।एकछिन पछि त्यहीकी सानी बैनीलाई खुसीलाई चिन्छौ भने”उस्ले पनि उम् चिन्छु”दिदिको त

—मेरो मोवाईलमा एक्कासी फोनको रिङग बज्यो,म पुरै बेहोसी पारामा थिए,बाटोमा आउदै गर्दा त

कति पटक लडेको पनि थिए।यति राती अनि यो शरिर म आफैलाई भारी भएको थियो,सायद रक्सी धेरै भएर होला,त्यसको ह्याङ ओभरले मलाई असर पार्दैथियो।मैले आफ्नो फोन निकाल्दै भने”को हो”उता बाट तेरो बाउ”ओई त काहा छस्,आन्टीको फोन किन नउठाको भन्यो”मैले रमेशलाई थर्काउदै भने त को होस्,मलाई सम्झाउने,कसैले मेरच खोजी गर्नु पर्दैन,”प्रमीस अब पागल भयो,बरु भगवान सँग एउटै गुनासो छ भन्दै आफै”भुतुतुतु”कराउन थाले।

।धेरै रफ कुरा पॅनि भने”सायद उस्ले पनि मैले रक्सी खाएको थाहा पाएर होला फोन काट्यो।।आखिर मलाई कोही चाहीन्न”म घर पुगेर भित्र पसे तर त्यहा ममी,बाबा,बैनी कोही नसुती मेरै पर्खाईमा बसेका रैछन,तर म कसै सग नबोलि आफ्नो कोठा गए,बाबाले”प्रमीस यता आईज भनेर बोलाउनु भयो,तर मैले बाबाको कूरा सुने पनि नसुने झै गरे।”ममी मेरै छेउमा आएर”तैले रक्सी खाएर आको”भन्दै भन्नु भयो।कहिले केही नखाने म तर आज यो हालतमा देखेर मेरो ममी रुन थाल्नु भयो,”तलाई के भयो,कस्ले खुवायो भन्दै कराउनु थाल्नु भयो।।तर मैले आफै आफ्नो जिबन त्याग्न तयार थिए।।खोई त्यो बेला धेरै कुरा थाहा छैन तर बाबा,ममी सगै बनी पनि रुदैथिई।

             ।म केही नबोली सुत्न गए।।थाहा छैन कति बेला निदाए”भोलि पल्ट पुरा जिउ भारी भाको

थियो,जिउमा फुर्तिपन थिएन”आखा राता राता अनि डिल वरिपरि सुनिएको थियो।।मलाई उठ्न पनि मन थिएन,मेरै कोठामा बैनी आएर सोधी दादा हजुरलाई”खुसी”दिदिले धोका दिनु भाको हो भनी।।मैले उस्को उत्तरको जवाफ दिन।।”सायद मेरी बैनी हो,मेरो ब्यथा सहजै बुझ्न सक्थिई।बैनी सानै भए पनी मलाई सम्झाउन खोज्दैथिई।।म केही नबोली भान्सा तिर गए”ममी खाना बनाउदै हुनुहुन्थियो,म केही नबोली चिया पिउन थाले।।।”खोई मलाई कति कमजोर बनाउने हो यो प्रेमले चिया पिउदा पनि उसैको याद आउदैथियो।।मनमा अनेकौ कुराले गिरफ्तार गर्थियो,त्यो पनि नकारात्मक कुराले।”मनका हरेक कुरालाई पनि मार्नु पर्ने,चाहाना भएर पनि हराउनु पर्ने।

                म खाना खाएर,बजार तिर निस्केर रमेशलाई फोन गरे,रमेशले आधा घण्टामा आउछु भन्यो।।

मलाई खुसी सँग एक पटक भेट्नु मन थियो,आफ्ना मन भरिका प्रेम सुनाई,मलाई छाडी नजाउ है भन्दै रुदै कराउदै उस्कै छेउमा पागलपन देखाउन मन थियो।म यसै निउरो मुख लगाएर बजार मै बसीरहे,केहीछिन पछि रमेश आयो”ओई किन बोलाएको,तलाई पनी म चाहीन्छ र हिजो त पुरै मलाई थर्काउदैथिई”साले “तलाई त नी म एकलात दिन्छु भन्दै जीस्कन थाल्यो तर मलाई भने”जिस्कीएर हास्नु त परैको कूरा उस्को कुरामा मुस्कुराउन पनि मन लागेन।।मैले रमेशलाई निरास मुख लाउदै”रमेश आज झिलझिले जाम्न खुसीलाई लास्ट चोटी भेट्छु भने”आखिर एउटै कुराको सम्भब थियो की बिनाको घर गएर खुसी सँग कुरा गर्ने।।मैले भनेको सबै कुरा रमेशले सहजै हुन्छ भन्यो।हामी त्यहा बाट आधा घण्टा पछि रमेशको फुपुको घरमा पूगीम।

               ।एकछिन पछि त्यहीकी सानी बैनीलाई खुसीलाई चिन्छौ भने”उस्ले पनि उम् चिन्छु”दिदिको त

बिहे पनि हुदैछ,सायद भोलि फुलमाला होला भनिन,मलाई झनै टेन्सन भयो,मन ढुकढुक हुन थाल्यो।आखिर सबको अगाडी तमसा देखाई।”यदि म पनि छोरी भएर जन्म लिन्थिए त काहा आफ्नो आँशुहरु लुकाएर हिड्थिए र।।।मैले जुन आश बोकेर भेटेर फकाउछु भन्नेथियो तर उस्ले मलाई मौका नै नदिई पराईको अङगालोमा बाधिन गई,आखिर मेरो माया कीन बुझीन।म रमेश सग बिदा लिएर घर गए,जब जब रात पर्छ,जब मेरो मनमा पिडाहरु थपीदै जान्छ”आखिर मान्छेको मन न हो हिजो सम्म जान दिन्छु भन्नेले आज लिएर गयो।।”फेओवरी”को महिना थियो”म घर पुग्न लाग्दा बाटोमा सिमसिम पानी पर्दैथियो,मलाई आज पनि टेन्सन बाट मुक्त हूनु थियो तर मेरो आमाको आँशुले मलाई छेक्यो,सोचे म भने उसैको यादमा पागल हुने तर खूसी त चाहाना नभएर बाहाना बनाएर टाढा भै।

                ।म बेलुका सम्म घर पुगेर खानै नखाई सुते,ममीले भात खान आईज्ज भन्दा नि,केही बोलिन

बिचरा ममी तलाई के भाको छ आजकाल भन्दै हुनुहुन्थियो अरे फेरि म कसरी भनौ ममी मलाई खुसीले छाडेर गई”कसरी भनौ हजुरको बुहारी बनाउन सकिन मामु भनेर”यहा जिन्दगीले नजानिदो पाराले छल्यो”आखिर आफ्नै भगवानले छल गरे मलाई।मलाई के गरौ र कसो गरौ भयो”छटपटी भयो”आखीर यो रात पनि कति लामो हुन्छ के दिउसो त म यसै रमाउला तर बेलुका म चाहेर पनि भुल्न सक्दिन”उही निस्टुरी आउछे मेरो मनमा।त्यही खुसी आज आएर भन्छे”प्रमीस”तिमी मेरो बन्न सकेनौ।।।दिनहरु सगै आँशुमा डूबे पनि निन्द्रा नलागे पनि जवरजस्ती म कति बेला निदाए त्यो थाहा भएर।बिहान म ओछ्यान मै थिए….
क्रमश
(मैले कथालाई निरन्तरता दिनमा एक भाग पोष्ट गर्न सकिन”सरी”कस्तो लाग्दै छ हजूरहरुलाई)

“खुसी”
भाग-11
लेखक-अनु राउत

%d bloggers like this: