सानु सँगिताको “अमिट यादहरु” भाग- 8

              झनै व्यंग्य गरेर भन्नेछौ “सकिन्न त गाइबस्तुलाइ नि साबनले नुवाइदेर तिन्का जिउमा पनि तेल

लाइदेसी” यति सुने पछि म चुप लागेर आफ्नै काम तिर हिड्नेछु ,तिमि जितेकोमा मन मनै खुसी हुनछौ अनि तिम्रो खुसी नै मेरो खुसी हुनेछ,,।
यसरि अमरले काल्पनिक मिठा,मिठा कुरा गरिरहेको थियो अनि म तिनै शब्द भित्र डुबुल्की मारिरहेको थिए,,।
हिजो टुर जान भनि हिडेको मान्छे म आज सम्म घर पुगेको थिइन, त्यसैले अमरलाइ अब जान्छु ल भोलि कलेजमा भेट्ने भनेर त्यहा बाट हिडे। मनमा डर लागिरहेको थियो बाबाले पक्कै गाली गर्नुहुन्छ होला भनेर तर खुशिको कुरा बाबा घरमा हुनुहुन्न रहेछ। आजको अलमलले कलेज पनि छुटिसकेको थियो,,त्यसैले घरमा नै काम गरेर बसे, मन चौपट्टै खुसी थियो,, बिना कारण पनि ओठहरु बेला बेलामा मुस्कुराइरहन्थ्यो,, बिल्कुल नै नया भन्दा नया फिलिङ्गहरु म मा आउथे र जान्थे, फेरि उहीँ अमरलाइ भेटिरहु जस्तो उसै सङ्ग
                  बोलिरहु उस्कै ती मिठा बातमा भुलिरहु जस्तो,, कोहि कसै सङ्ग प्रेममा परेको
कथा,कहानी,उपन्यास अथवा सिनेमामा मात्र देखेको थिए,, आज आफैले महसुस गरिरहेको थिए,, मायामा परेपछी जीवन रङ्गिनलाइ कुनै रङ्ग चाहिन्दैन भन्थे सा चै हो रहेछ,म भित्रका ती सपना नै रङ्गिन थिए। जीवन जिउने छुट्टै जोस जागरहरु थिए,,त्यसैले चाडै नै घरको काम सकाएर रुम मा गए,, चंचलता भनौ या प्रेमको पहिलो असर मलाइ त दराजमा राखिएको ममिको रातो साडी पो लगाएर हेर्ने रहर पलाएर आयो,सन्सारमा मन भन्दा जिद्दी अरु के नै होला र,? मैले पनि यहि मनलाइ खुसी पार्नकै लागि भएपनी साडी झिकेर लगाउन थाले! यहाँ भन्दा पहिले कहिल्यै लगाएको थिइन त्यसैले होला निकै मुस्किल पर्यो,, तसोतसो लगाए अनि ऐना अगाडि उभिए कालो टीका फालेर रातो टीका लगाएअनि हेरे मलाइ आफू एत्ति राम्री छु होला जस्तो कहिल्यै लागेको थिएन जति आज देखे, आफैलाई हेरेर आफै दङ्ग थिए,मख्ख थिए,हो म उस्को प्रेम मा थिए। पागल झै थिए,जे थिए हदै भन्दा खुसी थिए, ,हिजो सम्म बगबास लाग्ने सन्सार आज सुन्दर थियो मेरो नजर मा।

यसरी नै दिनहरु बित्दै गयो पढाइ सङ्ग सङ्गै हामी बिचको प्रेम पनि झाङ्गिदै गैरहेको थियो,,
\
कलेजमा दिन दिनै भेट हुन्थ्यो,, बोलचाल नभएपनी हेर्ने र मुस्कान साटासाट गरिन्थ्यो अनि बाटो अथवा घरमा फोन र च्याटमा कुरा भैरह्थ्यो,,तर जति बोल्यो उति बोलु बोलु लाग्ने,,जति देख्यो उति हेरिरहु लाग्ने,जति सम्झ्यो उति उसैको यादमा हराइरहु लाग्ने,। अमरले पनि मलाइ माया हद भन्दा ज्यादा नै गर्न थालेको थियो। हाम्रो लागि सनिबार पनि न आइदिए हुन्थ्यो जस्तै लाग्थ्यो एक अर्कालाइ देख्न नपाइने भएकोले त्यही पनि छुट्टिको बेला कहिलेकाही घुम्न नया ठाउँ अनि सिनेमा हल तिर जान छोडिएन, कहिलेकाही सानो तिनै कुरामा नि झगडा हुन्थ्यो,तर गल्ती मेरै भएनी माफी चाहिँ अमरले नै माग्थ्यो, उस्लाइ तड्पाउन र सताउन मन लाग्थ्यो र जानी जानी बिनाकारण नै पनि रिसाइदिन्थे, रिसाएको मान्छे फकाउने कला त्यति कसैको छैन होला जति मेरो अमर सङ्ग थियो। प्रेम भनौ या आदत हामि एक अर्का मा छुटेर बस्नै सक्दैनौ जस्तो महसुस हुन थालेको थियो।

अमरको यति धेरै माया र साथ पाउँदा म आफू सन्सारकै सबै भन्दा भाग्यमानी केटि हु भन्ने
घमण्ड म मा पलाउन थालेका थिए। सानामा आमाबाट नपाएको प्यारको महसुस आज अमरको साथबाट पाइरहेकी थिए। जीवन हासो अनि खुसी यिनै सब्दको अर्थ मलाइ अमरले सिकाइदियो,। बाच्नको लागि खुसी भन्दा ठूलो कुरा के होला र,?म त हरेक प्रेमिल गितहरु मेरै लागि बनेको जस्तै गरेर सुनिदिन्थे, उपन्यास पढ्दा होस या सिनेमा हेर्दा त्यहाको मुख्य नायक हेरो अमरलाई सम्झन्थे अनि आफुलाइ हेरोइन,। त्यहा भित्रको प्रेमकहानी आफ्नै झै लाग्थ्यो हेर्दै जादा सुखद अन्त्य भयो भने अमरलाइ पनि देखाउथे,कतै दुखद अन्त्य भयो भने बेस्सरी रोइदिन्थे,,यहाँ सम्म कि बाटोमा कसैको बिहे देख्यो भने पनि बेहुलाको रुपमा अमरलाइ नै सम्झन्थे अनि म उस्को बेहुली,, यसरी नै डुबेको थिए,उस्को प्रेम मा कहिल्यै निस्कन नसक्ने गरि,, त्यसैले त भन्छन माया अन्धो हुन्छ या त फेरि मायामा मान्छे पागल हुन्छन भनेर र यो जायज पनि हो,,।


बर्षदिन भन्दा बितिसकेको पनि पत्तै भएन हामिलाइ एक अर्काको मायामा परेपछी ।

समयको आफ्नै बेग थियो हुदा हुँदै अमरको कलेज पनि सकियो। अब पढ्नको लागि अमर काठमाडौ जानू पर्थ्यो,।उसले जाने निर्णय पनि गर्यो तर मेरो मनमा भने उ बाट छुटिनु पर्ने भएकोले पीडा आगो सल्किरहेको थियो।अब त्यसरी हामी दिन दिनै एक अर्कालाइ भेट्न र देख्न नपाउने भैयो यहि कुराले हामी दुबैलाइ सताइरहेको थियो,,फेरि त्यसो भन्दैमा अमरको पढाइ रोक्ने कुरा पनि त आएन,,। उ जाने कुराले मलाई उदास देखेर होला अमरले सम्झाउदै भन्यो “धत लाटी किन एति धेरै निरास भएकी तिमी म टाडा जान लाको हो र त्यही काठमान्डू त हो नि हेर केही पाउन केही गुमाउनु पर्छ म उहाँ गएर राम्रो पढ्छु उतै कुनै जब पनि खोज्नेछु ,, यो सब गरेको तिम्रै लागि त हो नि काली,,म बाचेको नै तिम्रो लागि हो। अहिले तिम्रो बिहे
             गर्ने एज पनि भैसकेक छैन तिमि राम्रो पढ्दै गर म बेला बेलामा भेट्न आइरहन्छु, राम्रो जागिर
मिल्यो भने यहि आउने साल नै तिमिलाइ बेहुली बनाउछु,,” उस्ले यसरी मायाले सम्झाइरहदा मेरा आँखा रसाइसकेका थिए अनि भने “अमर हजुर को साथमा रमाउने बानि परेको छ मलाइ त्यसैले गाह्रो हुन्छ होला म यता तड्पिएर बस्छु हजुर उता सहरको रमझममा मलाइ बिर्सनु भयो भने ,,यदि हजुरको मन बद्लियो भने छोरा मान्छेको मन त हो अन्त कतै नजर लगाउनु भयो भने,, म के गरु” यति भनेर भक्कानिएर रुन म थाले उस्ले मलाइ बिस्वास दिलाउने कुनै वाक्य नभेटेर अनि मेरो आँसु हेर्न नसकेर,मेरो मन बुझाउन कै लागि होला सायद छेवैमा भएको ब्लेडले थोरै हात काट्यो अनि मेरो मेरो दिउदोमा लगाउदै भन्यो “अब त सन्का नगर तिमिलाइ मैले आफ्नो बनाइसके अब हामी बिच कोहि आउने छैन म तिमी बाहेक अरु सोच्ने पनि छैन लभ यु काली” म उस्क अङ्गालोमा बेस्सरी रोइरहे उस्ले आखाभरी आँसु बनाउदै सुम्सुम्याइरह्यो…..क्रमश
%d bloggers like this: