सानु सँगिताको “अमिट यादहरु” भाग- 2

….अनुहार हेर्दा त राम्री छौ त,एकपटक त फर्केर हेर मेरो कुरा त सुन पख न भनेको एउटा काम छ के” उ मेरो पछि पछि यस्तै के के भटभटाउदै आइरहेको थियो,,,,

मलाइ भने उस्को कुरा र व्यवहार देखेर खुब रिस उठेर आयो र झन छिटो छिटो हिड्न थाले। अचानक उ दौडेर मेरो नजिक आयो अनि मेरो हात समात्दै भन्यो “
एकछिन पख न भनेको किन सुन्दैनौ,,?” कलेज जस्तो सार्बजनिक ठाउमा एउटा अन्जान मान्छेले आफ्नो हात समातेको देख्दा मलाइ रिसले तीन भाउन्न छुट्यो,,,
र बेस्सरी एक थप्पड लगाइदिए,,,,,वरपरका सबैले हामिलाइ नै अनौठो नजरले हेरिरहेका थिए,,,! उस्लाइ कस्तो फिल भयो त्यो त मलाइ थाहा छैन तर मलाइ भने
एकदमै अप्ठारो फिल भयो त्यसैले हठात दौडिएर कक्षा कोठामा प्रबेस गरे! मेरो अनुहार कालोमैलो देखेर होला रमाले के भो भनेर सोध्दै थिइ,,,
मैले केही पनि भको छैन भनेर भन्दिए तर उस्ले पत्याइन र नभनी धरै दिइन,,,, त्यसैले लाइबेरी र त्यो केटालाइ थप्पड हानेको कुरा सबै रमालाइ सुनाइदिए।

अनि रमाले अचम्म मान्दै को रहेछ त त्यो मान्छे कस्तो थियो भनेर सोधी ,,,। केही सम्झे जस्तो गरेर भने “कस्तो हुनु नि सेम बादर जस्तै छ,अनुहार मात्र होर त्यसको त

बानी ब्यहोरा पनि ठ्याक्कै जङ्गली कै जस्तो रहेछ ,कत्ती न त्यस्कै बाउको लाइबेरी जस्तै घमन्ड गर्छ ,

अझै आफुलाइ कलेजकै हिरो सम्झन्छ कि के हो,,? सबैको सामु मेरो हात समाउन आउदो रहेछ ,मर्न नसकेको ,,!!!!
कस्ता कस्ता नमुना हुन्छन मान्छे पनि,,,, त्यसका त आमा बाउ दिदी बहिनी पनि कस्ता होलान,,,?”

यसरी मैले आफ्नै सुरमा रमालाइ भन्ने बहानामा त्यही अपचित मान्छेलाइ गाली गरिरहेको थिए,,,,।

अनि रमा ब्याकुल भएर मेरो कुरा सुनिरहेकी थिइ,,,,।

त्यतिकैमा सर आउनु भयो र पढाउन थाल्नु भयो तर मैले पढाइमा मन पटक्कै लगाउन सकिरहेकी थिइन।
जसो तसो दिन बित्यो कलेज बिदा पनि भयो सबै आ आफ्नो घर तिर लागे,,,।


रमा र म पनि घर तिर लाग्यौ,,,,। कसो कसो गरेर आधा बाटोमा आएपछि हात खल्तिमा लगाए तर त्यहा मोबाइल थिएन,,

अनि अरु खल्ती र ब्यागमा पनि हेरे तर मोबाइल फेला परेन कहाँ राखेको थिए भनेर ठ्याक्कै याद पनि भएन,,,,।

अनि रमालाइ पनि सुनाए मेरो मोबाइल हराएको कुरा बिचरी उ पनि आत्तिइ अनि मैले उस्को मोबाइलमा मेरो नम्बर डाइल गरे नभन्दै फोन
लाग्यो र उता बाट एकजना केटा मान्छेले हेलो भनेको आवाज आज आयो,,,,,।

मैले निकै नम्र स्वरमा भने “हेलो हजुर को बोल्नु भएको,,?” उताबाट कडा आवाज आयो “म अमर बोल्दैछु”
अनि मैले भने “हेर्नुस हजुर अहिले जुन मोबाइलमा बोल्दै हुनुहुन्छ नि त्यो मेरो हो बिन्ती मलाइ मेरो मबाइल दिनुस”

उताबाट हुन्छ भन्ने आवाज आयो र कलेजको गेट नीर आउनु भन्ने कुरा गर्यो,,।

म र रमा हराएको मोबाइल भेटिने भयो भनेर खुसी हुँदै फेरि फर्किएर कलेजको गेटमा पुग्यौ। तर त्यहा कोहि थिएनन,,,,,,,।

झुक्याएको पो हो कि के हो भनेर थप तनाब हुन थाल्यो रमाले फेरि मेरो नम्बरमा फोन डाइल गर्न थाली,,,। केही पर सेम मेरो मोबाइलको रिङ्टोन बजिरहेको सुनियो खुसी हुँदै उतै तिर हेरे,,,,

तर त्यहा हातमा मोबाइल बोकेर त्यही अपरिचित मान्छे हामी तिर आइरहेको थियो,,,,।
रमालाई उतै तिर देखाउदै भने अगि मलाइ लाइबेरिमा रियागिङ गर्ने मान्छे त्यही हो,,,। रमाले अचम्म मान्दै भनी “
अरे यार उहाँ त मेरो दाइ अमर हो,, उहाँ यहि ब्याच्लर पढ्नुहुन्छ,,,,,
अनि अगि तैले मोबाइल लाइबेरिमा नै छोडेकी रहिछेस त्यसैले मोबाइल दिनलाइ दाइले तेरो पिछा गर्नु भएको रहेछ” लु फसाद पर्यो,,!!!!
मैले केही सोच्नै सकिन एक त त्यतिका मान्छेको सामु मैले अमरलाइ कुरै नबुझी थप्पड लगाए यता उस्कै बहिनी सङ्ग भाको नभाको कुरा गरे गालि गरे रमाको त
आफ्नै दाइ पो रहेछ रमा सङ्ग पनि लाज लाग्यो ,, म के गरौ कसो गरौ भए जति जति मोबाइल लिएर अमर हाम्रो नजिक आउदै थियो उति उति मेरो मुटुको धड्कन जोड जोडले धड्किन थाल्यो….. क्रमश

 

%d bloggers like this: