सानु सँगिताको “अमिट यादहरु” भाग- 6

…प

        रबाट अमर आएर भन्न थाल्यो “तिमिलाइ आफू माथी खुब घमन्ड छ है,मेरो हरेक कुरालाइ नेगेटिभ

रुपमा लिन्छौ, आखिर किन,,? एक त तिमी आज टुरमा आउदिन भनेर म सङ्ग झुट बोल्यौ आउने रहेछौ त,,? यहि बाट थाहा हुन्छ तिम्रो मनमा म प्रती कतिको कदर छ भनेर,, मैले त तिमिलाइ मन पराउथे,,आफ्नै ठानेको थिए,सोचेको थिए एकदिन तिमिले मेरो भावना बुझ्ने छौ भनेर तर म सधै गलत हुन्छु,, तिमिलाइ मैले त्यही दिन घृणा गर्नु पर्ने हो जुन दिन बिनाकारण सबैको सामु झापड लगस्को थियौ अपसोस अन्जान अन्जान मै माया पो गर्न थालेछु तर तिमिले मेरो मन कहिल्यै बुझ्न सकेनौ सानी” यति भनेर उ त्यही युबतिलाइ लिएर सरासर होटल भित्र पस्यो,,। मेरो भने यता अमरको कुरा नै नसकिइकन आशुका ढिका झर्न थालिसकेका थिए,, धन्नै भर्खर मुख धोएकोले कसैले पनि आँसु र पानीमा फरक छुट्याउन सकेनन,,।

मेरै अगाडि दिनदाहरै पराइ केटि सङ्ग अङ्गालो मारेर हिडिरहेछ अझै उसैको ठूलो कुरा,,! मन त आज खुब मेरो पो दुखिरहेको थियो त किनकी जिबनमा यदि कोहि मेरो भावना,मर्म बुझ्ने सक्ने साथी थियो भने त्यो अमर नै थियो।उ सङ्ग जति नजिक म अरु कोहि सङ्ग भएको थिइन र त्यसरी दुख सुख पनि बाडेको थिइन।मनमा कतै कतै उ प्रती प्रेमका मुनाहरु पलाउन थालिसकेका थिए त आज अमरलाइ त्यो केटि सङ्ग देख्दा मेरा सबै आशा र सपनाहरु नफ्रकदै ओइलाएको फुल जस्तै भएका थिए,।मेरो मनमा पिडाको आगोले जलिरहेको थियो,,भित्र भित्रै छटपटाइरहेको थिए, तथापी पिडालाइ सकेसम्म बाहिर नदेखाउने प्रयत्न गरिरहेको थिए।

सबैको खाजा खाने कार्यक्रम थियो त्यसैले होटल भित्र गैसकेका थिए। म पनि गए, एक फेर चारै तिर

नजर डुलाए कोहि चाउचाउ,कोहि चाउमिन,कोहि थुक्पा,कोहि मम सबैले आ आफ्नै रोजाइको खाजा खाइरहेका थिए। यति बेला त्यो युबती रमा सङ्ग बसेर चाउमिन खाइरहेकी थिइ भने अमर र उस्का केही साथिहरु अलि भिन्नै बसेर बियर पिईरहेका रहेछन,। मलाइ देखेर रमाले सोधी के खाने सानू भनेर तर त्यो युवती पनि सङ्गै भएकोले मलाइ रमा सङ्ग बोल्न मन लागेन त्यसैले छुट्टै बसेर चटपटे खान थाले,।सबै गफ गर्दै रमाइलो गर्दै खाइरहेका थिए, विशेष गरि बियर पिएर बस्ने अमर र अरु केटालाइ हासो हासो मै जिस्काउने,गिज्याउने,टुरमा नपिउनु भन्दै सम्झाउने,व्यंग्य गर्ने जस्तो गरिरहेका थिए भने पिउने तिनिहरु
     
           उल्टै ठूला ठुला कुरा गर्दै पिइरहेका थिए। त्यतिकैमा हास्दै अमरले भन्यो ” हेर साथिहरु तिमिहरुलाइ यसको स्वाद नै थाहा छैन ,,,होस पनि कसरी,,? यो तिमिहरु जस्तो केटाकेटिले पिउने चिज होइन,,। अनि डियर केटिहरु तिमिहरु धेरै किचकिच नगर न हौ किनकी यो बियर बनेकै हामी जस्तो मर्दको लागि हो अनि हामिले नै नपिउने भए यसको के काम भन त” तत्काल अमरले एउटा ग्लास भरी बियर साह्र्यो अनि देखाउदै भन्न थाल्यो “नपत्याए ल आओ एउटा गेम खेलौ यो एक ग्लास बियर सबको सामु एकैचोटी पिउने  
कोहि केटि छ,,? यदि छ र यो गेम जित्यौ भने मान्छौ कि केटि पनि हामी भन्दा केही कमि छैनन कि कसो
      केटा हो ,,,,?यो जित्नेलाइ हाम्रो तर्फबाट आजको टुरको खर्च पनि दिनेछौ,,। छ कोहि ,,?कम अन गर्ल…”

यसरी उस्ले खुलम खुल्ला च्यालेन्ज गरिरहेका थियो उस्को कुरामा सबै केटाहरु भए जति सबै दात देखाएर हास्दै गिज्याइरहेका थिए,,,बिचरा केटिहरु अँध्यारो अनुहार लगाएर बसिरहेका थिए हुन पनि हो त्यसै त गाउका केटिहरुले खासै बियर पिउदैनन,, यदि कोहि पिउने नै भए पनि आफ्नै स्थानमा कसैले नदेख्न्र गरि पिउथे होला,,!!! तर त्यहाँ गएर सबैको सामु पिउन सक्ने हिम्मत कसैले गर्न सकेनन,,, बरु सबैले हार स्विकार्न तयार भए, ,,,तर मलाइ भने हतपत हार स्विकार्य हुनै मान्दैन ,, यी छोरा मान्छेहरुले पिएर आफुलाइ खुब ठूलो मान्छे भएको भन्ठान्दछन अनि हामिलाइ केटिहरुलाइ हुतिहारा भनेर उल्टै बिल्ला हनिरहेका थिए जुन कुरा मैले पटक्कै सहन सकिन,,!! म आफ्नो ठाउँ बाट जुरुक्क उठे,,,, अनि अमरको
           नजिक गए,,! सबैले अनौठो मानेर मलाइ नै हेरिरहेका थिए,,तर मैले कसैलाइ नहेरिकन बियरको ग्लास उठाए अनि पिउन थाले,, तितो तितो,तह्रो खोइ कस्तो कस्तो तर साह्रै नमिठो जति जति निल्थे उति उति नै उभै फर्किन खोज्थ्यो,, त्यही पनि बाजि हार्ने डरले त्यो भन्दा पनि अमरको व्यवहार र त्यो युवती सम्झेर आँखा चिम्म गरे अनि ठुला ठुला घुड्किमा ग्लास रित्तो बनाए,। सबै आस्चर्यचकित भए,कमै केटिको अनुहारमा मात्र जितियो भन्ने सन्तुष्ट देखे अनि बिचरा अमर र अरु केटाहरु जिल्ल परेर हेरिरहे,,।

त्यसपछि फेरि सबै जना बसमा चढ्यौ,, , पुन सबै साथिहरु गित गाउन र रमाउन थाले,,,मलाइ भने
थोरै टाउको दुखे जस्तो हुँदै थियो त्यहिपनी सबैको सामु गएर गित गाइ गाइ,ताली बजाइ बजाइ,उफ्रि उफ्रि नाच्न मन पो लाग्यो,, अहिले त मलाइ कुनै पिर सुर्ता पनि थिएन ,,,। अमर जतासुकै जावस यसको पनि मलाइ कुनै मतलब भएन। जीवन मै पहिलो चोटि हदै भन्दा ज्यादा रमाइलो गर्दै हलेसी पुगियो,,। सबै साथिले भौमानको दर्शन गरे म आफ्नै सुरमा थिए र म पनि के कम भौमान सङ्ग निकै बेर गफ गरे,, अनि साथिहरु वरपर घुम्ने रमाइलो गर्ने,फोटो खिच्ने काम गर्न थाले ,,,, मैले पनि खत्रा खत्रा पोज दिए तर मेरो फोटो कसैले खिचे या खिचेनन याद भएन,।

केहिबेर पछि मलाइ कसैले समाएर बस भित्र हुले,, बस फर्कियो,, मलाइ निकै चक्कर लागिरहेको
थियो एक्कासी बमिट गर्न थाले बसको सिसा भरी फोहोर लाग्यो,,,, एकजना मान्छे आयो र त्यो सफा गरिदियो अनि मलाइ पानी खान दियो आफ्नो खल्तिबाट रुमाल निकाल्यो र बेस्सरी मेरो टाउको कसिदियो,अनि मेरै छेवको सिटमा बस्यो। टाउको बाधेपछी बमिट हुन अलि कम भयो र यसो उस्को अनुहारमा हेरे त्यो अरु कोहि नभएर उहीँ अमर रहेछ,, । मलाइ रिगाटा लागिरहेको थियो,, त्यसैले अमरको कुममा सिरानी गरेर ढल्किए,, बस आफ्नै गतिमा गुडिरहेको थियो,, साथिहरु गित गाएको चर्को आवाज घन्किरहेको थियो #पानी_पर्यो_असिना_झर्यो_दाइको_रुमाल_भाउजुलाइ_मनपर्यो…..क्रमश
%d bloggers like this: