सानु सँगिताको “अमिट यादहरु” भाग- 8(Last Part)

#म_त_मरे_मरे। जसिलोतसो उठे ,अनिधो र रातभरको रुवाइले अनुहार अनि आँखाको डिल सुनिएर

अर्कैको जस्तो भएको थियो। टाउको बेजोडले दुखिरहेको थियो। आखामा आँसु भने अझै ओभाएका थिएनन,,,। तन मन दुबैको चोट लुकाउन कति दिन त घाँस दाउराको बहानामा जङ्गल तिर जान्थे र दिन भर उतै टोलाएर बस्थे अनि रातभर सिरानी भिजाएर बिताउथे। न त भोक प्यास थियो न निद्रा नै बस उहीँ अमरलाई भेटेर उसैको अङ्गालोमा धोको पुगुन्जेल रोइरहु जस्तो लाग्थ्यो।मलाइ त आदत नै भैसकेको थियो रातदिन अमर सङ्गै कुरा गरिरहने तर उसले उतै शहरतिर तेति राम्री केटि भेटेपछी म उस्लाइ किन सताइरहु के जरुरी छ र अमरलाइ अब मेरो यदि उ म बिना पनि हासिखुसी रहन सक्छ भने म उस्को सामु कहिल्यै पर्दिन,,कहिल्यै सताउदिन उस्को खुसिमा बाधा बन्दिन भनेर मुटुमाथी ढुङ्गा राखेर यस्तो निर्णय गरे अनि मोबाइल अफ गरेर राखे।

दिनहरु बित्दै गए समयको आफ्नै गति छ आज अमर सङ्ग सम्बन्ध टुटेको पनि छ सात महिना

भैसकेको छ,,यतिको समय मैले अमरको माया र साथ बेगर कसरी बिताए यो पिडालाइ बुझाउन सक्ने कुनै शब्द छैन सायद! सपनाको सुन्दर महल थियो,आगो लाग्यो,खरानी त बाकी थियो,त्यही पनि हावाले उडायो,बाकी,न कुनै सपना छ,, न त कुनै रहर,न खुसी न त हासो नै सब रित्तिएको छ,रह्यो त केबल याद,आँसु,चोट,पीडाहरु। बाच्न त बाचिरहेकी छु बाध्यतामा,,। सोचेको थिए समयले दिएको घाउ हो समयले नै निको बनाउछ तर खाटो समेत बसेन।अमर सङ्ग बिछडिए देखि मेरो मन पनि एउटा बेब्बिको जस्तै भएको छ बेलाबेलामा रोइरहनु पर्ने,,मनमा लागेको चोटको कुनै औषधि उपचार हुदैन किनकी दिलको घाउ कहिल्यै निको हुदैन,,बस समय बित्दै जादा सहने बानी पर्दै जाने रहेछ,जति रोए पनि आशु कहिल्यै सुक्दैन त्यसैले म पनि थोरै थोरै सम्हालिदै गए,झुटो हासो ओठमा देखाएर दिनहरु बिताउदै गए।


हुर्केबढेकी छोरी घरमा सधै बिहेको कुरा चलिरहन्थ्यो,सकेसम्म बहामा बनाइ टारिदिन्थे किनकी अमर

बाहेक अरुको भएर बाचु यो त मनले सोच्न नि मान्दैनथियो तर यो मङ्सिर महिनामा भने घरमा टार्नै नसक्ने गरि बिहेको प्रस्ताब आएको छ बाबाले भन्नुभयो “घरखान्दान राम्रो छ केटा पनि जागिरे नै छ यस्तो मौका गुमाउन हुन्न छोरी हाम्रो पनि इच्जत छ तेरो चिन्ता छ त एउटै छोरी होस कन्यदान गरेर पुन्य कमाएर मर्ने धोको छ छोरी तेरो अरु कोहि छ भने भन नत्र बिहे गर नानी” म बाबालाइ कसरी बुझाउ कि मेरो कोहि थियो जस्लाइ म हद भन्दा ज्यादा माया गर्थे तर अब मेरो रहेन भनेर मन भित्रका पिडाका पोका कसरी फुकाउ,? त्यसैले म मौन बसिदिए आखिर बिहेको कुरा फिक्स भएरै छाड्यो म भने फेरि रोइदिए उहीँ निस्ठुरिको यादमा।

घरमा झक्कास बिहेको तयारी हुँदै थियो तर बिडम्बना म भित्र न त कुनै जोसजागर थियो न चाहाना र

रहर नै हमेसा यस्तो फिल हुन्थ्यो कि म मरिसकेकी मुर्दा हु र घरमा बिदाइ गर्ने तयारी भैरहेको छ।
नभन्दै बिहेको दिन पनि आयो इस्टमित्र नरनाता साथिभाइ सबै आए रमाइलो माहोल छ मेरो सामु एक अभागी पुरुष बेहुलाको रुपमा खडा छ, जसले आफ्नी श्रीमती यानिकी म बाट कहिल्यै साचो माया पाउदैन लाखौ सपना बुनेर आउने उस्लाइ के थाहा मेरो दिलमा उस्को लागि ठाउँ नै खाली थिएन भनेर!

बिधिपुर्बक अग्निलाई साक्षी राखेर म अर्कैको भए भन्ने कुरा पनि साबित गरियो।मलाइ अन्माउने तयारी भैरहेको थियो त्यतिकैमा रमा आएको देखे अमरको अत्यासले होला सायद उस्को अङ्गालोमा धेरैबेर रोए उ पनि रोइ त्यसपछी केही पर लागि अनि उस्ले अमर दाइले पठाउनु भएको भनेर एउटा उपहार दिई।जसले मेरो जीवन आँसु आशुमा डुबायो उसले के उपहार दियो मलाइ हेर्न मन लाग्यो र मन दह्रो बनाएर भिडभाड देखि केही पर गएर खोले, जहाँ माथी नै एउटा पत्र थियो अनि जहाँ यस्तो लेखिएको थियो “काली,खुसी लाग्यो सानू तिमिले नया जिन्दगी सुरुवात गर्ने भएछौ सानू तिम्रो माया मैले भुलेको छैन र भुल्ने पनि छैन मैले पनि तिमिलाइ त्यति नै माया गर्थे तिमी बिना खुसी म पनि छैन तर के गर्नु काली भाग्य भनौ या समयको खेल म पनि तिमी र मेरो भबिस्य सुखद होस भनेर लाखौ सपना बोकेर नै काठमाडौ आएको थिए,सुरुसुरुमा मलाइ नया भकोले कोठा र काम पाउन निकै मुस्किल भयो,चिनेजानेको कोहि थिएनन सबै लुट्न खोज्ने मात्र थिए।मेरो समस्यामा साथ दिने एउटि केटि साथी भेटेको थिए बिन्दु।

      उ पनि म बसेकै घरमा कोठाभारामा बस्थी।बेलाबेलामा आइरहन्थी सहयोगी एक असल साथी जस्तो

लाग्थ्यो। म सङ्ग फ्रेनसिप भएको केही महिनामा नै बिन्दुले मलाइ प्रपोज गरि तर मैले अरु कोहि छ भनेर नकारिदिए,उ निकै दुखी भै तर मलाइ कुनै वास्ता लागेन किनकी मेरो मनमा तिमी थियौ त्यसरी म बिन्दु बाट टाढै बस्न खोजे,! एकदिनको कुरा हो बिन्दुले मलाइ आफ्नो जन्म दिन र पार्टी भएको बहानामा राती डान्सबार जाउ भनेर कर गरि,मैले टार्न नसकेर गए,उस्ले पनि पिइ मैले नि अलि बढी नै पिएछु,फर्केर उ पनि मेरै रुममा आइ त्यो मदहोस रात अनि बेहोसिमा हामी साथी मात्र भएनी हामि बिचको कुनै दुरि बाकी रहेन।भोलिपल्ट होस खुलेपछी म छागोबाट झसेझै भयो त्यो एउटा कल्पना पनि नगरेको घटना थियो तर यथार्थमा।बिन्दुलाइ धेरै सम्झाउने कोसिस गरे तर उस्ले जसरी पनि बिहे गर्नै पर्छ नत्र रेफको गरेको आरोप लाउछु मुद्दा कानुन लड्छु र जसरी पनि जित्छु भनेर ब्ल्याकमेल गर्न थाली।मर्न भन्दा बौलाउनु जाती भनेको सुनेको थिए गल्ती म बाट पनि भएकै थियो यसै पनि म तिम्रो सामु पर्न सक्दैन थिए त्यसैले बिन्दुलाई नै अपनाउने निर्णय गरे।
      यो माया भनेको यस्तै रहेछ सानू जस्लाइ चाहिन्छ उस्लाइ पाइदैन जस्लाइ पाइन्छ त्यो मजबुरीले
अङ्गाल्नु पर्छ त्यसैले सानू म जस्तो धोकेबाजलाइ सम्झेर धेरै नरुनु खुसी हुने प्रयास गर्नु यो जुनिमा हामी एकसाथ भएनौ त के भो जुनि जुनि तिमी एउटा मीठो अमिट याद बनेर मेरो मुटुमा नै बसिरहनेछौ।” त्यो अन्तिम पलमा अमरको पत्रले मनमुटु नै छिया छिया भएर आशुका बर्साद हरु बर्सिए अब मलाइ उस्को उपहार पनि हेर्न मन लागेन किनकी भारिका भारी उ सङ्ग सङ्ग बिताएका एक एक पल अमिट यादहरु आज म दाइजोमा लिएर जाँदै थिए।
समाप्त

 

%d bloggers like this: