हरेक समय काममा अल्झिन्थिन्,उनी कुनै जन्तु त होईन, एउटा घरबाट अर्को घर बेचिइन्,उनी कुनै बस्तु त होईन ।

नाम अनेक,रूप अनेक,तर महान छिन उनि,

कसैको आमा,कसैको दिदी कसैको भग्वान उनि,

उनको पहिलो ९ महिना कोखको बास भो,

जब उनको जन्म भो,परिवारलाई बोझ को आभाश भो,

यो दुनियामा उनको आगमन,सुर्य ग्रहन्को दोशको प्रकाश भो,

सबैलाई पन्छाउदै बाच्नु मात्र अब उनको अन्तिम प्रयास भो ।

सानै देखी उनि केबल भान्सामा सिमित एक पात्र,

महिला भएर जन्म लिन,उनको दोश यती मात्र,

समय बद्लिदै गयो,तर उनि उस्तै थिन्,

परिवारको माया र हेलालाई बुझ्दै थिन्,

हर्षको छाता मुनि,बिस्मातको पानीमा रुझ्दै थिन्,

बारामबार खसेर पनि,याद मेटेर उथ्दै थिन् ।

ठुलो भइन उनि,बिहे गर्ने उमेर पनि आइ त गयो,

केइ दिन पछि घर पनि माइत भयो,

फेरी नयाँ सम्बन्धमा आफ्नु भुमिका खेल्दै गइन्,

प्यासा मन र दुस्त तनको हिन्सा झेल्दै गइन्,

पिदा धेरै भएनि,आसु आखा भित्रै ठेल्दै थिन्,

मनको आगोमा,थाकेको शरीर सेक्दै थिन् ।

उस्ले बुझ्नु पर्ने केबल एउटा कुरा थियो,

मान्छे सबै बनावति,बचन मात्र मिठो,बाकी छुरा थियो,

सबैको इछा पुरा गर्दै थिन्,तर उनि देउता हैन,

उस्को कुरा बुझिदिने हजारौमा कोहि एउटा छैन,

फुटपातको सामान त हैन,तर उस्को मुल्य सस्तो थियो,

नेपालको अर्थतन्त्र त होईन,तर उस्को जिबन खस्दो थियो,

हरेक समय काममा अल्झिन्थिन्,उनी कुनै जन्तु त होईन,

एउटा घरबाट अर्को घर बेचिइन्,उनी कुनै बस्तु त होईन ।

%d bloggers like this: