यी कलाकार जसले पाँच पानाको लभ लेटर लेख्थे

दीपा तिमल्सिना/उज्यालो ।

काठमाडौं, मंसिर ११ – जात्रा फिल्मका निर्माता एवं कलाकार रविन्द्र सिंह बानियाँ (पशुपतिप्रसादका हनुमानजी) लाई अहिले जात्रै जात्रा छ । कहिले कता कहिले कता, दौडधुप उस्तै, अनि धपेडी पनि । jatra%20baniya%201 यी कलाकार जसले पाँच पानाको लभ लेटर लेख्थेतर यो धपेडीमा बानियाँ दुःखी भने छैनन् । जात्रालाई दर्शकले मन पराइदिएकाले दंग पर्दै सुरु भएको उनको दौडधुप मख्ख पर्दै सकिन्छ । जिन्दगी यस्तै छ उनको । घरमा श्रीमती र आठ महिने छोरा छन् । तर पनि बेफ्रिकी छन् उनी । किनकी घरको माहोल नै त्यस्तै छ ।

बगैँचामा ढकमक्क फूलेका फूल हेर्दा कसको मन नबरालिएला र ?  कलाकार बानियाँको मन पनि बरालिन्छ । उ बेला आफैँलाई पढाउने सरकी छोरीलाई भगाउन ठिक्क परेका बानियाँ भन्छन् – ‘तपाईं हामीले देखेकै छौँ नि बगैँचाको छेउमा कृपया नछोइदिनु होला भनेर लेखेको हुन्छ । यो समाजमा पनि केटी देख्यो, गाडी देख्यो, सम्पति देख्यो । तर तपाईंले देख्न जरुरी छ कृपया नछोइदिनु होला ।’ ‘बरालिने मनलाई चित्तले ‘वाच्’ गरिरहेको हुन्छ । चित्तले वाच्डगको भूमिका निर्वाह गर्ने भएकाले बरालिने मन फेरि रस काढ्न नपाउँदै फेरि फर्किएर आउँछ र यथास्थानमा रहन्छ ।’

मन बराल्लिने कुरा गर्दै गर्दा बानियाँले आफ्नो अतित सुनाए । ‘उ बेला त म लास्टै गफाडी हैँ लभ लेटर त कति हो कति पठाउने । अलि दार्शनिक कुरा गर्दथें के म, अनि त केटीहरु मख्खै । लभ लेटर पाँच पानाको लेख्थेँ । के लेख्दो र छु भनेको त, माथि सुरुमा सागर सिस्नु खाएर बस्नु आनन्दित मनले लेख्यो है, त्यस पछि सप्रसंग व्याख्या गर्यो । हेर प्रिय, जिन्दगी यस्तै हे, दुःख सुख…

झण्डै मैले आफैँलार्ई पढाउनेको सरको छोरी भगाएको । उसले तिमी पनि एक्लो छोरा म पनि एक्ली छोरी नभागौँ भनेसी भागिएन । अहिले सम्झँदा रमाइलो हुन्छ ।’ jatra%20baniya यी कलाकार जसले पाँच पानाको लभ लेटर लेख्थेअहिले नि भेट हुन्छ होला नि भन्दा उनले भने, ‘किन नहुनु । हुन्छ नी । उ बेला भन्न नसकिने अहिले त सबै कुरा हुन्छ । यस्तो गरेँ त्यस्तो गरेँ । रमाइलो हुन्छ । उनको घरको बाटो हुँदै घर जानुपर्छ । अहिले श्रीमती (सीता श्रेष्ठ)ले कहिलेकाहीँ जिस्काउछिन् । “उ भूतपूर्वको घर” भनेर ।’

‘हामी दुवै हास्छौँ । गज्जब छ ।’

‘उ बेला राम्रो लागेर मन पर्दथ्यो ।  सीता मन परेर राम्रो लाग्यो । सँगै रहँदा बस्दा तीन महिनापछि मात्रै उसलाई मैले प्रपोज गरेको हुँ ।’

माया प्रेममा भुल्ने मात्र होइन, उनी धेरै मेहनत गर्थे र अहिले पनि गर्छन् । मौरीले जस्तै मेहनत गरेका बानियाँ अनि उनको टिमले सफलता पाएको छ । पहिलाको कुरा सम्झँदै  बानियाँ भन्छन् – ‘श्रीषा कार्कीको अन्तिम फिल्म थियो वाचाबन्धन भन्ने । नाटकमा लाग्दा लाग्दै म फिल्मको मोहले गोरु बेचेको साइनो लाउँदै प्रेम बानियाँलाई भेटें । दुई चार दिन त अटो नमस्कार भयो तर त्यसपछि के भयो भने त्यहाँको माहोल, देखेर म छक्क परें । केटीका कुरा, रक्सीको कुरा । त्यसपछि त पहिलो अटो नमस्कारका लागि उठेको हात १० किलो जतिको हुन थाल्यो । विस्तारै हात उठ्नै छोड्यो । त्यसपछि मैले आफूलाई सिध्याउनु भन्दा जुन दिन सक्दछु त्यहि दिन गर्छु भनेर हिँडे ।

नाटक गर्दा गर्दै खगेन्द्र लामिछानेहरुसँगको सर्कलमा टलकजंग भर्सेज टुल्के गरेपछि सबैलाई भन्न पाए हुन्थ्यो भन्ने लाग्यो । अनि फिल्मतिर लागौँ । पैसाले मात्र फिल्म बन्दैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ । नेपाली चलचित्रको विकास हुन नसक्नु पनि यहि हो ।

हाम्रो समाजको मापदण्ड नै गलत छ । पैसा छ, गाडी छ घर छ भने सुख । होइन भने दुःख । त्यसो होइन पैसा भनेको सुख र खुसी होइन । रिक्स छ तर रिक्ससँगै रमाइलो छ । कति दःुख गर्यौं भन्दा नि कति राम्रो गर्यौँ भन्ने हो ।’

SOURCE  ujyaaloonline.com

%d bloggers like this: