सानु सँगिताको “अमिट यादहरु” भाग- 1

सन्सार आफ्नै नीति नियममा चलिरहेछ,, समयको आफ्नै बेग छ यहा,,! साचै डर लाग्दो अधेरिलाइ लखेट्दै एउटा सुनौलो बिहानी आउँछ,,

शिशिरले उजाड उजाड पारेको प्रकृतिलाई भरिभराउन पार्न उस्तै कलिला मुनाहरु बहार बोकेर वसन्त आउँछ।हरेक कुराको एउटा निस्चित समय हुन्छ
अनि हरेक चिजको सकरात्मक र नकरात्मक दुबै पक्ष हुन्छ।सबैको आ आफ्नै अस्तिव्त हुन्छ।

म “सानू” जिन्दगी चलिरहेछ,,दगुरिरहेछ कहाँ पुगिन्छ त्यो भने थाहा छैन,,त्यसै पनि हामि जिन्दगिमा सोच्छौ एउटा अनि
अपसोस भइदिन्छ चाहि अर्को! म दुई बर्षको हुदा मात्र मेरि मामुको मृत्यु भएको हो रे,! त्यो पल त मलाइ याद भएन जब होस सम्हाल्न सक्ने भए त्यति बेला
आमाको काखको कमि महसुस हुँदै गयो।, बाबाले सानी आमा त ल्याउनु भयो तर उहाबाट मैले कहिल्यै चाहे जस्तो माया पाइन बरु उल्टै शारीरिक र मानसिक यातना पाउथे ,,
नपाउनु पनि कसरी,,? साचै माया गर्नु र गरे जस्तो गर्नुमा धेरै फरक पर्छ। सानै भएनी मन त दुख्दो रहेछ,,,, रुन्थे धेरै नै ,,,तर म किन रोए भनेर सोध्ने अनि मायाले सुम्सुम्याएर काखमा राख्ने कोहि थिएनन ,,,
सुनेको थिए सन्सारमा सबै भन्दा धेरै र निस्वार्थ माया एउटि आमाले आफ्नो सन्तानलाई मात्र गर्न सक्छिन रे,,!
 गए,,!

मलाइ कहिल्यै कसैको माया आभास भएन,,,। सधै सधै एक्लो छु झै लाग्थ्यो, जिबन जे जस्तो पाए ता पनि बाध्यतामा बाच्नुको बिकल्प अरु के नै होला र,,,

सबैको आ आफ्नै कथा ब्यथा हुन्छ रे,,!मैले पनि बिस्तारै बिस्तारै जीवन,दुख अनि पिडाको अर्थ बुझ्दै

नभन्दै आज जिबनको सोह्रौ वसन्त पार गरे साथमा सोचे जस्तै डिभिजनमा एसएलसी पनि पास भए।

खुसी छु कलेज पढ्न जाने मेरो सपना पूरा भएको छ,,। धेरै साथिहरु सहर पढ्न गए,। मलाइ पनि मन नभएको त कहाँ हो र सहरमा गएर कुनै राम्रो कलेजमा पढु ठूलो मान्छे बनु तर

आफूले चाहे जस्तो कहा हुन्छ र,,? बाबाले यहि दिक्तेलको कलेजमा नाम एडमिसन गर भन्नू भयो उहाँको भनाइ अनुसार नै गरे! नभन्दै कलेज सुरु भयो,,।
सबै नया थियो त्यहाको माहोल,नया नया साथी सङ्गको चिनजान,भेटघाट! मैले पनि धेरै साथिहरु बनाए तर मन मिल्ने एउटै साथी छे रमा ।
त्यसै पनि सरकारी कलेजमा भने जस्तो पढाइ नहुनी,, जे होस खुब रमाइलो छ। कोहि साथी साथिमा गफ गर्दै छन,कोहि मोबाइल खेलाउदै छन,
कोहि कसैलाइ कसैलाइ जिस्काउन ब्यस्त छन अनि कोहि पढेर बस्ने पनि छन। म र रमा पनि गर गरेर बसिरहेका थियौ तर उस्को फोन आएकोले बाहिर गएर बोल्न थाली,,।

म भित्र एक्लै बसिरहन मन लागेन सबै साथिहरु आ आफ्नै सुरमा छन त्यसैले सोचे लाइबेरी जान्छु भनेर,,अनि गए।

कुन किताब पढ्ने भनेत सोचिराको थिए एक्कासी मेरो टेबल नजिक रहेको देबकोटाको “मुनामदन” मा पर्न गयो,,।

स्कुल देखि नै खुब चर्चा सुनेको थिए मुनामादन को त्यसैले एकपटक पुरै पढ्न मन लाग्यो,, त्यही लान्छु सोचेर लाइबेरी मेडमलाइ नाम लेख्न अनुरोध गरे,,
अपसोस त्यति बेलै एउटा अपचित मान्छे आयो र त्यहि मुनामदन किताब हातमा लिदै आफ्नो नाम लेखाउन मेडमलाइ भन्यो,,।
अनि मेडमले मुनामदन किताब एउटा मात्र
भएकोले को लाने तपाइहरु बिच हरु नै सल्लाह गर्नुस भन्नू भयो अनि मैले भने “प्लिज आज म लान्छु न है क्लासमा पढाइ पनि छैन

बोर भैराको छु फेरि यो किताब मैले धेरै पहिला देखि पढ्न चाहेको थिए” उसले मेरो कुरा नै नसुनी भन्यो ” म लाने हो मेडम मेरो नाम लेख्नुस”

उस्ले मेरो बेवास्ता गरेको देखेर मलाइ रिस उठ्न थालिसकेको थियो त्यसैले भने “ओ हेल्लो यहाँ म पहिला आएको हो त्यसैले किताब म लान्छु”

अनि उसले भन्यो “किताब मेरो हातमा छ त्यसैले म लान्छ” हाम्रो कुरा सुनेर मेडमले हल्ला नगर्नुस आपसमा सल्लाह गर्नुस केटाकेटी जस्तै झगडा नगर्नुस
भनेर थर्काउनु भयो अनि खास कुरा त त्यो मान्छेले मेरो कुराको प्रवाह नैब नगरी किताबको लागि आफ्नो नाम लेखाउन सफल भयो,तत्काल मेरो मनमा पराजयको आगो
सल्किए जस्तै भयो त्यसैले फन्केर लाइबेरिबाट बाहिर निस्किए।अचम्म !! त्यो मान्छे पनि पो अझै मेरो पछि पछि आयो र भन्दै छ “सुन त तिमी रिसाको हो कस्तो झोक्की मान्छे रहेछौ,
अनुहार हेर्दा त राम्री छौ त,एकपटक फर्केर त हेर….
..क्रमश

Published by

lchapagain4@gmail.com

CEO AT CHHEPARO.COM

your one feedback help us to work even harder