लचकलचक कम्मर बङ्गाएर अनुहार भरि पाउडर रङ्गाएर कति राम्री छु भन्छे हाेला ऊ थोरै छोपी पूरा शरिर नङ्गाएर

मुक्तक
धेरै पिए जहर अाज मातै लागेन
मनकाे पिडा धेरै थियाे कतै भागेन
शरीरमा फुर्ति अाउछ भन्थे काेही
मेराे शरीर उस्तै रह्यो केही जागेन

मुक्तक

चिन्ता माथी चिन्ता थपियो हजुर
मनको कुरा मनमै रोकियो हजुर
एक दुई थान सपना के साचेँ मैले
आँसु बनेर त्यो पनि पोखियो हजुर

**मुक्तक **
लचकलचक कम्मर बङ्गाएर
अनुहार भरि पाउडर रङ्गाएर
कति राम्री छु भन्छे हाेला ऊ
थोरै छोपी पूरा शरिर नङ्गाएर

  • तारस घिमिरे (चिन्तन)
    बेलवास ७ प्युठान
    हाल : रुकुम
About lchapagain4@gmail.com 745 Articles
CEO AT CHHEPARO.COM