सायद यस्को नारायणी सङ ठुलै सम्बन्ध हुन पर्छ या मन मा ठुलै पीडा बोकेको हुनपर्छ कथा :- किनार -१

कथा :- किनार -१

कभी कभि मेरे दिल मे ख्याल आता हे

कि ज्यासे तुज्को बनाया गया हे मेरे लिए
कान मा earphone लगाइ गित सुन्दै नारायणी किनार मा हातमा चुरोट र साथमा चिया पिउदै एक टेबलमा बसिरहेको थिय ।

 

अक्सर यो जिन्दगी खाली नै रहेको छ अनि खल्लो पनि , कोहि आए माया प्रेम भन्दै तर केही महिनाको यो मन मा पाहुना बनी बसे अनि गए कसैले त मजाक पनि गरे यो मन सङ एक दिन को लागि ब्वाइफ्रेन बनाएर अर्को दिन दाइ पनि

 

बनाए। यो मन सङ खेलवाड गर्नेको कहिलै कमि भएन । हुन त चोखो चोर बन्नु नि गलत हो कति मन संगै नचाहेर पनि खेलवाड गर्न पुग्या छु ।

 

आज्काल त यो सब को पनि बानी परिसकेछ कोहि आएको गएको याद गर्न नि मन लाग्दैन।

 

जतासुकै अँध्यारो छाको थियो रात को अन्धकार होइन कुइरो को ढकमक्क थियो जाडो महिना को यो याम ।

 

मौसम पनि एक बिचित्र छ एकै बर्स मा धेरै पटक बद्लिन्छ आज्काल मान्छे को मन नि यस्तै भछ मन परिवर्तन हुन मौसम जत्तिको नि समय लगाउदैनन।

 

कलेज पढ्न भनी आएको म कलेज मा साथी हरु नभए पछि नारायणी आको थिय, हुन त साथी हरु भए नि पढ्ने भन्दा केटि हरुलाइ जिस्काउने काम बढी हुने गर्छ।

 

जाडो एकदम लागिरहेको थियो जाडो मलाइ लागे पनि आगो चुरोट लाइ दिएर सल्काइरहेको थिय र उ जल्दै थियो,म उस्लाइ खरानी मा बनाउदै धुवामा उडाउदै चिया को स्वाद मा घुलाइ रहेको थिय।

 

यस्तो जाडो मा नारायणीमा चिसो सिरेठो चलेको थियो ।केही चिज पनि प्रस्ट नदेख्दा पनि oxford college को साइड मा एक बोटे दाइ डुङ्गा खियाइरहेको थिय ।

 

म त्यही नारायणी र डुङ्गा लाई हेर्दै धुवा उडाइरहेको थिय। त्यतिकै मा मेरो नजर मा एक केटिको आकार देखियो।म अचम्मित पर ,अचम्मित भन्दा नि छक्क परे ।

 

म छक्क नपरौ नि कसरी उ भन्दा उस्ले गरेको हर्कत अनौठो थियो । आफू यो जाडो मा दुई जकेट जुत्ता पन्जा टोपी लगाउदा नि जाडो भएर तातो चिया को साथ तातो चुरोट को धुवा लिइ राखेको छु ।

 

उस्ले लगाएको जुत्ता फुकालेर हात मा लिगेकी छे अझ भएन त्यो चिसो पानीमा पाइला चोबल्दै छ।

 

निलो प्यान्ट निलो जकेट जकेट को टोपीले टाउको छोपेकी पछाडि कालो ब्याग भिरेकी हात मा जुत्ता लिगेकि हेर्दा राम्रै थि तर पनि अचम्म कि ।

 

अक्सर म सङ घटना रात मा घट्ने गर्थे आज बिहानै हुदैछ।कस्तो जाडो नभएको उस्लाइ उ मानिस नै हैन जस्तो ।
सायद यस्को नारायणी सङ ठुलै सम्बन्ध हुन पर्छ या मन मा ठुलै पीडा बोकेको हुनपर्छ ।

 

हेर्दा कलेज पढ्ने जस्ति नि देखिन्छे , कलेज आए class मा हुनु पर्ने किन यहाँ यस्तो गर्दी हो र।

 

आजकाल समय पनि सारै खराब यो नारायणी मा आत्महत्या गर्ने को सन्ख्या दिनानु बढ्दो क्रम मा छ ।

 

कैले माया मा धोका पाएर कैले के कैले के ।

उ अझै नि पानी मा खुटा चोबली रहेकी छे यति आट भएकी यार ,आफू दिउँसो घाम मा नुहाउन त सोच्नु पर्छ ।

उस्लाइ हेर्दा हेर्दै र किन गरेकी हो सोच्दा सोच्दै दुई चुरोट लाई सलामी दिएर खरानी बनाइ सके ।

 

डुङ्गा पनि दुई पटक ओहोरदोहोर गरि सक्यो । मलाइ किन किन उ सङ बोलौ बोलौ
लाग्यो तर बोलौ कसरी अन्योल मा परे । सधै जसो यो पटक नि मन र दिमाग बिच भिडन्त पर्यो र सधै जसो जित मन को भयो उस्लाइ बोलाउन जाने भए सोध्ने भए किन यस्तो गरेको भनेर ।
चियावला भाइ लाई भाइ मेरो हेल्मेट झोला यहि छ म किनार मा पुगेर आउछु है।

हुन्छ दाइ।
म उ भए तिर किनार तिर लम्के । सल्कीरहेको चुरोट भुइ मा फ्याके ।

 

मेरो जुत्ता मा बालुवा ले गरुङ्गो भयो ।जति पानी नजिक गए उति सिरेठो बढेको थियो जाडो बढेको महसुस हुन्थ्यो ।

 

उस्को नजिक पुगि सकेको थिय मेरो पछि बुद्ध को मुर्ती थियो ।बोलौ कसरी र के भनेर फेरि एक पटक सोचे। उ अझै पनि पानी मा खेलिरहेकी थिइ ।

 

सायद म त्यहा पुगेको उस्लाइ सुर्को नि थियन भए पनि मतलब गरेकी छैन ।

म जसो तसो मनोबल गरेर उस्लाइ बोलाए

म : Excuse Me
(केही जवाफ आएन सायद एकोहोरिएकि छ त्यसैले सुनिन होला )
म: Excuse Me ( फेरि बोलिन सायद सुनेर नि मत्लब गरि छैन )
(अन्तिम पटक बोलाउने सोच्दै अल्लि चर्को स्वर ले )
म: सुन न .. (यो पटक धन्न सुनी)
उ:(सुस्त स्वर मा ) हजुर मलाइ भन्नू भको

To be continue …
#भुत

%d bloggers like this: