सानु सँगिताको “अमिट यादहरु” भाग- 9

…उस्ले आखाभरी आँसु बनाउद सुम्सुम्याइरह्यो। निकै मुस्किलले मैले उस्लाइ जाने मन्जुरी दिए। लगतै

उ काठमाडौ गयो र पढ्न थाल्यो,, केही दिनमा सानोनितो जब पाएको कुरा पनि बतायो। उ काठमान्डू बस्न थालेको पनि छ महिना बितिसकेको थियो, त्यही पनि मलाइ कहिल्यै टाडा भएको जस्तो महसुस हुन दिएन, बेला बेलामा फोन आइरहन्थ्यो,। ,दिनभर कामको बोझ अनि थकाइको बाबजुत पनि हरेक रात निदाउनै पर्छ भन्ने छैन यो कुरा हाम्रो बुझाइमा थियो,, हामिले त्यस्ता कयौ रातहरु एक अर्का सङ्ग च्याट गरेर नै उज्यालो बनाएका थियौ,,,,त्यहि पनि आफुलाइ कहिल्यै अनिधो भएको आभास भएन किनकी हामिले बाकीको जिन्दगिमा देख्ने सपना नै अब एकअर्का माथी नै सिमित थिए। मैले पनि उस्कै यादमा दिनहरु खुसी खुसी बिताउन सिकिरहेको थिए,।बडो अजिबले आउथे उस्का यादहरु पनि ,,घरी केही नभए पनि सबथोक पाए जस्तो,घरी सबथोक भएर के नपुगे नपुगे जस्तो,,,यदि यो जीवन फुलेको फुल हो भने पनि उस्कै अन्जुलिमा झरिदिउ जस्तो,,, उहिमाथी समर्पित हुने तन मन दुबैको चाहाना भए जस्तो,,,यस्तै यस्तै निस्चल भावानाहरु उर्लिएर आउथे,मनै फिदा फिदा भैदिन्थ्यो अमरको यादमा ।साचै!!! कसैको यादमा डुबे जस्तो मीठो आभास अरु के मा होला र है,,।


हो,, मलाइ त जति टाडा उति माया गाडा भने जस्तै भएको थियो तर एकदिनको कुरा हो अमरले

बिहानै निद्राबाट नबिउझी नै सधै झै फोन गरेन,, मैले सोचे सायद आज उस्लाइ निकै निन लागेर फोन न नगरेको होला,,!! निदाइरहेको होला त्यसैले डिस्टप नहोस भनेर मैले नि फोन गरिन,,।
अमर बिउझिन्छ अनि फोन आउँछ भनेर कुर्दा कुर्दै नौ बजिसक्दा पनि उस्को फोन आएन।अनि म आफैले फोन ट्राइ गर्दा मोबाइल स्विच अफ छ भन्ने जानकारी आयो। मलाइ छटपटी लाग्न थालिसकेको थियो त्यसरी नै दिनभर फोन हानिरहे उस्को मोबाइल अफ नै थियो सायद अफिस गएको होला भनेर मन बुझाए,,तर दिन बितेर रात परिसक्दा पनि न त अमरको फोन नै आयो न त उस्को मोबाइल नै अन भयो!! राती अबेर सम्म उस्लाइ ओनलाइनमा कुरेर बसे त्यही पनि अमर आएन,,म तड्पिन थालिसकेको थिए मलाइ एक एक पल भारी सुर्ता लाग्न थालिसकेको थियो,,मनमा नानाथरी सन्का आसन्का र डरहरुले कब्जा जमाइसकेका थिए। अमरको फोन अथवा मेसेज आउला भन्ने आश हरु निराशमा परिणतमा भएर तीन दिन बितिसक्दा पनि उ सम्पर्कमा आएन।

      तिनदिन पछाडी रातको अबेर एघार बजे तिर फेसबुकमा अमरलाइ देखे,, धेरै पटक मेसेज पठाएपछि

मात्र उस्ले जवाफ दिन्थ्यो यसरी कुरा गरिरहेको थियो कि मलाइ उस्ले चिन्दै चिन्दैन,,।अमरमा अचानक देखिएको यो परिबर्तनले म तर्सिए अनि भने “अमर यो हजुरको के पारा हो यतिका दिन हजुर कहाँ हराउनु भएको थियो,,मैले कति फोन गरे मोबाइल पनि अफ थियो,, के भएको छ,, बिरामी हुनु भयो कि ,,? अरु नै केही समस्या भएर यस्तो गर्नु भएको हो आज पनि मन लगाएर बोलिरहनु भएको छैन के भयो किन रिसाउनु भयो कि म बाट कुनै गल्ती भयो र,?”
उता बाट निकै बेरमा जवाफ आयो “म ठिक छु मलाइ केही भाको छैन”
अनि मैले भने “त्यसो हो भने यसरी किन सम्पर्कबिहिन हुनुभएको त हजुरलाइ थाहा थिएन म एकदिन नबोली बस्दा कति तड्पिन्छु भनेर!!”

      उस्ले तत्काल जवाफ यस्तो फर्कायो “गए त्यस्ता दिन ,म बाट अब केही आस नराख्दा हुन्छ,मलाइ तिमी

सङ्ग बिहे गर्नै मन छैन ” उस्को यो कुरा भने मलाइ बुझ्दै नबुझेको जस्तो लाग्यो पहिला त सोचे अमरलाइ आज म सङ्ग झगडा गर्ने मुड भएर मेरो मन चोरेको होला भनेर,त्यही पनि मेरो बिस्वासको पहाड ढल्मलाए झै भैसकेको थियो र पनि उस्को अगाडि निर्धक्क भए जस्तो भएर भने “किन नि तेस्तो म नै त हु हजुरलाइ धेरै माया गर्ने ,सताउने फकाउने ,हसाउने रुवाउने जिबनसाथी हाम्रो त बिहे पनि भैसक्या छ नि कालु” सोचेको थिए उस्ले जवाफमा अब मलाइ पहिलाको जस्तै वाइफ भनेर जिस्काउने इत्रिने काम गर्छ तर उस्ले जवाफमा “म यो केटि सङ्ग बिहे गर्दैछु” भनेर कुनै राम्री केटिको तस्बिर पठाइदियो,!! अनि मैले भने “प्रमिस?” उस्ले निकैबेर पछि भन्यो “प्रमिस!” मैले उस्को यो जवाफ स्विकार्नै सकिन किन कसरी के भनेर हजार प्रस्न गरे तर उस्ले मेरो सवालको एउटै जवाफ दियो “sorrry” त्यसपछी हतार उ अफलाइनमा गयो।उस्को यो सरिले मलाइ घाउमा नुन चुक छरे जस्तै भयो,, मलाइ त आफुले सपना देखे जस्तै लाग्न थाल्यो अमरको यो कुरा मेरो लागि कुनै ज्वालामुखी भन्दा कम थिएन,,!

     हिजो सम्म अब चाडै फर्किएर आउछु,सङ्गै लान्छु ,हाम्रो सपना पूरा गर्छु भन्ने लाई म सङ्ग बिहे गर्न मन

छैन रे!के यो साचो हो त अह हुनै सक्दैन मेरो अमरले मलाई धोका दिनै सक्दैन म बिना उस्को जिन्दगी कसरी पूरा हुन्छ त,,? अमरले पनि माया गर्छ मलाइ फेरि म बाहे अरुको कसरी हुन सक्छ उस्ले कुनै दिन मेरो दिउदो रङ्गाएको थियो त्यो सब कसरी भुल्न सक्छ,,, तर यथार्थले मलाइ गोमन साप झै टाउको उठाएर डस्न आयो! किन बद्लियो अमरको मन,मेरो मायामा के कमि थियो र उस्ले आज अर्कैलाइ अपनाउने कसम खायो, कत्ती मेहेनतले सजाएको सपनाको घर आज भताबुङ्ग भएर भत्कियो,,!! मेरो शरीरमा करेन्ट लागे जस्तै भएर काप्न थाले मुटु यसरी धड्किरहेको थियो कि अब यो चाडै बन्द हुनेछ !!! जो बिना एकपल बित्दैन जस्तो लाग्थ्यो आज आएर उसैको बेगर जिउनु पर्ने यो कस्तो बाध्यता हो त्यसो त अब मलाइ बाच्न सङ्ग नै बिद्रोह गर्न मन लाग्यो,,आफ्नो यो बन्द कोठा पिजडा जस्तै लाग्न थाल्यो यस्तो पिजडा जहाँ म सास फेर्न नसकेर निस्सासिइ रहेकी छु,,एक्कासी कोठाको ढोका खोले रातको 12 बजेको थियो होला त्यो निष्पट अध्यारोमा आफ्नो पाइला अन्दा न धुन्दा अगाडि बढ्दै गए…..क्रमश

 

%d bloggers like this: