सानु सँगिताको “अमिट यादहरु” भाग- 7

. भा

      उजुलाइ_मनपर्यो। यस्तै यस्तै रमाइलो गर्दै साझमा दिक्तेल आइपुग्यौ,,। मेरो हालत खराब भएकोले

       मलाइ अमर र रमाले एक्लै घर जान दिएनन ,,! उनिहरुको घर टाडा भएकोले ले दिक्तेलमा नै कोठाभारा मा बस्थे त्यसैले मलाइ उनिहरु कै रुममा बस्न भने,,रात झम्क्क परिसकेको थियो घर पुग्न झन्नै एक घन्टा लाग्थ्यो त्यसमाथी दिउसोको बियरले पनि छोडिसकेको थिएन बमिट गरेको कारण म बिरामी जस्तै भएको थिए त्यसैले रमाको रुममा नै सुत्ने कुरा स्विकारे! मलाइ खाना भन्दा पनि टाउको दुखेर बढी निद्रा र थकाइ लागेको थियो, त्यसैले रमाको बेडमा ढल्किए एकैछिनमा निद्रा देबिको प्यारी भएछु,,,। बिहान सबेरै निन्द्रा खुल्यो म सुतेकै बेडमा रमा अनि त्यो अपरिचित युवती दुबै जना मस्त निदाइरहेका थिए,म भने हिजोको दिन सम्झन थाले घर जान पनि सकिन बाबा र सानिमाले के सोच्नु भयो होला,? त्यसरी घर छोडेर कहिल्यै हिडेको थिइन,,फेरि हामी छोरी मान्छेले एक रात बाहिर बस्ने साथै नानाथरी कुरा काटेर उस्को चरित्र माथी नै औला उठाउन बेर लगाउदैनन,हाम्रो समाजमा नारिलाइ हेर्ने दृस्ठिकोण नै फरक छ। हिजो बियरले पनि

           निकै मज्जाले भेटेछ,मातेको बेला के के गरे त्यो पनि याद छैन। साथिहरुले पनि के सोचे होलान,अब

       सबैको अगाडि कलेजमा कसरी मुख देखाउने होला,,? यस्तो त जिबनमा कहिल्यै भएको थिएन,,अमरले पनि के सोच्यो होला,? यस्तै कुरा मनमा खेलाइरहेको थिए। रमा पनि बिउझिइ अनि मैले त्यो युबतिलाइ देखाउदै भने “उ चाहिँ को हो नि?” रमाले तराइबाट आएकी मामाकी छोरी हो हामी सङ्गै हलेसी घुम्न जान भनी आएकी भनी,। मैले त हिजो अमरको गर्लफ्रेन होला भन्ठानेको थिए तर होइन रहिछ। बेकार अमरलाइ गलत सोचे, उस्ले ठिकै भनेको रहेछ मैले उस्को भावना बुझ्नै सकेको रहेनछु,उस्ले त मलाइ साचै माया गर्दो रहेछ ,अनि रमालाई पनि थाहा रहेछ यी कुराहरु किनकी उस्ले भन्दै थिइ “के छ बिचार सानू ? मेरो दाइले त रातदिन तेरो मात्रै कुरा गरिरहनुहुन्छ ,,तेरो लागि फिदा फिदा हुनुहुन्छ ,बन्छेस होइन त मेरो भाउजू ,,?
       मलाइ थाहा छ तैले नि अमरलाइ मन पराउछेस प्लिज नाइ न भन ल मेरो दाइको खुसी अब तेरो
       हातमा छ तैले अमर दाइ जस्तो माया गर्ने मान्छे अरु पाउदिनस यार” रमाको कुरा सुनेर म ढुक्क भए अनि खुसी पनि किनकी अमरलाइ मैले पनि चाहान थालिसकेको थिए।
बिहान भयो घाम उदायो, सारा सन्सार जगमगायो,आजको बिहानीको रङ्ग नै मलाइ केही खास लागिरहेको थियो। रमा र त्यो युवती हाट गए,मलाई भने चिया पिइसकेर घर जानु थियो।अमर अझै पल्लो रुममा सुतिरहेको थियो,मलाइ एकपटक अमरलाइ नभेटि फर्कनै मन लागेन। निकैबेर कुरे त्यही पनि अमर उठ्ने छाटकाट देखिन त्यसैले सोचे एकपटक उस्लाइ हेरेर चाहिँ जानू पर्यो,त्यसैले उस्को रुममा गए ढोका खुल्लै रहेछ,, अमर सुतेर नै मोबाइल खेलाइराको रैछ मलाइ देखिहाल्यो, म त कतै नभएर लाज पो लाग्यो त्यसैले हतार ढोका पछाडी लुके! उस्ले हास्दै बोलायो “ओए काली यता भित्र आउ त” मैले बाहिर बाट नै प्रस्न गरे “म काली छु र?” उस्ले भन्यो “छैनौ मायाले बोलाएको नि लाटी” मैल ए भन्ने छोटो जवाफ दिए। उस्ले फेरि भन्यो “तिमी सङ्ग धेरै कुरा गर्नु छ भित्र आउछौ कि म मेसेज लेखेर सेन्ट गरु,,?” उ हास्यो म पनि हास्दै भित्र
           पसे,,! उ सुतिरहेको थियो,म बेडको छेउमा बसे,। उस्ले केही गम्भीर भए जस्तो गरेर भन्यो “तिम्रो
        ब्वाइफ्रेन्ड छ,,?” उस्को यो प्रस्न सजिलो थियो त्यसैले मैले केही सोच्न जरुरी ठानिन त्यसैले छैन भन्दिए,,अनि उस्ले भन्यो “मेरि त छे एउटि मनकि रानी हेर्ने हो उस्को तस्बिर,,?” मैले हो भन्ने पारामा टाउको हल्लाइदिए,, अनि उस्ले मोबाइलमा खोजेर मेरै फोटो पो देखायो,। मैले हेरे मात्र सायद उस्ले म बाट चाहे जस्तो प्रतिकृया नपाएर होला फेरि भन्यो “हो सानू म तिमिलाइ एकदमै मन पराउछु, अनि धेरै माया पनि गर्न थालेको छु भन के तिमिलाइ मेरो प्रस्ताब मन्जुर छ,,?” मनले त छ भन्न चाहेको थियो तर मुखले केही बोल्न सकिन,, अमरले मेरो अनुहारको भाब हेरेर नै बुझिसकेको थियो होला मैले उस्लाइ स्विकार्छु भनेर त्यसैले उस्ले अरु धेरै प्रेमिल बातहरु गर्दै गयो,मलाइ सधै माया दिने,खुसी राख्ने,कहिल्यै नबिछडिने,
            दुखसुख जे परेनी साथ दिइरहने ,यस्तै यस्तै बाचाहरु गरिरहेको थियो म उस्का एक एक
       कुराहरुमा भावुक भएर सुनिरहेको थिए,,।उस्ले केही सङ्कोच मान्दै सोध्यो “के भो सानी किन केही नबोलेको तिमिलाइ मेरो कुरा मन परेन हो?” मैले होइन भन्ने सन्केत दिए,,अनि उसले किन नबोलेको त भन्यो,,मलाइ त त्यो पल के भयो भयो भन्न चाहान्थे धेरै कुरा तर दिमाग शून्य जस्तै भएको थियो,यस्तो लाग्थ्यो कि मैले बोल्ने सबै कुरा अमरले नै बोलिदियो,अरु बोल्ने कुरा नपाएपछी अमरलाइ गिज्याउने पारामा भने “हजुर त कस्तो अल्छे मान्छे बहिनिहरु बजार पुगेर पनि फर्कन आटिसके तपाईं भने उठ्नु भएकै छैन,” अमर फेरि बोल्न थाल्यो “हेर काली बरु म सात दिन भोकै बस्न सक्छु तर बिहान चाडै उठ्न सक्दिन,अब त झन के को पिर तिमी जस्तो ज्ञानि श्रीमती पाउने भएको छु? बिहेपछी तिमी सबेरै उठ्नेछौ,अनि मेरो लागि मीठो चिया पकाएर लिएर आउनेछौ, अन मलाइ भन्ने छौ “ए हजुर अब त उठ्नुस न चिया चिसो भइसक्यो,” अनि म यसरी नै अल्छी गर्दै उठ्नेछु,चिया भन्दा पहिला तिमिलाइ पप्पी
           गर्नेछु,तिमिले मीठो मुस्कान दिएर उज्यालो भइसकेको संकेत दिनेछौ, म खुसि भएर चिया पिउन
      थाल्नेछु तिमी फेरि भान्सामा जानेछौ अनि भन्न थाल्नेछौ, “मेरो कुरा सुन्नु भयो यहाँ घरा नुन छैन,चिनी छैन,तेल छैन,साबन पनि छैन,” म दिक्क मानेर भन्नेछु “अस्ति भर्खर ल्याएको चिनी एति चाडै सकियो?” तिमी रिसाउदै भन्ने छौ “तरकारिआ हालेर सके” अनि मैले भन्नेछु “गुलियो भाको भए चिनी पनि सकिन्थ्यो” अनि तिमी झन चर्को स्वरमा भन्नेछौ “नुनिलो भर नै नुन पनि सक्केको छ गाइबस्तुलाइ चिनी दिन भन क्यारे” अनि मैले केही बुझे जस्तो भर सोध्नेछु “साबन पनि सक्या हो?” तिमिले अझै व्यंग्य गर्दै भन्नेछौ “सकिन्न त गाइबस्तुलाइ नि साबनले नुवाइदेर तिनका जिउमा पनि तेल लाइदेसी” …. क्रमश
%d bloggers like this: