सानु सँगिताको “अमिट यादहरु” भाग- 3

….मेरो मुटुको धड्कन जोड जोडले धड्किन थाल्यो अमर आयो र मोबाइल रमालाइ दियो अनि सरासर गयो म लाज र पश्चातापले ठाडो सिर गर्न सकिन

अनि अरु केही भन्न आएन र रमालाइ भने “आइ एम सरि यार मलाइ थाहा थिएन अमर तेरो दाइ हो भनेर,,,,,,
मैले कुरै नबुझी अमरलाइ झापड हाने उस्लाइ कस्तो फिल भयो होला है” अनि रमा बोली “मलाइ के भन्छेस त दाइलाइ नै भन न”
अनि मैले पनि हुन्छ नि त भेटेको दिन अमर सङ्ग नै माफी माग्छु भन्ने सोच बनाए,,। रमाले भने अनुसार अमर एउटा असल मान्छे रहेछ
मैले त्यस्तो व्यवहार देखाउदा उ मा के बितिरहेको होला,,,? भोलि कुन मुख लिएर उस्को अगाडि उभिउ म कसरी सरि भनु यदि उस्ले मेरो कुरा अस्विकार गर्यो भने,,?
यस्तै यस्तै कुराले मनसपटलमा डेरा जमाइरह्यो।

भोलिपल्ट बिहान निन खुल्यो खाना बनाए खाए अनि कलेज तिर लागे खोइ किन किन मन भारी भैरहेको थियो। सधै बाटोमा भेटिने रमा पनि आज भेटिन,,।
रिसाइछे क्यारे भनेर एकदमै नरमाइलो लाग्यो। मनभरी कुरा खेलाउदै क्लासमा पुगे,, नभन्दै रमा म भन्दा पहिल्यै आइसकेकी रहेछे मलाइ देखेर हासी अनि मलाइ खुसी लाग्यो रिसाएकी रहिनछे भनेर ,,,
अनि उसैको छेउमा गएर बसे,,,।

सर आएर पढाउन थाल्नु भयो मैले पनि जसोतसो पढाइ मै ध्यान दिने प्रयास गरे तर सफल हुन सकिरहेको थिइन।

अनि रमालाइ कानमा खुसुक्क सोधे “आज अमर दाइ आउनु भयो कि भएन,,?” रमाले मुसुक्क हासेर भनी “किन?”

अनि मैले हिजोको कुरामा सरि माग्न भन्दिए,,,,! तर रमाले हासेरै भनी “दाइ रिसाउनु भाछैन पिर नगर न तर सानू तलाइ दाइले पागल केटि भन्दै हुनुहुन्थ्यो,,।”

उस्को कुरा सुनेर म हासे दुबै हास्यौ।

नभन्दै क्लास सकियो अनि सबै हिडे हामी पनि आफ्नै बाटो लाग्यौ,,, बाटोमा अमरलाई भेट्छु कि भनेर चारै तिर नजर डुलाए तर उ कतै देखिएन सायद गैसक्यो होला,,,
रमाको जिस्काउने बानी नराम्रो थियो त्यसैले फेरि सोध्न मन पनि लागेन,,, अनि सोचे यसरी कुरिरहनु खोजिरहनु भन्दा त बरु फोन गरेर एक पटक सरि भन्छु यहि सोचेर रमाको मोबाइल फोटो हेर्ने बहानामा मागे,,,

अनि अमरको नम्बर सर्च गर्न थाले नभन्दै “दाइ अमर” भन्ने नामको नम्बर भेटियो यहि होला भन्ने लाग्यो अनि रमाले थाहा नपाउने गरि आफ्नो मोबाइलमा सेभ गरे,,,।

घर पुगे फोन गरौ कि जस्तो लागेको थियो तर किन किन डर लाग्यो र नम्बर डाइल गर्ने हिम्मत पुगेन, हुन पनि हो चिन्दैन होला यदि गाली गर्यो भने के भन्नू यसो

बिचार गरे सबै भन्दा सजिलो आइडिया मेसेज गर्न हुन्छ जस्तो लाग्यो,,,त्यसैले यस्तो मेसेज टाइप गरे

“helo amar ji maile anzaan mai hajurako man dukhaaya,, malai paschaatap laageko xa hun sakchh vane plz malaai maaf gardinus ma tyahi laaiberi ki paagal keTi,,,”

केही छिन पछि अमरको रिप्लाइ आयो जहा……..क्रमश

Published by

lchapagain4@gmail.com

CEO AT CHHEPARO.COM

your one feedback help us to work even harder