“हो म भएको पनि यस्तै थिए,कोठे सर्ट,कालो पेन्ट तर बैनिको लागी भाउजु लिन हैन रमेशको

अपसोच”खुसी”भन्ने बित्तिकै हाँस्नु रमाउनु दुनिया सगै मुस्कुराउनु हाम्रो कल्पना हुन्छ।।तर

यँहा”खुसी”एक कथाकी पात्र हुन।।जिबनमा भएका स्मृतिका घटनाहरु सायद मान्छेलाई कमै हुदो हो नभए कुनै घटना पछाडी घटना चाखलाग्दो या त बिर्सनै नसकिने एउटा अतित हुनुपर्छ।त्यस्तै “खुसी”सँगको त्यो पल पनि आज अविस्मणीय बनेको छ।कुनै समय थियो,उस्को र मेरो प्रेमको उनि मेरो सबैथोक थिन,अनी म उस्को बाच्ने आधार।।तर मलाई के थाहा यँहा मेरो जुनीभरको प्रेमलाई उस्ले मजाकमा उडाईदिन्छिन भन्ने।।कहिले काहि त आफैलाई हेर्छु,अनि पल्टाउछु मेरा ति रमणिय क्षण,उनि सँगका रोमान्टिक कुरा,बिगत झै आज पनि उनि मेरै मनमा छिन,हिजो उनि मेरी मात्र मेरी खुसी थिन,तर आज पराई कि खुसी अनि मेरो सम्झना की।

          ।भन्छन नि पहिरो घन्टी बजाएर आउदैन,आउछ त एक्कासी अनि लान्छ सोर पोसार पारेर,त्यस्तै

हिजो सानो कुराले तिम्रो र मेरो सम्बन्धमा पनि एउटा आधि बनेर पहिरो गयो तर आज धेरै समय पछि तिम्रै साथिले तिम्रो फोटो पठाईन,अनि मैले पनि मन थाम्नै सकिन,तिमी सग खिचेका,तिमीलाई स्पर्सले छोएका ति पुराना तस्बिर हेरे,तर कास पहिला आँखा भरि आँशु बन्यो,”ए निस्टुरी मायालु के तिमीलाई मेरो याद आएन भन्देउन ए लाटी,आज फेरि हजुर कै खुसी हो म।।तर मेरो आवाज आफै सिमीत छ,बन्द कोठा मै थर्किन्छ।।ल म आज सुनाउने छु आफ्नै प्रेम कथा जो सँग सम्बन्धित छ उ त अरु कै साथमा छिन तर मैले सुनेको छु आफ्ना मनका स्पर्सी पिडा कसैलाई सियर गर्नु पर्छ तब मात्र मन हल्का हुन्छ।।
–म”प्रयास मैनाली”मेरो घर मोरङको उर्लाबारी भन्ने एउटा कुनै गाँउमा छ।

             मेरो परिवारमा”बाबा,ममी,म,अनि बैनी।मेरो बाबा गाँउकै”स्वरस्ती मा:वी स्कुलको पेन्सीपल अनि

ममी घरमा सबैको रेखदेख गर्ने”घरगृहहडी”हामी सबै आफ्नो जिबन खुसी साथ बिताउछौ।।बाबा,ममीले मलाई र बैनिलाई कुनै कुराको कमी महसुस हुनदिनु भएन,धनि नै नभए पनि बाबाको आउने तलबले हाम्रो जिन्दगी चलिनै रहेको थियो।।।म पनि त्यति बेला”ब्याजर्लर पढ्दैथिए।।दिनभर कलेज त्यही त हो साथिभाई सँगका ति मोज मस्ति आज पनि म”मिस”गर्छु।।त्यस्तै एकदिन कलेजमा सरले”भुपु बिधार्थी सङगठनमा”पोखरा जानु पर्छ,प्रत्येकले आफुलाई खर्च र भोलि सम्म”4000″अफिसमा गएर,अर्जुन सरलाई दिनु भन्नु भयो।आहा!पोखरा ठाँउ मात्र सुनेको थिए गएको थिन,तर घुम्न चाही हामी धेरै ठाँउ घुमेका थियौ,sikim,Darjeeling,तर म पोखरा भने गएको थिईन,सरले भनिरहदा मैले कल्पना गरिसकेको थिए त्यो ठाँउको।तर एक्कासी म सगै मेरै छेउमा बस्ने मेरै कलेजकी साथी गंगाले मलाई”कोट्याउदै ओई प्रयास पोखराको फेवातालमा डुबिसकी क्या हो भन्दा पो म कल्पना बाट बाहीर आए।

                 । त्यो दिन कलेज छिटै छुटी भयो,घर आएर ममीलाई भने पोखरा जाने कुरा।”किनकी म सबै

कुरा ममीलाई भन्थिए बाबा सँग किन कीन अलिक डर लाग्थियो तर मेरो कुरालाई ममीले सहज पर्दैन भन्दै,यतिका पैसा छैन भन्नु भयो।मैले जति कर गरे पनि पर्दैन भन्नु भयो,ममि सँग रिस पनि उठ्यो,छोराको सपना पनि पुरा गर्दिदैनन,फेरि सोचे बिचरा बाबाको त्यति तलबले गर चलेको छ,बैनी पढेकी छे अनि म त अलिक बुझ्ने भएको छोरा हुँ।मैले कति चाहाना खुसी त आफु मै दबाएको थिए।त्यसैले आफैलाई कन्ट्रोल गरे।।बेलुका बाबालाई पनि भने तर बाबाले केही हैन त्यो सरहरूको भेला हो भन्दै हुनुहुन्थियो। मैले पनि पोखरा नजाने निर्णय गरे।

             ।भोलि पल्ल रमेश जो मेरो बेस्ट साथि”स्कुल,कलेज सगै पढेका थियौ।मेरो उस्लाई र उस्को मलाई

सबै कुरा थाहा हुन्छ।।उसैलाई फोन गरेर जान्न भने,तर उस्ले म पनि जान्न सानीमाको छोरीको बिहे छ उतै जानु छ,ओई त नी जान्छस भने हिड है भन्यो,मलाई पनि कलेज छुटी भए पछि एक्लै घरमा बस्न अल्छी लाग्थियो।।आखिर पोखरा जान त पैसा लाग्छ,तर रमेश सँग जान त ममी बाबाले दिनुहुन्छ फेरि रमेश सँग कतै घुम्न गएपछि उस्ले नै सबै पैसा खर्च गर्छ।।म पनि त्यस्तै लोभी थिए,आफु सग पैसा भएको दिन पनि सधै छैन भनेर ढाट्थिए।मैले घरमा ममीलाई रमेशकोमा जान्छु भनेर ढाटे तर बैनिले के हो दादा पुरै तयारीको साथ कतै भाउजुलाई त भेट्न हैन।

               ।”हो म भएको पनि यस्तै थिए,कोठे सर्ट,कालो पेन्ट तर बैनिको लागी भाउजु लिन हैन रमेशको

बैनिको बिहेमा जान लाको थिए।।।आखिर कलेजका सबै साथिहरु पोखरा गए तर म र रमेश उस्को सानिमाको घर”झिलझिले”लागीम।कलेजका केही साथिले फोन गरेर गालि गर्दै थिए,अझ एकलकाटे पनि भन्दैथिए।।बेलुका साझमा हामी रमेशको सानीमाको घर पुगीम,त्यहा धेरै मान्छेथिए,तर मैले कसैलाई चिनेको थिईन,रमेशले भने चिनेजती सबैलाई”नमस्ते”भन्दै साईनोले बोलाउदै थियो।।सबै नभनौ तर कोही कोहीले मलाई नै फरक ढङगले हेरिरहेका थिए,खोई सायद म कस्तो देखीएको थिए थाहा भएन,मलाई अफट्यारो फिल भयो।के म पनि रमेश कै पछि पछि नचिन्ने मान्छेलाई नमस्ते गर्दै जानु।।फेरि मेरो एउटा बानी थियो,सानै देखी हात जोड्न धेरै गारो लाग्थियो।

             ।मलाई त्यहा बाट उठेर हिड्नु जस्तै भयो,लाईनको सिधा म बसेको थिए,बरु त्यो लाईन गए पनि

हुने यस्तै सोचे,फेरि उठेर काहा जाउ,काही थाहा छैन,मैले आफ्नो नजर मोड्दै,मेरो ध्यान मेरै साईट गोजीमा भएको मोवाईल तिर लाए,रमेश देखी रिस उठ्यो,तिन भाउन्न छुट्यो”साले”साथिलाई लिएर एक्लै छाडेर कता गयो।।फोन गरे,काहा छस्,
“म भित्र छु,आईज भित्र”
“अरे चिन्नु जान्नु केही छैन,कसरी सरासर जानु।
“त बाहीर आईज न।
“ल पख म आउछु भन्यो”

उ आउछ भन्ने आशले म बाहीर नै बसिरहे,अल्छी लाग्यो फेसबुक खोले,किनकी कहिलेकाही म

फेसबुकमा कुनै अपरिचीत केटी सग मजाक गर्थिए मलाई केटी जिस्काउन मन पर्थियो,यसो”chat”मा हेरे त्यहा जुनु आचर्य लाई देखे,जुनु उस्लाई मैले देखेको थिईन,अनी चिनेको पनि थिईन तर आज भन्दा केही महिना अगाडी उस्लाई मैले प्रपोज गरेको थिए,उस्को घर चितवनमा छ त्यो कुरा पनि उसैले भनेकी थिईन,त्यही भएर उस्लाई म मजाक मै प्रेम गरिरहेको थिए,उस्ले कस्तो सोच्थिईन तर मलाई भने फेसबुकको प्यार बिश्वास लाग्दैन थियो,फेरि उ काहा चितवन

           अनि म उर्लाबारी,हेर्दा अलि काली कली थिई,दिनमा एउटा फोटो पठाउथिई,उस्ले आफै अनि म

पनि नजानीदो पाराले उस्कै रुपको बयान गर्थिए मेसेजमा।त्यो दिन पनि म उसै सग मजाक गर्दै थिए,एक्कासी कोही मेरो नजिक आयो,उस्को छायाले मलाई छोयो,मैले आफ्नो नजर फेसबुक तर्फ नलाई त्यो मेरै छेउमा आउने एउटा चिनजान नभएको केटी तर्फ लाए,—
क्रमश…..(यो कथाको पहीलो भाग कस्तो लाग्यो,सुझाब दिनु होला)

“खुसी”
लेखक-अनु राउत

%d bloggers like this: