।तिमीले पनि घरमा मेरो बारे भन,म पनि भन्छु अनि सबैलाई थाहा हुन्छ।।तर उस्ले यो कुराले

–   –बेलुका घर पुगेर खुसीलाई फोन गरे तर खुसी एक्कासी रुन थालि,अघी सम्म हासेकी मेरी खुसीलाई

अचानक के भयो।किन रुएकी”लाटी”सोधे तर उ झनै रुन थालि,आखिर के भएछ त नभए उ कुनै कुरा मा यति धेरै मन दुखाउदिन थिई,कतै म बाट पो केही त्यस्तो गल्ति भयो की,फेरि मलाई अरु रिसाउदा कहिले फकाउन नजान्ने म तर जब खुसी सँग प्यार भयो तब मैले सबै कुरा जाने,रिसाउदा फकाउन,फकाएर फेरि झगडा गर्न सबै जाने।मैले फेरि किन के यसरी तिमी रुदा पिडा मलाई हुन्छ अब आफै भन म पिडामा जलेको तिमी हेर्न सक्छौ र।।त्यस पछि उस्ले आफ्नो त्यो रुवाईको आवाज कम गर्दै,प्रमीस घरमा बिहेको कुरा गर्दैछन,धेरै मेनेज गरिसके तर खोई बाबाले राम्रो र धनि केटा हो भन्नु हुन्छ,अब आफै भन्नु म के गरौ।अरे यो कस्तो समस्या हो मेरो जिबनको,अहीले खुसीलाइ लिएर आउन पनि सक्छु तर मेरो जिबन त यसरी नै चल्छ तर भोलि खुसी मेरो जिबनमा आए पछि त खुसीका सपना आवश्यकता सबै मेरो काधमा फेरि बाबाको कमाईमा म कति रजाई गर्नु।

   ।फेरि यता खुसीको बिहे अरु सगै भयो भने अनि फेरि यि हातले खुसीको नभई अरु कै सिउदो भर्नु परो

भने,म मान्छेलाई त के भगवानलाई सुद्द माफ गर्दिन,आखिर यो मन पनि कस्तो कस्तो हजारौ सपना छ,तर उडेर आकास छुने हैन,धर्तिमा मोती खोज्ने हैन मात्र यो मनमा एउटा सानो सपना छ।”मेरो एउटै सानो घर होस्,त्यहा बाबा,ममी ,बैनि अनी खुसी सबै सगै मिलेको परिवार बैनिको बिहे होस् अनी फेरि हाम्रो मायाको चिनो,हाम्रो सन्तान मेरो बाबा,ममीको नाति,नातिना।।तर मेरा सपनाहरु उल्लेर आउने बगर सरी हुन लागे की कतै।मैले खुसीलाई मात्र दुई बर्ष पर्ख फेरि तिम्रो मेरो सम्बन्धको बारे ममीलाई पनि थाहा छ भने तर उस्ले हजुर किन बुझ्नु हुन्न,म अभ सानी छैन 21 बर्ष पुगीसके कति भने बिहे गर्दिन

तर अब बुबा,आमाले मान्नु हुन्न त म के गरौ,अचम्म लाग्छ बिहे जस्तो कुरा पनि बाउ आमाले भनेको सग गर्नु पर्ने रे,फेरि हिजो सम्म खुसीले बुवा ममीले सधै मेरो चाहाना,मेरो रोजाई हेर्नु हुन्छ भन्थिई सायद कतै म भन्दा राम्रो मान्छे भेटी होली।।।खालि एउटै कुराले टेनसन भईराको थियो,झन उस्को कुराले रिस उठ्यो,मैले पनि रिसाएर भनिदे,जान त बिहे गर उसै सग मलाई किन सुनाएकी,त जस्तो धेरै केटी पाउछु यो नसोच प्रमीस त बिना मर्छ तर म पनि त्यो केटा हो जस्ले हजारौ केटी सँग मोज गर्न सक्छ।।।।खोई म बोल्दा उ केही नबोली फोन राखी,।।मनमा एक किसीमको हल्का भयो फेरि यही कुरा लिएर उस्ले अरु सगै बिहे गरि भने,मैले जति खुसीलाई भने तर त्यो गलत थियो,अरे खुसी कै लागी जुनु सगको प्रेम तोडे अनी आज फेरि हजारौ सँग सम्बन्ध म कसरी गासौ।

             मलाई खुसी सग रिसाएर उस्लाई गालि गरेकोमा मेरै मन दुख्यो।।यो मन पनि कस्तो कस्तो न

खुसी सग रिसाएर टाढा बस्न सक्छ न त खुसी बिना रहनै।।मैले खुसीलाई फोन गरे तर जति फोन लाग्छ त्यति काटीदिई,कस्ती रैछ झन उसैलाई फकाउन आफ्नो रिस छोडे उ भने रिसाएर मेरै फोन काट्छे।।।जति फोन गरे पनि उठाईन्न,एकछीनमा उसैले मेसेज गरी”सरी प्रमीस मैले हजुरलाई चिन्न भुल गरे छु,मलाई त लागेको थियो हजुरले मेरो कुरा बुझ्नु हुन्छ मलाई माग्न आउनु हुन्छ तर म गलत थिए,मेरो बिश्वास सोचाई गलत थियो।।तर जिबनमा नसोच्नु की हजुरलाई खुसीले बिर्सन्छे म त सधै याद गर्छु।।हजुरको त हजारौ होलेन तर मेरो त एउटै पहीलो प्रेमी छ त्यो पनि हजुर।।

।”मलाई उस्को त्यो मेसेज देखेर रुन मन लाग्यो”कस्ती लाटी लठ्याङरी रैछे,रिसाएर भनेको भन्ने पनि थाहा नपाउने,आखीर उसैलाई जे गरेर भए पनि फकाउनु थियो,फोन गरे तर फोन यो पल्ट अफ थियो।के साच्चै उ म देखी रिसाएकी हो त।।मलाई खुसीको ममीको नम्बर थाहा थियो।कहिलेकाही उ सँग ब्यालेन्स नहुदा ममीको नम्बर बाट मेसेज गर्थिई,मैले त्यही नम्बरमा फोन गरे,फोन उठ्यो तर कोही बोलेन,अरे म कसरी चिनौ खुसी हो की उस्को ममी।मनमा डर थियो तर पनि हेल्लो भने,उता बाट किन फोन गर्नु भाको हजारौ जना म किन चाहीयो भनी,”अरे लाटी किन यस्तो गर्छौ भन त मलाई पनि तिमी टाढा हुन्छौ भन्ने डर छ नी लाटी।

                ।तिमीले पनि घरमा मेरो बारे भन,म पनि भन्छु अनि सबैलाई थाहा हुन्छ।।तर उस्ले यो कुराले

हुदैन,यस्तो भएर पछि बिहे भएन भने भनी।मलाई झनै उ प्रति शंका लाग्यो।।सोधे किन र तिमीलाई त्यस्तो लाग्छ र”प्रमीस देखेकोले हुदैन लेखेको चाहीन्छ,भाग्यमा तिमी लेखेको छ भने म तिम्रै हो। तर कस्ती होला”उ मलाई पाउने भाग्यको कुरा गर्छे अनि म चाहाना खुसीको यदि भाग्य कै कुरामा बिश्वास गर्ने हच भने यँहा किन प्रेम हुन्छ एउटा अपरिचीत मान्छे सँग ।मलाई खुसीको कुरा सुनेर कतै मैले खुसीको चाहाना त मारेको छैन, फेरी प्रेम कुनै दबाबमा गर्न चाहान्न,फेरि मलाई अरुको कुरामा बढी चासो गर्ने पनि मन पर्दैन यदि खुसी उस्को परिवारको कुरा मान्न तयार छे भने म किन उस्लाई रोकौ,तर म कसरी बाचौ,खुसी सँगका ति कुरा,यि याद,उस्लाई स्पर्सले छोएका उस्का तस्बिर के म हेरेर बस्न सक्दिन।।म के भनौ तिमी आफै भन,अहीले मेरो केही छैन भोली तिमी आएर पनि तिम्रो खुसी पुरा गर्न सक्दिन त्यस्तै तिमीलाई रहर लागेको भए जाउ तिमी उसै सँग भन्दै फोन राखीदिए।

।आखीर खुसीले पनि यही चाहेकी थिई होली।।त्यसदिन पछि पनि खुसी सगै कुरा हुन्थिए तर पहिलाको जस्तो खुलेर बोल्दिन थिई,रातै भर रोमान्टिक कुरा गर्ने खुसी त्यो बेला फोनमा किस देउ भन्दा पनि मान्दिन थिई,आखिर उ किन यस्तो गर्दै थिई,के का लागी।तर पनि मैले उस्लाई कुनै कुराको जिद्दिपन गरिन,उस्ले जे गर्छे त्यसैमा हराउदै गए।तर एकरात मलाई निन्द्रा लागेन,नेट खोले तर यति राती मैले खुसीलाई रातको 12 बजे फेसबुकमा अनलाईन देखे अरु बेला मलाई मिसकल गरेर मात्र अनलाईन आउने खुसी तर आज एक्लै को सँग त्यही पनि यति राती मलाई फेरि जलन भयो।हतारमा आफ्नो आईडी”logout”गरेर उस्को आईडी हाले,यति राती पनि मलाई किन र कसरी जलन भयो,तर उस्को फेसबुक”logging”भएन फेरि ट्याई गरे।तर त्यो पटक ओहो!म त कति छलमा रहेछु,खुसी त चेन्ज भईसकीछे।।उस्ते आफ्नो फेसबुक को पासपोर्ट चेन्ज गरेकी रैछे।

               ।कता कता मन मा चिसो पस्यो।।मैले उस्लाई त्यही बेला फोन गरे,आखिर मेरो बिश्वासको

फाईदा लिई,गाली गर्छु भन्दै फोन गरे तर कसम म आफै चकीत परे की यति राती खुसीको मोवाईल पुरै बिजी थियो।।।धेरै पटक फोन गरे तर उस्ले कुनै खोजी गरिन की किन फोन गर्यो यति राती भनेर।।मलाई पुरै तनाब भयो,तर पनि आफुलाई कमजोर बनाउन सकिन,बरु खुसीलाई भोली भेट्न जान्छु।त्यो रात कति बेला निदाए थाहा भएन भोलि पल्ट बिहानै मोवाईल हेरे त्यहा खुसीको मेसेज थियो।।।तर खोई कस्तो मेसेज थियो,खुसीको भनौ या त पिडाको म आफै चकीत परे,उस्का ति प्रत्येक मेसेजका शब्दले,मलाई जिउदै मारेर गई,……..
(क्रमश)

“खुसी”
भाग-7
लेखक-अनु राउत

%d bloggers like this: