हवाई इन्धनको मूल्य समायोजन, ९४ रुपैयाँबाट घटेर ८६ रुपैयाँ कायम

16120505domestic_nepali-airlines_ticket_booked_236315372_397552848_847722536 हवाई इन्धनको मूल्य समायोजन, ९४ रुपैयाँबाट घटेर ८६ रुपैयाँ कायमकाठमाडौं, २० मंसिर । नेपाल आयल निगमले हवाई इन्धनको मुल्य समायोजन गरेको छ ।

 

आज राति १२ बजेदेखि लागू हुने गरी हवाइ इन्धनको मूल्य घटेपनि डिजेल, पेट्रोल र मटितेलको मूल्य भने यथावत  रहेको निगमले जनाएको छ।

 

निगमले हवाई इन्धनको मुल्य प्रतिलिटर ९४ रुपैयाँबाट घटाएर ८६ रुपैयाँ मूल्य कायम गरेको जनाएको छ।

 

भारतीय आयल निगमले पठाएको मूल्यका आधारमा  आन्तरिक उडानतर्फको हवार्इ इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

 

अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिहजार लिटर ८३१ अमेरिकन डलरबाट घटेर ७५० कायम गरिएको निगमले जनाएको छ ।

News Updated By- Hari Acharya    |   Posted From- Washington DC     |     December 05, 2016   –

%d bloggers like this: