन्तिम तहमा पुगे ।

 

बाटोमा अरु थुप्रै केटीहरु हिडेका थिए,अरुबेला उनिहरुलाइ हेर्दै जिस्काउने म ,

 

आज एकोहोरो हुँदै उस्को अन्तिम सब्दहरु लाई मनमा खेलाइरहेको थिए।एक छुट्टै प्रकारको ग्लानी भएको थियो ।

बाटोमा कोसैले बोलाको नि सुनिन र सुने पनि उनिहरु सङ्ग बोल्न मन लाग्यो। केही बोलिन म हिडिरहे मात्र। किन मैके उस्लाइ काटे ,

 

उ त मेरो असल साथी थियो।घामपानी हावाहुरी जस्तो सुकै बेलामा साथ् दिएको थियो,उ मेरो खुसिको लागि आफुलाइ चोट पुर्‍याइ विभिन्न

 

आकार प्रकारमा बद्लिने गर्थ्यो,मलाइ राम्रो बनाउन जस्तो अवस्थामा नि लड्ने जुध्ने गर्थ्यो। र तै पनि उ म सङ्गै भएको अन्य

 

मानिसले राम्रो मान्थेनन, उनिहरुले मलाइ भन्ने गर्थे यस्को सङ्गत नगर यस्ले नराम्रो बनाउछ,यस्को साथ छोडदे ।

 

यस्ता विभिन्न किसिमको गाली अफ्जोस पाइथ्यो तै पानी साथ छोडेर गको थिएन ।

 

न त मैले छोडन सकेको थिए।जीवन भर साथी बनेर बस्ने हाम्रो बाचा थियो तर मैले तोडे……

हेर्दा उ कालो बर्णनको,लामो लामो घुम्रिएको आकारको चटट मिलेको अरु भन्दा भिन्न थियो मेरो “”दार्ही”

“……..
to be continue…

%d bloggers like this: