सीरकले गर्यो शिरनीको हत्या(भाग -1)

साइकिल को काखमा शिरनीलाई राखेर सीरक नेपाली ले घुईक्याउदै लग्यो शहरतीर ,तर सबै हेरेको हेरै भए, म चाही जुम्रा मार्नमा मस्त थीए। तेतीनैखेर भीत्रबाट कुसन आएर मेरो हातमा डल्लेठो थमाईदिइ,खेतमा गएर डल्ला फोरौ की जुम्रा मारौ सोच्नै सकीन ,बरु कुसनले डल्लेठो नदीएर डसना देकोभए गेडा गन्दै सुत्थेनी बकैनाको ,कमसेकम चील त आउने थीएन आगनमा,अस्ती कुखूरीको बच्चा धन्नै लगेको। ऊता बाट खबर आयो बिछौने काजी आफ्नो छोरी शिरनी लाई सम्झेर खाना खान छोड्यो रे,मलाई लाग्यो बिछौने काजी बिछौनामै सुकेर मर्नेभो।

गलैची कजिनी चाहि टाउकोमा रुमाल बाधेर सिक् सिक् गर्दै थिइन,तन्ने सानो काजी चाही रिसले घरी रातो घरि कालो दुरुस्त छेपारो जस्तो देखीएका थिए।गाउभरी हल्ला थियो बिछौनेको ईज्जत सिरकले लग्यो,सबै तमासा हेर्नमा बेस्त थीय।मैले काजीसाबलाई भने ,काजीसाब नआतिनुस तपाइको शिरनी मैयालाई खोजेर ल्याऊने जिम्मा मेरोभो,म त्यती भनेर सरासर तन्ने भयतीर लागे र भने,सानु काजी हीड्नुस जाउ शिरनी खोज्न।15822553_1425829740784123_805760421077386737_n सीरकले गर्यो शिरनीको हत्या(भाग -1)

तन्ने काजी अग्लो,चाक्लो अनी हेर्दा खाइलाग्दो थीयो,म अगी हीड्दै थिए हाम्रो बिरहि गाउको बाटो ,तन्ने काजी मेरो पछी पछी आउदै थियो।केही दिनको हीडाई पछी हामी सदरमुकाम पुगेउ र सिरक र शिरनी को खोजिमा लागेउ,एकजना पहिलेनै पहाड बाट झर्नु भयका खटियाबा भेट भो शहरमा ,हामिलाई उहाले सबै बेलि बिस्तार बताऊनु भयो ,सिरक एउटा केटी बेच्ने दलाल रहेछ,बिचरा बिछौने काजीको सोजी छोरि शिरनी लाई फकाएर बेचेछ,मलाइ मेरो कुसन को एकदम याद आयो,एक्लै घरमा के गर्दै होली बिचरि,हामि निरास हुदै घर फर्कीयौ ।एक हप्ता नबित्तै घरमा चिठी आयो,चिठी पढ्ना साथ बिछौने काजी बेहोस भयर ढल्यो,सबै जना शिरनी को शोकमा डुब्न थाले।

म र कुसन चाही के रहेछ त कुरो भनेर चिठी पढेको त शिरनीलाइ सिरकले जबरजस्ती देहब्यपारमा लगाउनाले शिरनी ले आफुले ओढेको खोलले पासो लगाएर मरीछन।बिचरा बिछौने काजी हरियो बासमा छोरि सगै आफु पनी समाप्त भय।

redonewithractangle1 सीरकले गर्यो शिरनीको हत्या(भाग -1)

About lchapagain4@gmail.com 745 Articles
CEO AT CHHEPARO.COM

1 Comment

Comments are closed.