सहिद स्मृति कला साहित्य प्रतिष्ठान पलाँता,kalikot र सम्झिनै पर्ने मित्र…./

पूर्णसिंह बम (अनुराग)

हुनत एक्काईसौँ सताब्दी र बैज्ञानिक युगमा अनौठो भन्ने केही नभय पनि नेपाली समाज र कुना कन्दरा मा रहेका नेपाली कला सस्कृती संरक्षण को लागि हामिले केही गर्नै पर्ने हुन्छ र देखिन्छ पनि । आ-आफ्नै भाषा संस्कृति,संस्कार , कला,गला,को संरक्षण गरेर जोगाउनै पर्ने भन्ने हाम्रो ठम्याइ हो । सहिद स्मृति कला साहित्य प्रतिस्ठान पलाँता गा.पा.कालिकोट ले भर्खरै मात्र प्रथम बृहत पलाँता महोत्सव गरेको थियो । जसमा राष्ट्रिय स्तर देखि लिएर आ-आफ्नै कला संस्कृति को पहिचान को लागि देउडा,झोडा,चुट्किला,धमारी,मागल,बालो नाच,उचेडा हुड्के नाच,ढोल नाच,ठाडी भाका,लगायत का विभिन्न गित प्रस्तुति गरेका थिए । यो कला,गला संरक्षण कै लागि यो सहिद स्मृति कला साहित्य प्रतिष्ठान को जन्म भएको हो । बिधमान परिस्थितिमा जो मान्छे ले जेसुकै भनुन तर हामी कत्ती पनि नहडबडाईकन यो कला लाई संरक्षण गर्ने अठोट लिएका छौ । हो हामी ले यो पनि भोग्यौ । जुन महोत्सव आयोजना को तयारी गर्दै गर्दा यो मात्र माओवादी ले आयोजना गरेको हो यो गाउँ पालिका अध्यक्ष ले मात्र मनोमानी ढंगले गरेका हुन भन्ने जो भ्रम भयो र कार्यक्रम लाई असफल बनाउन अनेक हर्कत र परिणाम बीचमा ल्याएर हामिलाई असफल बनाउन खोजियो त्यसमा हामी अत्यन्तै दुखी थियौ ।

किनभने त्यो कला गला,संस्कार संस्कृति परम्परा जुन छ त्यो एक को मात्र नभई सिंगो पलाँता हो उत्थान र जोगेर्ना को थियो । तथापि पनि अनेकौं अनेक जालझेल बाट पुर्ण रूपमा महोत्सव सोचेको बन्दा सब्य भब्य र सफल बनाउन सक्यौ । यो नै हाम्रो पहिलो र ऐतिहासिक सफलता हो । यसमा बिशेष अनि भरपुर साथ दिने , प्रायोजक , पलाँता गाउँ पालिका,आयोजक मा सहिद स्मृति कला साहित्य प्रतिष्ठान का सहकर्मी साथीहरू ,पलाँता योङ्ग स्पोर्ट्स क्लब , न्यु जेनेरेसन युथ क्लब,सह आयोजक मा,ए.एन.बि.हस्पिटल प्राली,जि.एन कम्युनिकेसन मोबाइल ग्यालरी मान्म ,प्रोप्राइटर नबराज बुढा , बम मोबाईल रिपेयरिङ मान्म,प्रोप्राइटर पुर्ण बहादुर बम लाई विशेष सम्झिन र धन्यवाद दिन चाहन्छौ । यस्तो अबस्थामा हामिलाई भरपुर सहयोग र साथ को अबसर जुटाउने स्वतन्त्र देउडा समाज कालिकोट , देउडा सम्राट् नेत्र राज शाही उद्घोषक आदरणीय दाइ भरतराज बिस्ट,बिजय सेजुवाल, रेडियो नयाँ कर्णाली बाट,धर्मराज ताम्राकार ,निर्मला बम, रेडियो मालिका बाट पुस्पराज भट्टराई ,रेडियो चंखेली बाट बिश्वनाथ सिम्खडा,हस्त चौलागाईं , रेडियो नेपाली आवाज बाट नबराज योगि जनता टेलिभिजन बाट अप्सरा बिष्ट जि लाई धन्यवाद नदिरहन सक्दैनौ हामी । बाहिर बाट पाल्नुहुने पाउना, कलाकार हरुलाई पनि धन्यवाद । यस्तै कार्यको थालनी अझै पनि गर्न पाइयोस । थाहा नै छ युग बैज्ञानिक समाज वाद मा प्रबेस गरेको छ तर हामी भने त्यही ठाउँ मा छौ । तसर्थ अहिले हामिले नगरे कसले गर्ने र राम्रो काम को लागि बिरोध आखिर के को लागि त ?
गर्ने बेला साथ मा साथ र हात मा हात दिने बानी को बिकास गरौ ।

your one feedback help us to work even harder

%d bloggers like this: