सानु सँगिताको “अमिट यादहरु” भाग- 4

…….केही छिन पछि अमरको रिप्लाइ आयो जहाँ लेखिएको थियो

“I like you, ma timi sagga bolne bahaanaa maa nai laaiberi paseko thiya, paagal kt” अचम्म लाग्यो उस्को यस्तो मेसेज पाउँदा अनि
दिक्क पनि लाग्यो यो सोचेर कि आखिर केटा मान्छे न हो जात जनाइहाल्नु पर्ने!!!

एकमनले सोचे सायद उसले रिसले पो बिल्ला हान्न त्यस्तो लेखेको हो कि,,, त्यही पनि यथार्थ के थियो त्यो भौमान नै जानुन!!!!!

किन हो किन त्यो दिन अनि अमर सङ्ग भएको त्यो अनौठो भेट अनि ती घटनाहरु बारम्बार मस्तिष्कमै घुमिरहन्थे,,,,,,

।उस्ले त्यस्तो रिप्लाइ पठाउदा मन झनै बिचल्लित भए जस्तो पो भयो ,,,,।
मैले पनि आखिर जानेर उस्को मन दुखाएको होइन उस्ले माफी दिएनी नदिएनी मलाइ केही फरक पर्दैन यस्तै सोचे अनि फेरि कुनै मेसेज गरिन।

भोलिपल्ट कलेज जाँदै थिए,,, बाटोमा रमा अनि अरु थुप्रै साथिहरुले कुरिरहेका रहेछन,, जहाँ रमाको दाइ

अमर पनि थियो।खोइ अरु साथी सङ्ग त्यस्तो केही फिलिङ्ग्स हुन्न थियो,,, तर त्यहा अमर पनि सङ्गै भएकोले

कहिल्यै नलागेको लाज पो लागे जस्तो भयो,,,,,,! जसोतसो हिम्मत गरेर एकपटक उस्को अनुहारमा हेरे उस्ले
पनि हास्दै मलाइ नै पो हेरिरहेको रहेछ आँखाहरु जुध्न पुगे हठात नजर अन्तै मोडे,,, अनि मन मनै हासिरहे।
अरु अरु साथिहरुलाई बिचार गर्दा नया जेनेरेसन रे कोहि लामो कपाल पालेका छन र त्यसैमा नानाथरी कलर गरेका,,,
कोहिले कानमा मुन्द्रा हालेका न त कलेज युनिफ्रम नै लगाएका थिए, न हातमा किताब नै थियो यस्तो हुलिया देखिन्थ्यो कि
उनिहरु कुनै भ्रमणमा हिडिरहेका छन,,, तर अमरलाइ बिचार गरे उस्को त्यस्तो तडकभडक केही छैन सिम्पल कलेज
ड्रेसमा छ हल्का रातो बर्णको मान्छे,थोरै अग्लो जस्तो देखिने खाइ लाग्दो जिउडाल,अलि लामो नाक भएको हसिलो अनुहार भएको थियो अमर,,,!
अरु अरु साथिहरु बोल्दै थिए आउने सनिवार कलेज बाट टुर जाने प्लान बनाउदै थिए,,! अनि म चाहिँ जसले जे भने नि हो, हुन्छ जस्तो छोटो जवाफ दिन्थे,,,
कलेज पुग्न अलिकती मात्र बाकी थियो त्यतिकैमा मेरो मोबाइलमा मेसेजको घण्टी बज्यो खोलेर हेरे उहीँ अमर ले पो पठाको रहेछ,,।

जहाँ थियो “timilaai kaalo Tikaa le khub suhaauxa sadai lagaaune gara la realy like you”

पढिसकेर उस्को अनुहार हेरे एक मीठो मुस्कान दियो,,म ट्वाल्ल परिरहे,,!

आखिर किन अमर ले यस्तो भनेको होला ,? यदि हामि सङ्ग अर्काको मनको कुरा बुझ्न सक्ने शक्ति भएको भए मैले नि थाहा पाउथे होला,,,
!मेरो सिधा दिमाग लगाउदा उस्ले मलाई जिस्काएको हुनुपर्छ यति सम्म चाहिँ सोचे,,।

यसरी दिनहरु बित्दै गए यता अमर सङ्ग बोलचाल र भेटघाट बढ्दै गयो,,, घरमा भएको बेला पनि छिनछिन मै फोन अनि मेसेजहरु गरिरहन्थ्यो म पनि बोलिदिन्थे सामान्य कुरा हुन्थ्यो,,

आफ्नो बालापन, स्कुल लाइफ देखि लिएर घरपरिवार अनि आफ्नो लक्ष्य यस्तै यस्तै बारेमा,,,,,! यस्तो लाग्थ्यो कि मैले बल्ल दुख सुख अनि मनका कुराहरु बाड्ने खास असल साथी पाएकी छु,,।
उसले पनि खुलेरै आफ्नो दुख सुख अनि मनको कुराहरु बताउथ्यो त्यसैले हामी छोटो समयमा नै निकै क्लोज फ्रेन भैसकेका थियौ।

नभन्दै टुर जाने प्लान भोलि थियो सबै साथिहरु तयारिमा थिए। सबैले मलाइ पनि जान्छे भनेर सोचेका छन,, मलाइ पनि मन नभएको त कहाँ होर गएर सबै सङ्ग रमाइलो गर्ने तर घरबाट

दिने हुन कि नदिनेहुन फेरि तयारिको लागि आफू सङ्ग पैसा पनि त थिएन,, त्यसैले नजाने भन्दिए,,,।किन भनेर सोध्नेलाइ अलि सन्चो छैन भन्ने बताए,, सबैले खल्लो माने जस्तो गरे,,

रमाले त यदि त जादिनस भने म सङ्ग कहिल्यै नबोल भनेर खुब रिसाइ,,,जे भएनी म नजाने नै निर्णय गरेर घर फर्किए।


दिन क्रमश साझमा ढल्किरहेको थियो म घर धन्दा गरिरहेको थिए,,,त्यतिकैमा अमरको फोन आयो उठाए उस्ले उताबाट सोध्यो “रमाले भन्दै थिइ तिमी घुम्न नजाने रे हो,,?”
मैले हो भन्दिए उस्ले किन भनेर सोध्यो अनि बिरामी छु भन्ने जवाफ दिए, अनि उस्ले भन्यो “तिमी नगए त मलाइ रमाइलो नै हुदैन सानी ठिकै छ नि त तिमी नजाने भए म नि जादिन यति” यति भनेत उस्ले फोन राख्यो..
… क्रमश
%d bloggers like this: