।नेपाल सरकारलाई सबैको पलमा दाईको मृत्यक शरिर नेपालमा ल्यायो,9दिन पछि।बुबा

–    -खुसी त एक नामकी मात्र पात्र थिईन,(खुसीको अतित)खुसीको परिवारमा आमा,बुबा,दाई अनि म,मेरो

बुवा आफ्नै खेतीपातीको काममा ध्यान दिने अनि आमा पहिला देखी कै रोगी”आमालाई टाउको दुख्ने बिराम थियो,अनि दाई मलेसिया जानु भाको थियो,दाईको कमाई अनि हाम्रो खेति बाट जम्मा भएको पैसाले हाम्रो परिवार चलेकै थियो,म पनि अङग्रेजी बोडीङमा पढ्थिए।।बुबा ममी सबैले दाईलाई र मलाई धेरै माया गर्नु हुन्थियो,फेरि दादा र म यस्तै थिईम सबैका प्यारा,आफ्ना आफन्त सबैको।।तेवारी खान्दानमा त नभनौ तर हाम्रो परिवारमा दाई सबै भन्दा ज्ञानि,

हाम्रै ठुलबुवाको छोरा बिग्रेका तर मेरो दादाले कहिले आमा,बुवालाई दुख दिनु भएन,अगाडी बाटै राम्रो नम्बर लिएर ब्यजलर पढ्दा सम्म दाईले कुनै काम भेट्नु भएन,खोई दाईलाई त्यति बेला के मोड आयो,एक्कासी बिदेश जान्छु भन्नु भयो।बुबा,आमाले नजा पर्दैन भन्दा पनि आफ्ना काका,बडाबाउ हामी भन्दा कति धनि छन्,हामी चाही सधै यही सानो घरमा बस्ने,अनी फेरि बैनीको पनि त बिहे गर्नु पर्छ भन्दै,आफ्नै जिद्दीमा बिदेश जानु भाकोथियो।

               ।समयको गति सगै चल्दैथियो तर भगवानले मेरो आमा बुवाको खुसी सपना सबै

लुटीदिए,नसोचेको भयो,हाम्रो घरमा।त्यस राती बुवा सँग भोलि खेति खर्च पठाईदिन्छु,धेरै खेति नगर्नु,म दशैमा आउछु भन्दै ब्यवहारको कुरा गरेर मेरो दाई सुत्नुभाको तर अचानक यस्तो घण्टा घटिदियो नि आज सम्म बिश्वास गर्न मन लाग्दैन।त्यस दिनको भोलि पल्ट सबै घरमा बसीरहेका थियौ।बुवाको मोवाईलमा खोई कस्को फोन आयो,बुलाले हेल्लो।।
उम”हो त म नबिन कै बुवा हो।
“किन र बाबु”
उम छोरी छे ”

“नानु ला त मैले केही बुझिन भन्दै बुवाले फोन मलाई दिनु भयो,मैले को हो भन्दै सोधे।”म नबिनको साथि,तिमी सँग पहिला एक पटक बोलेको थिएनी बैनी।
उम भन्नु न दाई,तर जब त्यो दाईको कुरा सुने तब मलाई फोनमा बोलेको थाहा भएन,बिचरा मेरो दाई।
म आत्तिएर चिच्याए,रुदै भने दाई कहिले,म रुएको र चिच्याएको देखेर बुबा आमा आएर के भयो भन्नु भयो,म केही बोलिन,अनि कसरी बोलौ,के भनौ,कुन मुखले भनौ की मेरो बुबा दाईले हामीलाई छाडेर जानु भयो,हे भगवान मेरो बुबा,आमालाई सहने बाटो देखाईदेउ,।

बुवाले भुईको फोन लिदै के भयो भनेर त्यही दाईलाई सोध्नु भयो,तर बेलुका सम्म कुरा गरेर सुतेको छोरो,बिहानको सुर्य नउदाउदै यो सन्सारको अस्ताउदो जुन भयो।।बुबाले यि सबै कुरा सहन सक्नु भएन,बुवा त्यही ढल्नु भयो,आमा बिचरा आज पनि याद छ,आवाज बिनै मान्छेहरुलाई बोलाएर,रुदै हुनुहुन्थियो।।सबै मान्छे जम्मा भए,के भयो भन्दै सोध्छन के भन्ने होला।

बिचरा मेरो आमा एक तिर बुवा एक तिर।तर जसरी भए पनि बाच्नै पर्ने,छाडेर जाने त भगवानले लिएर गए तर आमा बुबा बैनि सबैलाई छोडेर गयो,मेरो दाई।।बुबा आमाको यो हालत देखेर सबैले मलाई तैले यस्तो गरिस भने आमा बुवालाई कस्ले सम्झाउछ,भन्थिए तर जति नै जे गरे पनि जन्म दिएर 24 बर्षको छोरा अरु कै देशमा सुतेको अवस्थामा मरेको भन्ने कुराले कुन परिवार खुसी हुन्छन र।।

             ।नेपाल सरकारलाई सबैको पलमा दाईको मृत्यक शरिर नेपालमा ल्यायो,9दिन पछि।बुबा

आमाको त्यो अवस्था मैले हेर्न सकिन।।साउको ऋण अनि घर ब्यबहार अभ कस्ले गर्छ।।मैले पढन पनि छाडे,अहिले पार्लरमा काम गर्छु।जब खुसीका ति कुरा सुने तब मेरा आँखा भरि आशु आयो,साच्चै नै मेरी खुसीको दुख सहन सकिन म पनी रोए।।उस्ले भन्दैथिई मेरो दुख सुनेर म सँग टाढा हुनुहुन्छ होला तर उस्लाई के थाहा त्यही दुखले मलाई अझ उ प्रति प्रेम भयो।।

।बिहान 9बजे तिर म आईपुगे भन्दै जुनुले फोन गरी तर अब म जुनु सग नजिक हुनु हुदैन

किनकी खुसीले मलाई सबै कुरा भनेकी छे,मलाई बिश्वास गरेकी छे,त्यसैले भोलि कतै जुनु मेरो प्रेमीका भन्ने थाहा पाई भने के सोच्लि अभ मैले जुनु देखी पराई हुनै पर्छ।।मैले जुनुलाई फेसबुक बाट अनफ्रेन गरेर पनि मेसेजलाई ब्रल्क लिस्टमा राखीदिए अनि सिम चेन्ज गरे।म अभ मात्र खुसीको हो,खोई जुनुले के सोचि त्यो भन्न सक्दिन,फेरि जुनु सग मेरो खुसी सगको जस्तो गहिरो प्यार नै काहा भएको छ र।।हाम्रो प्रेम चल्दै थियो,खुसीको ममी सँग पनि म फोनमा बोल्थिए,सायद ममीलाई पनि थाहा थियो होला।

खुसी र मेरो दिन भरि कुरा हुदैनथियो तर रातमा भने सधै अबेर सम्म मिठा मिठा रोमान्टिक कुरा गर्थियौ।।खुसीले कहिले काही मलाई डर देखाउन हो या साच्चै मेरो बिहे गर्दिने कुरा गर्दै हुनुहुन्छ।।भन्थिई फेरि कहिले काही म त हजुरको लाईक छैन है,पढेको पनि छैन भन्थिई म पनि उसैलाई खुसी बनाउन”मेरी आमाको बुहारी बनिदेउ,भात पकाएर आमा,बुबा खान खानु आउनु भनिदेउ यस्तै हुन्थिए,हाम्रो कुरा,,एकदिन बेलुका फोनमा खुसीले……
(क्रमश)

“खुसी”
भाग-5
लेखक-अनु राउत

%d bloggers like this: