सानु सँगिताको “अमिट यादहरु” भाग- 10

      ..पाइला अन्दा न धुन्दा अगाडि बढ्दै गए। नभन्दै म केही छिनमै यहि ठूलो ढुङ्गा माथी पुगेछु,,जुन

खोलाको बिचमा अबस्थित छ। मुनि अग्लो छागो भएपनी माथी भने राम्रो फराकिलो,दुई चार जना मजैले बस्न मिल्ने छ,,,। म सानै हुदा पल्लाघरे हजुरामाले भन्नुभएको थियो मेरो मामुलाइ गोठालो गएको बेला ब्यथाले चापे पछि ,त्यही ढुङ्गा माथी बसेर मलाइ जन्माउनु भएको थियो रे!त्यहिकारण म कुनै दिन,, कुनै पल मामुको धेरै याद आयो अथवा अरु कुनै दुख र असह्य पीडा भयो भने त्यहि पुगेर घोप्टो परेर रुन्थे लाग्थ्यो म मेरै आमाको काखमा बसेर रोइरहेकी छु,, कहिलेकाही सानिआमाले पिट्दा या गाली गर्दा पनि म सोही ढुङ्गामा गएर मामु भन्दै बेस्सरी रुन्थे अनि मन हलुका बनाएर फर्कन्थे।

आज पनि त्यही पुगे तर अरुबेला भन्दा फरक पीडा बोकेर यो मध्यरातमा ,,डङ्ग उत्तानो परेर लडे मुटु

भित्रै बाट भक्कानिएर आयो अनयासै क्वा क्वा रुन थाले,,, चिच्याइ चिच्याइ रुन थाले “मामु म अमर बिना बाच्न सक्दिन,,,, म उस्लाइ आफुलाइ भन्दा पनि बढी माया गर्छु,,,उस्ले मलाइ किन त्याग्न खोज्दै छ मा….मु म अमर बिना कसरी बाचु” यस्तै यस्तै बर्बराइरहे,,रोइरहे आफुले माया गरेको मान्छे जो बद्लिसकेको छ जस्ले अर्कैलाइ चाहान्छ यो पिडाले मन मुटुमा झन झन पोल्दै गयो,,,। भदौको खहरेले मेरो आवाज टाडा सम्म पुग्न नदिए पनि छेवैको बासको झाङ्गमा बाँस बसेका सयौ जोडि चराचुरुङ्गिको भने निद्रा पक्कै बिथोलियो होला,,यदि ति पन्छी बोल्न सक्ने भए तिनिहरुले त यो बिछोडले पीडा बुझेर नरुन भनी सम्झाउन आउथे होला,,। जति मन सम्हालेर मैले आफ्नो रुवाइ रोक्न खोजे उति नै मुटु भित्रबाट ज्वालामुखी विस्फोट नै होला जस्तो भयो,,,अब मैले रुने क्रममा बार बार आफ्नो टाउको ढुङ्गा माथी ठोकाउन थाले,,,, मेरो यो अबस्था माथिबाट मामुले देख्नु भएछ क्यारे सायद,, उहाँ पनि झरी बनेर रुन थाल्नु भयो।

निकै ठूलो पानी पर्यो,,, । अब म रुदा रुदा थाकिसकेको थिए,, आकासको त्यो पानी,टाउको फुटेर आएको

रगत,,अनि दुई आखाबाट बगेका आँसु तछाड मछाड गरेर बगिरहे त्यहिपनी मेरो मनमा उठेको ज्वारभाटा कसै गरि साम्य भएन। अब मस्तिष्क सुन्यमा परिणत भए झै भान भो, कता कता थोरै चक्कर र थकाइ लागे जस्तो भैराको थियो आँखा बन्द भयो अनि त्यसपछी के भयो आफैलाइ थाहा छैन,,,।
केही छिन पछि निकै जाडो भएजस्तो महसुस भयो,, होस सम्हालियो अझै सिम सिम पानी परिहेको थियो,, । पुरै कपडा भिजेको अनि टाउको बेस्सरी दुखिरहेको थियो,,,,,एकछिन त केही सोच्नै सकिन,,,सपना जस्तै लाग्यो अनि बिस्तारै सम्झिए,, त्यो सुनसान रातमा खोलाको बिचमा आफुलाइ एक्लै पाउँदा डर लागे जस्तै भएर आयो। जसोतसो घर फर्किए ।सारा सन्सार निदाइरहेको थियो। म आफ्नो कोठामा पसे र बेडमा पल्टिए। टाउकोमा लागेको चोट दुखिरहेको थियो त्यो भन्दा कयौ गुना बढी मन!!

       अमर प्रतिको मेरो बिस्वास र मायाको फुल ओइलाइसकेको थियो। अनि ती हजारौ बाचा कसम

हरुको पनि निर्मम हत्या भैसकेको थियो,,। उ सङ्ग बिताएका एक एक पल मुटु आउथे अनि मुटु मै चोमोटेर जान्थे म बिछिप्त भएर मुर्छा पर्थे पल पल,, ,, धन्नै आशुको कुनै रङ्ग हुदैन नत्र त बिहान उठेर कुन धारामा लुकाउदै धुनु भनेर पिर पर्थ्यो होला!! आशुहरु बर्सिरह्यो,,मन जलिरह्यो म चिता माथी सुताइएको लास जस्तै भए,, आखाहरु टोलाइरहे रात फड्को मारिरहेको थियो मेरो लागि निदाउन न कुनै निद बाकी थियो न त देख्नको लागि कुनै सपना नै त्यतिकैमा मोबाइलमा बिहान पाच बजेको अलाराम बज्दै थियो
#बाच्ने_आशामा_तिमिले_माया_देखायौ_माया_भित्र_विष_घोली_मलाइ_पिलायौ_म_त_मरे_मरे….क्रमश

%d bloggers like this: