शिरनी को आत्मा(भाग 4)

photoeditor-1467814018046 शिरनी को आत्मा(भाग 4)

  • सुकुलमा बसेर सुस्ताउदै भन्यो ,दाइ मैले जीबनमा धेरै पाप गरेको छु ,तेसैले होला शिरनीको आत्माले सधै सताइ रहन्छ।म शिरको फाटेको टोपि खल्तिमा हाल्दै सिरकलाइ थमथमाइ रहेको थिय,बाबु अब तिमी र म झाक्री को मा जानुपर्छ।भित्रबाट कुसनले कालो चिया बनायर छेउमै राखीदिइ,सायद रिशले होला,म चाहि मोरो सिरकेलाइ हेरेर दंग थिय।
  • सिरकले भन्यो उ शिरनीलाइ बेचेर केही महिना पछी जंगलको बाटो हुदै घर फर्कदै थीयो रे ,त्यो बेलामा साधन केही थीएन पैदल हीडेर गन्तब्यमा पुग्नुपरर्थ्यो।अचानक बाटोमा उसलाइ कसैले बोलाए जस्तो लाग्यो र पछी मोडेर हेर्दा शिरनी मैया । उ केही बोल्नै सकेन तर शिरनीले उ संग सधैजस्तै ब्यबाहार गरिन उनिलाइ सिरकले बजारमा बेचेर आएकोमा कुनै गुनासो थीएन बरु उसलाइ एक्लो पारेकोमा गुनासो गर्दै थिइन शिरनी मैया।
  • सिरक उभिएर सुनिरहेको थियो एतीकैमा शिरनीले अंगालो हालेर रुन लागीन,भन्दै थिइन एही पर मेरो फुपुको घर छ त्यही गयर बस्नु पर्छ।शिरनीले खुसिका साथ हात समाएर फुपुको घर लगीन ,फुपुको घर खोलाको छेउमा रहेछ,फुपुले स्वागतका साथ हामीलाइ भित्र बोलाउनु भो अनी खाना खाएर हामी संगै सुत्यौ शिरनी र म एक अर्काको अंगालोमा,मलाइ मन मनै लागी रहेको थियो यति प्यारी शिरनीलाइ मैले किन अर्कैलाइ दियको होला।
  • कुरा गर्दा गर्दै निदाएछौ,कति छिटो बिहानि भैसकेर घाम परेको ,म उठेर मुख धुन लागे,मुख धुदै गर्दा फुपुले एउटा मरेको मानिसको टाउको को खप्परलाइ पुजा गरिरहेको देखे अनि अचम्म लागेर सोधे फुपु यो के गर्नु भाको?  मुन्टो ठाडो पारेर मलाइ भन्नु भो यो मसानलाइ खुसी पारेको।म केही नबोली भीत्र गय अनी शिरनीलाइ त्यो कुरा भने तर उसले हासेर उडाइदीइ।
  • त्यो दीन पनि हामी त्यही बस्यौ अनी हामी घर आएको खुसिमा फुपुले सबै आफन्त र गाउलेलाइ बोलाउनु भयको रहेछ धेरै रमाइलो भयो।सबै जना घर गय र हामि पनि सुत्ने तयारीमा लाग्यौ,अबेर भैसकेकोले म सुतीसकेको थिए ,एतिकैमा मलाइ पिसाब लागेर बाहिर के निक्लेको थीए ,शिरनी र फुपु पीपलको बोट मुनी पुजा गरिरहेको देखे त्यसपछी म हतनपत भीत्र गयर सुते।मनमा अनेक थरी कुरा खेल्न थाले ,सोचेकी बिहान नहुदै यहाबाट शिरनीलाइ लिएर जान्छु।
  • सोच्दा सोच्दै निदाएछु ,बिहान उठेर यसो हेरेकोत म अर्कैको घरमा रहेछु,सबै नचिनेका मानिसहरु,मैले सोधे म कहा छु? यतिकैमा एकजना अधबैसे आइमाइ आएर भनि मैले तपाइलाइ मसानघाटमा भेटेको घास काट्न जादा,धन्न मसानले खाएनच ,बेलैमा मैले गर्दा बाच्नुभो।मैलै मेरो बाटोमा घटेको घटना बताएपछी झाक्रिको मा लगेर मसान फालीदीनुभो।त्यसपछी निको भयर त्यो घरबाट बिदा लिय।
  • हप्ता दिनको हिडाइपछी सदरमुकाम के मात्र पुगेको थिए ,पुलिसले समायर लगीहाल्यो,तन्ने काजिले मेरो बारेमा पुलिस लाही खबर गरेको रहेछ।हीरासतमा बस्दा साथिहरु बनाय तर जीबनमा एऊटै गुनासो रह्यो शिरनिको मिर्तु मेरै कारणले भयो,अजै पनि बेला बेला सपनिमा आएर छिया छिया भयको मुटुलाइ झक्झकाइ रहन्छे।
  • सिरकले आफुले भोगेको पीडा बताएर सिध्याएछ म चाही टोलाएर बसेछु,दाइ भनेर सिरकले बोलाएपछी झस्कीय।मेरो त सातो पत्लो ऊड्यो ,सिरकलाइ भोली भेटौला भनेर कुसनलाइ घरको झ्याल ढोका बन्द गर्न लगाएर साझ नपर्दै खाना खाएर सुत्यौ।
About lchapagain4@gmail.com 745 Articles
CEO AT CHHEPARO.COM