।”मैले रमेशलाई हेर्दै भने”रमेश मलाई खुसी बिना बाच्नु छैन”बरु मलाई बिष दिए यार”उस्ले

–अल्छी लाग्यो,मोवाईल झिके तर त्यहा आकाङक्षाको नम्बर बाट 4 चोटी मिसकल आएको थियो।

सायद कलै होला,तर म बसमा भएर थाहा पाईन्न,हतारमा उस्कै नम्बर डायल गरे”पहिलो पटक बिजी भन्यो तर दोस्रो पटक चाही फोन लाग्यो,।फोन उठाएर मैले यता बाट”हेल्लो”हेल्लो”भने तर उता बाट भने आवाज आएन,मलाई लाग्यो त्यो फोन रिसीभ गर्ने आकाङक्षा हैन,खुसी हो।मैले उस्लाई”ओई लाटी किन नबोलेकी भने तर उस्ले प्रतिउत्तरमा”अब बोलेर केही हुनेवाला छैन,प्रमीस”म हजुरको खुसी बन्न सकिन,हजुरको आमा,बुबाको असल र लक्ष्मी जस्ती बुहारी हुन सकिन,हजुरको बैनीको भाउजु चाहेर पनि हुन सकिन,तर मैले हजुर सँग झुटो सम्बन्ध गासेको हैन।

           यस्तै भन्दैथिई,तर म भने आँखा भरि आँशु भएर पनि उसैको कुरामा सहमति

जनाउदै”उम””उम”भन्दैथिए।।फेरि सोधे आखिर म सँग प्रेम थियो त उस्को साथ किन रोजेउ,तिमीलाई थाहा थियो की म तिम्रो भाग्यमा छैन तर यतिका सपनाको घर किन बनाउन लाएउ,खुसी तिमी बिना त म बाच्न सक्दिन,मलाई छाडेर जाने कुरा नगर भन्दै भने।तर म त कति मात्र भ्रममा रैछु कति सजीलै भनिदिई की”अभ मेरो खोजी नगर्नु”म अब मैनाली हैन,बुढाथोकी बुहारी हुन लागेकी छु,हजुर सग सधै बोलिरहन सक्दिन,प्रेम जो सँग पनि हुन सक्छ तर बिहे उही सँग हुन्छ जो आफ्नो तिनकुस खाएको हुन्छ।।अब बाट मेरो र हजुरको कारण आकाङक्षालाई पनि डिस्टप नहोस् त्यसैले पिल्ज मलाई अब भुलीदिनु”अतित सम्झेर।।अरे कस्तो निस्टुरी मन रैछ”अतित सम्झेर भन्छे तर मैले उ सगको सम्बन्धमा अतित हैन,बर्तमान,भबिष्य सबैको कल्पना गरेको थिए।

              ।”सायद यो मैनाली प्रमीसले पहिलो पटक कसैको साथको भिक मागेको थियो”रोई कराई

गरेर”तर उखान नै छ नी” बालुवामा पानी हाल्यो भने रुच्छ मात्र भिज्दैन,अनी अज्ञानि अबुझलाइ ज्ञान सुनायो भने सुन्छ मात्र बुझ्दैन,हो हिजो सम्म यति बुझ्ने,ज्ञानी उही मेरो लायक छे जस्तो लाग्थियो तर त्यो दिन धेरै अबुझ बनिदिई,मेरो कुरै सुन्न चाहीन्न,भागेर बिहे गरुम,त्यो पनि भएन भने केहीदिन पर्खीदेउ,म तिम्रो घरमै आउछु माग्न भने तर उस्ले खोई के को घमन्ड गरि त्यो थाहा भएन,सजिलै भनिदिईकी मैले भने त कति भन्नु अब म अरु कै हुदै छु,रोएर पागल जस्तो नबन्नु।।मेरो कारण हजुरलाई दुख नहोस् त्यही कामना छ मेरो अनि एउटा कुरा आज बाट खुसीलाई मात्र हास्नु रमाउनु सम्झीनु,हिजो खुसी मेरो जिबनमा कहिले आईन्न भन्नु भनी मैलै पनी आफुलाई अलिक सम्हालेर भने”अरे लाटी तिमी त अरु सगै खुसी हुन्छौ,अरु कै अङगालोमा हुन्छौ,तर म भने एक्लै कसरी बसौ भन त,बरु तिमी अरु कै बन्नु भन्दा पहिले भगवान सँग प्रमीसको मुत्युको कामना गर भने।

             “सायद उस्लाई पनि मेरो हरेक शब्दले छोएको थियो”त्यसैले मैले यसो भन्ने बित्तिकै फोन

काटीदिई,फेरि फोन लगाए तर उस्ले काटीदिई।।म घोप्टे परेर रोए,आखिर मलाई यो सबै सझाय के को लागी खुसीले दिई,कुन दिनको बदल्ला लिई म सँग।म रमेशको घरमा थिए तर मलाई त्यो सुन्दर घर पनि मसानघाट जस्तै लागेको थियो।।”आखिर हिजो मिठो र चोखो नाता जोडेर आज सम्बन्ध तोड्नु नै थियो त किन सबैको अगाडी मलाई चिनाई”किन नजीक भई”किन किन आखिर किन।।म यसै खाटमा पल्टिई रहेको थिए,रमेश आएर ओई प्रमीस भन्दै बोलायो।मेरा आँखा भरि आँशु थियो”पुरै शरिर थकित थियो,रोएर होला आँखा राता राता थिए,मेरो यस्तो अवस्था देखेर जो कोहीले पनि पिडामा छ भनेर अन्दाज गर्न सक्थिए,त्यस्तै रमेशले पनि सोध्यो”ओई के भयो,तलाई सोध्यो।।”जहिले हासी रहने प्रमीस म तर आज हासो हरायो,म पागल प्रेमी भएको छु त्यो मलाई थाहा छ।

            ।”मैले रमेशलाई हेर्दै भने”रमेश मलाई खुसी बिना बाच्नु छैन”बरु मलाई बिष दिए यार”उस्ले

आत्तिएर सोध्यो के भयो र खुसीलाई?केही भएको भए त म आफुलाई जसोतसो सम्झाउथिए तर उस्ले त म सगको नाता तोडी”जिबनको उकालि,ओराली दुख सुखमा सधै साथ दिन्छु भन्दै आज बिच बाटो मै छाडी”न त म अघी बढ्न सके न त पछाडी सर्न।मैले आफ्ना पिडा,दुख,खुसीले भनेका ति मन छुने बचन सबै भने।।रमेश पनि छक्क पर्यो तलाई यति माया गर्थिई तर के भएछ उस्लाई”नम्बर ले म फोन गर्छु,खुसीलाई,म बुज्छु के भएछ”फेरि तैले पो केही भनिस की?

भन्यो तर खुसीले त मेरा लागी सबै बाटो बन्द गरिदिई,फेरि मेरो के गल्ति छ र!जस्लाई हजारौको भिडमा पनि आफ्नो ठाने,उसैको लागी जुनुलाई छाडे,तर मलाई त्यो बेला धेरै पछुतो भयो जुनुलाई छाडेकोमा आफ्नै खुट्टामा मैले आफै बन्चरो हाने,हिजो जुनु मेरो लायक थिईन तर आज म खुसीको लायक भईन्न”सायद चर्खा रैछ,दुख पछि सूख,रुवाई पछि हासो,मिलन पछि बिछोड तर मेरो त मिलन भएर पनि एक हुन नसक्ने एक परिक्रमको चर्खा भयो प्रेम “जिन्दगीमा एक पछि अर्को अनी अर्को पछि अर्को तर मेरो जिबनमा अब त्यो कुराको सम्भब थिएन,हिजो जुनु सँग प्रेमको नाटक मैले गरे तर आज त्यही बदल्ला त्यही प्रेमको नाटक म सँग गरि।सोचेको पनि थिईन कि खुसी सग छुट्नु पर्छ,तर मेरो सोचाई परिबर्तन

            भयो,मलाई एक पागल प्रेमीका बनाई,म एकहोरो डुबिरहे मेरो यो पागलपन देखेथ।रमेशले मलाई

सम्झाउने हुतिले भन्यो”हे टेन्सन नगर एउटी गए अर्की आउछे फेरि तैले आफै मलाई भनेकोथिस त”प्रेम गर्नु तर कसैलाई ज्यदा भन्दा धेरै नगर्नु केटी मान्छेको बिश्वास हुन्न अनि फेरि आज त नै यो सबै ब्यवहार गर्दैछस्।।तर भन्न जति सजिलो थियो,त्यो भन्दा धेरै प्रेममा तड्पीनु रैछ,मलाई पनि काहा मन थियो र खूसीलाई आफु भन्दा बढि प्रेम गर्न तर प्रेम आफ्नो बशमा कहिले हुन्न रैछ,त्यस्तै खुसी सँगको मेरो प्रेम पनि ज्यदा भन्दा बढी नै भयो।।उ एउटालाई लिएर मलाई भुल्नु भन्छे तर यहा हजारौ आए पनि म खुसीलाई बुर्सिनेवाला छैन।।मलाई रमेशले नरो!त्यस्ले तलाई भुल्न सक्छे भने त पनि सक्छस,छोरी मान्छे भनेको ट्याक्सी हो,भन्यो तर जब ट्याक्सी भरिएर आउछ,नी तब यहा चढ्ने र रोकीनेको घुईचो हुन्छ त्यस्तै भयो,प्रमीस मैनालीको लाईफ भने।

                ।रमेशले खाना खान आईज भन्यो तर मैले घरमै खाएर आको त खा!भनेर झुट बोले,मलाई के

गरौ र कसो गरौ भयो,पेटमा भोक भन्दा धेरै कुरा खेल्दैथिए,अरुको सामु खुलेर रुन पनि सकिन म,अनि फेरि जस्लाई यति फोर्ज गरे उस्ले नै लत्याएर गई सायद म भन्दा। राम्रो र धनी मान्छे पाएर होला,तर जब त्यो रुप अनि धन सकिन्छ तब त्यस्लाई पनी मेरो याद आउने छ,अरे त्यो बेला त्यस्लाई मेरो माया कसो नलाग्ला र जुनदिन उस्को लागी म मरेको हुने छु।।मलाई रमेशको घर पनि बस्न मन लागेन,यति सुन्दर घर पनि मलाई मसानघाट सरह लाग्यो खुसी बिना,रमेशलाई भनेर घर जान्छु भने तर रमेशले टेन्सन नगर,त्यो भन्दा धेरै राम्री केटी पाउछस् भन्यो तर टेन्सन भनेको लिएर लिन्छु भन्ने कुरा हैन रैछ,त्यो अट्याकमिटीक आफै आउने कुरा हो,मन पोल्छ मन रुन्छ तर चिच्याउन सकिन।सबैले भन्छन छोरा मान्छे भएर रुन हुदैन”तर जब कसैले मनमा बसेर पनि पराई जस्तै गर्दै छ नी तब आँखाका परेलीका बाधले पनी उसैको कमीमा आशु झारीदिन्छ।

              ।मैले रमेशलाई घर जान्छु,भनेर हिडे,बाटो भरि कुनै मनमा खुसी थिएन,पागल सरी मुख

नधोई,उठेर पानी पनी नखाई बोहुला जस्तै भएर हिडिरहेको म,सबैले मलाई हेर्दै सोच्ने गर्लान,बिचरा प्रेममा पागल भएछ।”कति सपना देखाई,हजुरको बुढी बन्छु,हजुर बिना बाच्न सक्दिन भन्थिई”यदि हजुरको नभई अरुको हुनु परो भने म त झुन्डीएर मर्छु,अनि यदि हजुरले पनि अरुलाई बिहे गर्नु भयो भने,पहिला हजुरलाई मार्छु अनि म मर्छु भन्थिई,तर आज जिउनु न मर्नु बनाई,हजारौ बाचा,कसम सपनाको घर भत्काई दिई,मेरो प्रेममा पनि एक्कासी भुकम्प गयो,चट्टान सरी झर्यो,बिजुली।म आफ्नो सिर ठाडो नपारी “निउरीएर हिडी रहे।”मलाई घर जाने मन थिएन”खोई थाहा छैन,मनमा के सोच आयो त्यो बेला पुर्ब तिर जानु पर्ने म पश्चिम तिर आफ्ना पाईलाहरु लम्काउदै गए…
(कथा कस्तो लाग्दै छ हजुर)

खुसी”
भाग-9
लेखक-अनु राउत

%d bloggers like this: