लजाएर तिम्ले नहेरे'नि हुन्छ । टुना हुन्छ भन्छन् बजेको चुरामा।

14390977_594449634097115_3651356082081637702_n लजाएर तिम्ले नहेरे'नि हुन्छ । टुना हुन्छ भन्छन् बजेको चुरामा।गजल

नजानी भुलें सुन्दरी औ सुरामा ।

हरे दैव भन्दै चुटेँ पुर्पुरामा ।।१।।

चलेको छ हल्ला सबै गाउँघरमा।

हुँदैहुन्न बिश्वास भन्थ्यौ भुरामा ।।२।।

कहाँ हुन्छ एकै फिटिक्कै हुँदैन ।

यता के टि एम् मा उता बाजुरामा ।।३।।

लजाएर तिम्ले नहेरे’नि हुन्छ ।

टुना हुन्छ भन्छन् बजेको चुरामा।।४।।

कहाँ गै हराएछ ? ब्रम्हाण्ड सारा –

उचाल्ने पुरै जोस् थियो पाखुरामा ।।५।।

पुरु रिजाल (भूमेस्थान ७ धादिङ)

%d bloggers like this: