।त्यस त मलाई रुवाएर छाडी,एक्लै यो दुनियामा छोडी तर म त अब पागल भए,।त्यति बेला

–    -मलाई घर जानु मन थीएन,म पुर्व तिर जानु पर्ने मान्छे पश्चिम तिर लागे।”थाहा थिएन मलाई मेरो

गन्तब्यको गाँउ न त थाहा थियो,बस्ने कुनै ठाँउ अब जहा रहेर पनि म एक्लै खुसी बिना बाच्न सक्दिन,निस्टुरी त हजारौ बाहाना बनाएर टाढा भई,हिजो सम्म बाबा,आमालाई म सम्झाउछु,मान्नु भएन भने भागेर आउछु भन्थिई तर बिचरा म उस्लाई मेरो घरमा बुहारी बनाएर ल्याउने,आमाको ख्याल बुबाको स्यार बैनीलाई माया अनि मलाई चोखो प्रेम,दुखमा साथ देली,अफट्यारोमा हात देली,हास्दा सगै हास्ली रुदा नरौ बुढो भन्ली यस्तै सोच्दैथिए तर 1बर्षको मेरो प्रेम,मेरो सोचाई सबै निदाउदा देखीने एक अतित भयो।

             ।”म बाटोमा जादैथिए,एक पागल प्रेमी जस्तै भएर”म त्यहा बाट सरासर घर नगई सिदार्थ होटल

तिर गए,”सिदार्थ होटल,मलाई पहिलो चोटी त्यो होटल रमेशले नै लगेको थियो,त्यहा माछा एकदमै मिठो पाउथियो,म त्यहा धेरै चोटी गएको थिए,त्यहाको एक जना स्टाप भाईलाई मैले चिनेको पनि थिए,म सरासर भित्र गएर एउटा कुर्सीमा एक्लै बसे,त्यहा सबै मान्छे थिए तर मैले कसैलाई ध्यान नदिई बसीरहे”एक्कासी मोवाईलमा फोन आयो”मलाई आफ्नो गोजीबाट फोन पनि झिक्न मन लागेन,कस्को र कस्ले गर्यो खोजी गर्न मन लागेन हिजो खुसी सँग बोल्दा सम्म आफ्नो मोवाईल एक मिलेट आफ्नो साथ बाट टाढा राख्न मन

                   लाग्दैन थियो,चौबिसै घण्टा उही सगै बोलिरहु,उस्कै आवाज सुनिरहु लाग्थियो फेरि उस्ले पनि

त भन्थिई प्रमीस कहिलेकाही मोवाईल”अफ”हुन्छ फोन लाग्दैन मलाई यस्तो लाग्छ की हजुर रिसाउनु हुन्छ होला झै लाग्छ तर आज यि सबै भन्नेले नै”फोन नगर्नु आज बाट मलाई बिर्सीनु भनी।।अब मलाई मोवाईल पनि बोक्न मन लागेन,मोवाईलमा फोन आउदै थियो तर मलाई त्यो रिङगको आवाजले पुरै टेन्सन दिईरहेको थियो,फुटाई दिन मन थियो,अब फेरि मलाई त्यो फोनको के काम।।”धेरै चोटी फोन आईरह्यो,त्यहा नजीकै भएको”रक्सी खादै गरेको दाईले मलाई घुरेर हेर्दै”अलिक ठुलो आवाजमा भने”ए भाई तिमी बहिरो छौ,फोन आको आई छ भन्यो,त्यसकै कुरामा सहमत गर्दै अर्कोले”सायद बूढीले गरी हुली भन्यो,त्यहा रक्सी खाने जति”गललललल”हासे।

             ।मलाई झनै रिस उठ्यो,आफ्नो मोवाईल गोजीबाट झिक्दै यसो नम्बर हेरे:ममीको नम्बर बाट

12चोटी फोन आएको थियो,तर मैले कल ब्याक गरिन,म फेरि आफ्नै सुरमा त्यही बसी रहे।।त्यहाको भाई छेउ मै आएर”दाई आज माछा अघी सकियो भन्यो,”तर मलाई त्यो दिन माछा भन्दा नि लोक्कल रक्सी खाएर,मात्न मन थियो।मैले सुनेको थिए,मातेको बेला सबै टेन्सन हराउछ,अब मलाई मात्र पिडा बाट मुक्त हुनु थियो,खुसीको प्रेम बिर्सीनु थियो,मात्र उसैको चाहानाको लागी,मलाई थाहा थीयो की मैले चाहेर पनि अब खुसी मेरि हुन्न किनकी यति फोर्ज गरेको थिए तर उ त छिन मै परिबर्तन भएकी थिई।”मैले त्यही भाई तिर नजर लाउदै भने”भाई आज मलाई माछा छैन,रक्सी लिएर आउ,यति कडा होस की पिडा सबै मैले बिर्सन सकौ।।त्यो भाईले अचम्म पर्दै सोध्यो “दाई मजाक गर्नु हुन्छ,”बिश्वास गर या नगर पत्याउ या नपत्याउ तर बास्ताविक त यही हो भने।।हिजो सम्म म एक सरिफ केटा”

              जस्ले कहिले बाबा आमाको कुरा काटेन,सधै आफ्नै परिवारमा रमाएर बसे तर जब त्यो सग भेट

भयो तब म आफै बिग्रिए”रातभर फोनमा बोले”चाहीदो भन्दा बढी गफ गरे,कल्पना भन्दा ज्यदा नै हराए तर छि:म जस्तो निज मान्छे जस्को लागी जुनुलाई छोडे”उस्कै लागी ममीले बनाईदिएको ब्रास्लेट बिचीदिए,म एकहोरो उसैका ति मीठा कुरामा पागल बन्दै गए।।एकछिन पछि त्यो भाईले”मलाई एउटा गिलास र ठुलो लामो बोतलमा रक्सी ल्याईदियो र भन्यो दाई”आज तपाईलाई के भयो।।”मैले पनि आफ्नै पिडा उसैलाई सुनाउदै भने”भाई प्रेम पनि मैले गर्नु,मान्छे पनि मैले चाहानु तर आज फेरि त्यही मेरो प्रेम मेरो बिश्वासलाई तोड्नु अनि अभ आफै भन त यो भन्दा ठुलो दुखको कुरा के होला मेरो लागी।।त्यसैले आज जानी नजानी खाने हो,त्यो बाटो पनि मेरै हो,यो बाटो पनि मेरै हो भन्ने हो,भन्दै अभ आफ्नो लाईफ खुल्स्त जिउने हो भने।”के हो दाई प्यार मे फसा अझ मायामा धोका भो की कसो भन्यो ।

                  “आखीर मेरो भनाई र हालत अनि त्यो डिमान्ट देखेर त्यो भाईले प्रेममा धोका भनेर भन्यो।।

मैले कहिले रक्सी खाएको थिईन,त्यो पहिलो चोटी थियो,मैले एक गिलास सुरुप पारे:कसम धेरै टर्रो भयो,पहिले त बमीट आउला झै भयो,मैला त्यस पछि त्यही भाईलाई एकप्यागेट चुरोट नउ भने”अरु बेला माछा मात्र खान जाने त्यो होटेलमा तर आज म त्यहा जडिया,रक्सीया हुदैथिए,पहिलो गिलास,दोस्रो गिलास भन्दै म आफै भित्र हराउदैथिए,”खोई त्यो दिन म आफै अर्धमृत अवस्थामा थिए,”एक मन ले सोचिरहेको थिए खोई त्यो खुसी जस्ले मलाई भेटन साथ गम्लङग अगालो हाल्दैभन्थिई”प्रमीस हजूरलाई मैले म भित्रको प्रविष्ट प्रेम दिएकी छु”हजुर त मेरो पहिलो प्रेम,अनि पहिलो अनुभब म हजुर बिना एक पल टाढा रहन सक्दिन,भन्थिई तर आज त्यही शब्दले मलाई पलपल याद दिदै छ,खुसी बिना बाचेर हिड्नु त आफैलाई टुक्राउनु हो।

              म आफै सँग सग सोच्ने क्षमता छैन,उस्को अनुपस्थितीमा रम्ने चाहाना छैन”फेरि यदि उस्ले मलाई

नै चाहान्थिई त खोई”म सग त्यो खुसी जो सँगसँगै हिड्ने मेरा रहरहरु?खोई त्यो उत्साह?खोई त्यो म भित्रको चन्चलता प्रेम?खोई त्यो खुसी जो म बिना मर्छु भन्थिई?मेरो प्रेममा पागलको नाटक गर्थिई?खोई त्यो खुसी जस्ले आफ्ना साथिभाईलाई मेरि प्रेमिका भनेर कहलाउथिई?खोई म प्रमीस उस्को मनमा काहा छु?काहा खोजौ आफैलाई अब त म जिउदै मरेको मान्छे,म कँहा हराँए,कुन तत्वले मलाई कस्को प्रेम बाट टाढा बनायो,कसरी भयो यो सब,के यहि हो त खुसीको यतिका बर्षको प्रेम म प्रतिको आस्था।

1 बर्ष सम्म नखोजेको प्रेम,नटुटेको प्रेमको परिभाषा आज आएर चिच्याई-चिच्याई लाज पचाएर सारा दुनियालाई सोध्दै हिड्न मन छ,खुसी बिना प्रमीस अपुरो हुन्छ।के खुसीले मलाई अगल बनाएकी हो त?यसरी एउटै चिजलाई बढी महत्व दिदा आज म आधा भाग टुक्राएर लैजान खोज्दै गरेको मुटु भएको छु,आफुलाई म अब कसरी सम्पुर्ण रुपमा भेट्छु र,म यसरी एकमन्न भएको देखेर”त्यो भाईले भन्यो”दाई आफै सम्हालिने प्रयास गर्नु,तर म सम्हाल्ने सक्ने स्थितीमा थिईन।

              अरे कसरी मन बुझ्छ जस्लाई आफु भन्दा बढि चाहेर ज्यदा महत्व दिए,उसैले आज नजानिदो

पाराले छल गरी।मैले त्यो भाईको कुरै नसुनी आफ्नो बाटो लागे,रात पर्दैथियो,म आफ्नै सुरमा थिए,खुट्टाहरु पनि मेरो बस् मा थिएनन,”किन कोही यादले बन्दुकको नाल जसरी तर्साउछन,पिडा दिन्छन।फेरि उसैको यादले साउन र भदौको आकास जस्तै बर्साउछन।”फेरि बर्सातले किन सधै मेरै मनमा झरि लिएर आउछ,आखिर जति नै गरे पनि मेरो प्रेमको बिउ उम्रन नपाई मर्यो,तर जति प्रेम गर्नु छ त्यो भन्दा ज्यदा तड्पिनु छ,मान्छे त एक पटक मरेर जान्छ तर अब मलाई खुसीको यादले जिउदै जलाउदै छ।बाटो भरि पनि धेरै खाल्टोहरु थिए तर विस्मृतीको पथमा उसैको याद मात्र थियो।

।मैले आफ्नो फोन गोजी बाट निकाल्दै आकाङक्षालाई फोन गरे,उस्ले फोन उठाउदै भनि”हेल्लो।तर म उ सग राम्ररी बोल्ने सोचमा थिईन,रक्सी खाएको सुरमा मैले,धेरै नराम्रो शब्द भने खुसीलाई।”त्यसले मलाई छोडेर त्यो केटा सँग कसरी रमाउछे आकाङक्षा अब तिमी आफै भन म पनि उ बिना कसरी बाचौ।

             ।त्यस त मलाई रुवाएर छाडी,एक्लै यो दुनियामा छोडी तर म त अब पागल भए,।त्यति बेला

आकाङक्षालाई म मातेको छु थाहा भएछ,उस्ले मलाई अब यसरी पागल नबन्नु,हजुरले आफ्नो जीबन यसरी कसरी चलाउनु हुन्छ,हुन त मैले भनिराख्नु पर्दैन त्यही पनि आफ्नो आत्माबाट खुसीको नाम मेटाईदिनु,भनि तर म आफ्नै महत्ताको आत्मरतिमा सुन्निएको मान्छेले खुसीको याद मेटाए भनेर फुर्कीएझै अनावश्यक गर्न म काहा सक्छु र।मेरो आफ्नै महत्वलाई दर्साए,आखीर के अब म पागल सरि भएर बाच्नु पर्छ,बिर्सन खोज्दा उ दर्पण बनेर देखा पर्छे।मैले म के गरौ आकाङक्षा,आज हो म मातेको छु तर त्यसले बनाई मलाई यो हालत”त्यसैले सरी मैले गर्दा तिमीलाई नराम्रो भयो भन्दै फोन राखी दिए।

               म मेरो सिङगो अस्तित्वलाई प्रत्यावर्तन गराउदै खिईसकेको थिए,उस्कै अभाबले रातको कुनै

मतलब थिएन,बाबा आमाको कुनै खोजी थिएन,त्यहा हिड्ने कोही कोही मान्छेले मलाई नै हेर्दैथिए सायद पागल हो भनेर।मलाई खुसीको त्यो झुटो प्रवेशमा टल्कीएको थिए जसरी टल्कीन्छन बिहानीको प्रभामा सुन्दर सगरमाथा।म अभ घर कसरी जाऊ,मेरो यो सबै हालत देखेर बाबा ममीको के होला,के सोच्नु होला।मेरो छोरा भनेर छाति फुलाउदै गर्भ गर्ने मेरि आमाले आज के सोच्नु होला तर आखिर अब यो छोरा पागल भयो,बहुल्ला भयो,म त पागल प्रेमी……..तर अब त्यो राती यो अवस्थामा घर नगई काँहा जानु म,जस्तो सकै भए पनि बाबा आमाको अगाडी उभिदैमा मेरो बाबा खुसी हुने।।मैले यसो घडी हेरे,8बजेको थियो,म सरासर घर गए,तर मेरो मोवाईलमा एक्कासी…….
(मनको कुरा नढाटी भन्नु है”खूसी”कस्तो लाग्यो)

“खुसी”
भाग-10
लेखक-अनु राउत

%d bloggers like this: