सानु सँगिताको “अमिट यादहरु” भाग- 5

……यति भनेर उसले फोन राख्यो। उस्को यो कुराले म धेरै सोच्न बाध्य भए,,,।हुनपनी हो के म उस्को लागि त्यति धेरै इम्पोटैन छु त,,,?

 

जे भएनी अमर एउटा राम्रो मान्छे थियो उस्को हरेक कृयाकलापहरु मेरो मुटु मै आएर ठोकिन्थ्यो,, कहिल्यै नरिसाउने उस्को बानी,, सधै हासिरहने,,,!

 

अब जे भएपनी अमरको मन दुखाउन त भएन नि यहि सोचेर म टुर जाने निर्णय गरे।

बिहान पाच बजेको अलाराम बज्यो जति सुतेपनि कहिल्यै निद्रा नपुग्ने बानी तर टुर जाने सम्झेर ल्याउदा मन चङ्गा जस्तै भयो,,,।

 

त्यसैले हतार हतार उठे घर सफा गरे,,, गाइबस्तुलाइ घाँस खोले पनि गर्न भ्याए,,। त्यसपछी बाबालाइ आज साथिहरु सङ्ग घुम्न जाने कुरा सुनाए,,,

 

उहाले आफ्नो ख्याल राख्नु भन्दै पाच सय रुपैया दिनुभयो,,। बाबा ले दिएको त्यो पाचसय रुपैया मेरो लागि पाच हजार जत्तिकै थियो,,नहोस पनि कसरी

उमेर हो लाउने खाने इच्छा अनि रहरहरु धेरै थिए,,। काहीँ बाट एक पैसा आउने ठाउँ थिएन त्यसै पनि विद्यार्थी जिबनमा पैसाको महत्व कत्ती हुन्छ,,?त्यो त नभोग्ने त को होला र,,?

 

काम सकेर तयार हुनै लागेको थिए अमरले हिजो “तिमी नगए म पनि जादिन” भनेको कुरा सम्झिए अनि फोन गरे उस्ले रेसिभ गरेन त्यसैले मेसेजमा

 

“ma ni ghumna jaane” भनेर पठाइदिए अनि केस कोर्न थाले,,,, सधै चुल्ठो बाट्थे आज खुल्लै छोड्दिन मन लाग्यो,,, अमरलाइ मन पर्ने कालो टीका पनि लगाए,,

 

ऐना हेरे अझै के नपुगेको नपुगेको जस्तो लाग्यो,,,, छेवैमा भएको गाजल अनि लिप्स्टिक पनि लगाए,,,,,एकछिन सिगारपटार मै ब्यस्त भए,,अनि सम्झिए साथिहरुले नौ

 

बजे भेट्ने भनी गरेको सल्लाह ,,,अनि आत्तिदै बाटो लागे,,, सधै भन्दा अलिक छिटो छिटो हिडेर सबै भएको ठाउमा पुगे,,।


नभन्दै साथिहरु आइसकेका रहेछन मलाइ देखेर सबै खुसी भए तर म खुसी हुन सकिरहेको थिइन कारण त्यहा अमरलाइ देखिन,,

 

रमालाइ सोधे अमर दाइ खोइ भनेर उस्ले आउनु भएन भन्ने जवाफ दिई,,केही छिन अघि सम्म फुर्किएर चङ्गा झै उडिरहेको मेरो मन एकाएक गह्रौ भएर आयो,,।

 

सायद मेरै कारणले रिसाएर अमर न आएको होला यहि कुराले तनाब हुन थाल्यो फोन गरे फेरि पनि उस्ले रेसिभ गरेन,,। मलाइ एकदमै नरमाइलो लाग्न थाल्यो,,,,

 

मलाइ त बरु त्यही बाट घर फर्किन मन लागेको थियो तर अरु साथिले के सोच्लान यहि सम्झेर मन नलागी नलागी बसमा चढे,,,। यात्रा हलेसी तर्फ थियो पुग्न लगातार दुई घन्टा लाग्थ्यो ,,?

 

अरुल साथिले भरपुर रमाइलो गरिरहेका थिए,,,, तर मलाइ भने खुबै खल्लो लागिरहेको थियो,,,,,पन्ध्र मिनेट जति गुडेपछी बस रोकियो,, बाहिर बाट कोहि आइरहेको थियो,,

 

त्यो आउने अरु कोहि नभएर अमर नै थियो,अपसोस अमर सङ्ग एउटि राम्री अपरिचित युवती पनि थिइ,,।उनिहरु आएर मेरो पछाडिको खाली सिटमा बसे,,अनि अमर म सङ्ह बोल्नु त परको कुरा देख्दा पनि नदेखे जस्तो गरेर गयो ,,,,।

 

उस्को यस्तो चाला र व्यवहार देखेर मेरो प्रेसर उम्लन थाल्यो,,,,। मलाइ लाग्यो त्यो केटि अमरको गर्लफ्रेन होलि,,,

अचम्म भैरहेको थियो अमर मेरो साथी मात्रै थियो तर उसलाइ अरु कसैको साथमा देख्दा कत्ती भारी पीडा र जलन भैरहेछ मलाइ यो सोचेर आफैलाई हासो पनि लाग्यो,,

 

तर चित्त पटक्कै बुझिरहेको थिए जसको लागि म आएको हो उसैलाइ मेरो कुनै मतलब नै छैन,,,,,। अरु सबै गित गाउदै रमाइलो गर्दै छन,,,

 

सबैको उदेस्य नै भरपुर रमाइलो गर्नु थियो,,। म भने अनौठो पिडामा थिए,,।पछाडी फर्केर नहेरु भन्यो मनले नै मान्ने के,,!

 

त्यसैले मैले छिन छिन मै अमर अनि त्यो केटि तर्फ हेरिरहन्थे उनिहरु आफ्नै गफमा मस्त थिए,,।

 


उहु म पटक्कै रमाउन सकिरहेको थिइन,,,झन उल्टै झर्को लाग्न थाल्यो मलाइ त सबै सङ्ग रिस पो उठ्न थाल्यो,,

 

त्यसैले यी सब कुरा बाट दुर हुन चाहन्थे सो बरु ऐरफोनमा गित पो सुन्नु पर्यो भनेर मोबाइल निकालेको अमरको मेसेज आएको रहेछ,,

 

जहाँ “#saanu_aaja_timi_khub_raamri_dekhiyaki_xau_katti_suhaayako_thula_thula_gazalu_aakha_ani_gulaabi_oTh_like_you”

 

यस्तै यस्तै लेखिएको थियो,,। उस्को यो मेसेजले मलाइ आगोमा घिउ थपेको झै भयो,, मेरो रुपको झुटो बयान गरेर बिल्ला हानेको जस्तै भान भो,,।

 

मुर्मुरिदै पछाडी फर्केर हेरे अमर त्यही केटि सङ्ग रमाइरहेको थियो,, अनि उस्को यो नौटङ्की देखि म हैरान भैसकेको थिए,,,, मन जलेर छेदबिच्छेद भए झै भएको थियो,,,।

केहिछिन पछि बस रोकियो सबैले आफुलाइ चाहिने सामानहरु किन्न थाले,,अनि नास्ता पनि त्यही गरेर जाने सल्लाह भयो,,।

 

मलाई भने अमर, त्यो युवती अनि मेसेज यिनै कुरा मानसपटल मा घुमेर चक्कर लागिसकेको थियो,,जति सम्झ्यो त्यति मन पोल्थ्यो त्यहि पनि बाहिर निस्किए छेवैमा धारो रहेछ,,

 

पानी पिए त्यही बेला अमरले मेसेजमा गरेको रुपको बर्णन सम्झेर झोक चल्न थाल्यो अनि आफ्नो पुरै गाजल टीका बगाउने हेतुले बेस्सरी मुख धोइरहेको थिए परबाट अमर आएर…

 

.. क्रमश

%d bloggers like this: