।।म पनि अरुकै नाँच हेर्दैथिए,तर एउटा केटाले”खुसीलाई तान्दै नचाउन ढिपी गर्दैथियो,उ भने नाई

–मैले आफ्नो ध्यान फेसबुक बाट हटाउदै त्यो अपरिचीत केटीलाई हेरे,उस्ले मेरो हेराईलाई मध्यनजर

गर्दै भित्र हजुरलाई बोलाउदै हुन्छ भनिन।।अरे नजानेको नचिनेको ठाँउमा कस्ले बोलायो अचम्म मानेर सोधे।।कस्ले”!?खोई एउटा अग्लेदाई हुनुहुन्छ अनि पो याद भयो रमेशले हो रैछ।।साच्चै रातो कुर्ता अनि सेतो सुरुवाल”कपाल छाडेकी”खोई को हो मलाई थाहा भएन तर उस्को स्वरमा जादुथियो,सोधिहाल्न सकिन,म उस्कै पछि पछि भित्र गए,त्यहा रमेश अनि अरु थुप्रै उस्का आफन्त थिए।।रमेशले मलाई हेर्दै उ मेरो साथि”प्रमीस”भन्यो तर म भने कोही सँग बोलिन।।मलाई त्यो केटी कता गई भन्ने याद भएन भित्र सम्म सगै आई अनि एक्कासी बिलाई।चारैतिर चोरले जस्तो नजर लाउन मन थियो तर नचिनेको गाँउ,।त्यस्तै बेलुका साझमा खाना खाएर,रमेशलाई सोधे बेहुली चाही खोई नी।

।उस्ले मलाई तान्दै अर्को जँहा बेहुली भएको कोठामा लिएर गयो।।तर मेरो ध्यान त्यहा भएकी अघी मलाई बोलाउन आएकी त्यही राम्री केटी तर्फ गयो,उस्ले बेहुलीलाई हातभरि मेहेन्दी लगाईदिदैथिई,म र रमेश पनि त्यही नजिक गईम,रमेशले बेहुलीलाई देखाउदै”उनी नै हुन भोलीकी दुलही”बिना”भन्दै बिचरा त्यो बैनीलाई जिस्काउन थाल्यो तर मैले भने बैनीलाई हैन,बैनी सँग भएकी त्यो मेहेन्दीवाली सँग कुरा गर्न मन लाग्यो।।खोई कस्ती कस्ती हामी कुरा गर्दा सम्म उस्ले कसैलाई हेरिन,तर रमेश र मेरो मजाक सुनेर घरिघरि मुस्कुराउदै थिई,मैले उस्का ति नजरमा मा हेरे,गोला आँखा,नाक अलिक थेप्चो,ओठ धेरै राम्रो फेरि त्यस माथि पिङ कलरको लिप्स,साच्चै भन्नु पर्दा उस्लाई जन्मदिने आमाको कोखमा कुनै खोट थिएन।

         ।”भगवानले पनि कसैलाई त कति राम्री बनाउछन है साच्चै त्यो केटीलाई पनि फुर्सद मै बनाएका थिए

सोचिरहे।बाहीर ठुलो साउन्डमा,हिन्दी गाना बजीराको थियो।।तर म रमेश अनि बेहुली बैनि,(बिना) त्यहा भएकी सुन्दरी एउटा कोठामा ढोका लगाई बसेकाथिम।।त्यति नै बेला त्यो केटी ले सानो आवाज मै बोलि”भिनाजु”को नाम के हो नी?अचम्म लाग्यो अनि मैले उसै सँग बोल्ने खातिले सोधे।।किन र भिनाजुको नाम चाही,म अलिक मजाकमा थिए तर उस्ले मलाई हेर्दै नहेरि हातमा मेहेन्दी लाउदा आफ्नो मान्छेको नाम लेख्नु पर्छ यदि गाढा लागे माया गाढा हुन्छ।।।अरे कस्तो सोचाई रहिछ,अहिलेकी केटी भएर पनी पुराना हाम्रा हजुरआमाका पालामा जस्तो कुरा गर्छे।

         ।म पनि के कम त्यसो भए,मलाई पनि लगाईदेउन त मेहेन्दी भनेर उस्लाई जिस्काए।।तर उस्ले ठाडो

जवाफमा किन,भोली सोल्टिनीको अगाडी”भेजा/हुन मन छ भनि।।कस्ती बोल्न पनि नआउदो रैछ।।हुन त  कसैको रुप राम्रो भएर पनी बानी खराब हुन्छ रे मैले सुनेको थिए,उस्को यस्तो जवाफले मैले फेरी बोल्न उचित ठानीन।रमेशले त्यही केटीलाई हेर्दै हास्दै मेरै मजाक गर्दै”जे भए पनि खुसीले सही कुरा गरिन है भन्यो।”ओहो!खुसी कस्तो राम्रो नाम,उस्को न्वारन गर्ने बाउन कस्तो होला।।तर फेरि कस्तो साथि मेरो उल्टै मजाक गर्छ त्यो केटी सग लागेर।।साच्चै त्यो केटी घमन्डी रैछ,मलाई उस्को ब्यवहार बाट थाहा भयो।उस्ले दुईओटै हातमा मेहेन्दि लगाईदिई,त्यस पछी हामी चारै जना बाहीर गईम त्यहा सबै नचिनेका केटा केटी आएका थिए त्यही त हो बिहे भन्ने बित्तिकै रमझम यस्तै हो नि।

।।म पनि अरुकै नाँच हेर्दैथिए,तर एउटा केटाले”खुसीलाई तान्दै नचाउन ढिपी गर्दैथियो,उ भने नाई

भन्दैथिई”गएर झपार्न मन लाग्यो को हो त्यो केटा सोध्न मन लाग्यो तर कसरी सोधौ के खुसी सँग मेरो के नाता छ र।।तर फेरि पहिलो नजरमा पहिलो पल्ट कोही कसैलाई राम्री अनि उसै सग नजिक हुन चाहेको छु त्यो हो खुसी।।मलाई धेरै रिस उठेको थियो तर पनि म रिसाएर के हुन्छ र खुसी जस्लाई मैले अघी मात्र चिनेको उ सग मज्जाले बोलेको पनि छैन,।।त्यो दिन आफ्नो रिस आफैमा काबु गरे।।भोलि पल्ट,बिहेको रमझम थियो,सोचेको थिए त्यस केटीलाई नजिक बनाउछु तर हिजो रातीको त्यो ब्यवहार उस्को मलाई मन परेन।।अब भने मेरो मनमा त्यो केटी गलत जस्तो लाग्यो त्यसैले मैले उस्को खोजी गर्न पनि छाडीदिए,किनकी यस्तो केटी मलाई मन पर्दैन थियो। त्यहा सबै बिहेमा नँया सजाउ मा थिए।।जन्ती आईसकेका थिए,”खुसी पनि नँया कपडा,ल्याङगा चोलिमा थिई।

        कपाल छाडेर,आफ्नो कपाललाई पछाडी सार्दै निकै मेकअपमा आएकी थिई।।त्यहा कोही कोही

जन्ति केटाहरुले उसैलाई जिस्काउथिए,”किन किन यो मन उसै तिर जान्छ,नहेरौ भन्दा पनि उस्को बानी कस्तो रैछ जान्न मन लाग्छ।उ जन्ती केटा सगै नाच्दैथीई ,तर मैले भने उ प्रति नजर लाइन्न।मलाई रमेशले हिड नाचौ भन्यो तर त्यहा”खुसी कै रजाई थियो एउटी केटी सग चार,पाच जना केटा वरिपरि कस्ती केटी हो,रुपमा मात्र राम्री अनि मैले पनि घमन्डको साथ गित चेन्ज गर्न भनेर नाच्न गए।।म पनि केटा पक्षका केटी सगै नाचे,खोई किन किन हिजो सम्म त्यो केटीलाई हेरिरहुँ लाग्थियो तर आज त्यो बानी मन परेन।।मलाई प्राय केटी मान्छे केटा सग मस्किएर बोलेको मन पर्दैन थियो।

            ।”खुसीले मलाई नै हेरिरहेकी थिई।।बिहे सकेर हामी घर जाने भनेर हिडीम,बाटो भरि खुसीको रुप

सगै उस्को बानी राम्रो लागेन फेरि सबै बत्तिसगुणा युक्त त काहा पाईन्छ र।घर आए घरमा बाबाले गाली गर्नु भयो,पुर्ब भनेर पश्चिम जाने हामीलाई छलेर भन्नु भयो एउटा रिस हुदा हुदै अर्को रिस उठ्यो,दयाराम मेरो बाउलाई गालि गर्न मन लाग्यो,यति ठुलो भएको छोरालाई पनि गालि गर्छन बुढा,तर जति नै ठूलो भए पनि आमा,बाबाको अगाडी सन्तान सधै सानै हुन्छन।त्यो रात म खाना खाएर,आफ्नो कोठा गएर मोवाईलमा भएको आज खिचेका फोटो हेर्न थाले,कति राम्रा अनि नराम्रा फोटा थिए,फोटो हेर्दैथीए,तर मेरो मोवाईलमा”खुसी,बिना अनि मेरो फोटो थियो,म छक्क परे कस्ले र कति बेला खिचेछ सायद रमेशले उ सँग भएका”फोटाहरु मेरोमा सार्दिएको होला।

19477756_578206622349818_743343098948011135_o-225x300 ।।म पनि अरुकै नाँच हेर्दैथिए,तर एउटा केटाले"खुसीलाई तान्दै नचाउन ढिपी गर्दैथियो,उ भने नाई

       ।”त्यही फोटोलाइ रामरी हेरे,साच्चै मेरी प्रेमीका हुन लायककी थिई तर उस्को ति बोल्ने बानी अनि

केटा सँग नजिक हुने ब्यवहार मलाई ठिक लागेन।अनि त्यसै भित्र केही मेरा र रमेशका फोटा थीए,मैले हतारमा फेसबुक खोलेर”प्रोफाईल चेन्ज गर्न खोज्दैथिए तर एक्कासी मेरो”notification”मा रातो बत्ती बल्यो,त्यहा धेरै मेसेज पनि आएको थियो तर मलाई थाहा थियो,त्यो मेसेज जुनु कै हो।।मैले पहिला”notification”मा आँखा लाए त्यहा रमेशले मलाई फोटो”tagg”गरेको रैछ,यसो हेरे,म,रमेश,अनि बिनाको फोटो रैछ।।।त्यहा त्यस फोटो भित्र धेरैको”likes”commit”थियो।कतीसाथीहरुले बीना बैनी लाई र मलाई देखेर”ओई प्रमीस कहिले हौ भनेका थिए अनि कतिले”नाइस कपल”तर हेर्नेहरुका आँखा फरक थिए,सोच्नेहरुका मन पापी थिए,यो समाज आफ्नै साथिको बैनी सँग नजिक भएर फोटो खीच्दा पनि मेरै हो भन्छन।। “आखीर सोच्नेले त अनेक सोच्छन।

        ।।त्यो फोटोमा जुनुले पनी”ओई प्रमीस के हो यस्तो भनेकी रैछीन,मन त थियो,त्यही”commit”मै

लागी गरौ तर फेरि उस्को सोचाई यस्तै थियो होला।म”commit”हेर्दैथिए,खोई को हो मैले उस्को प्रोफाईल हेरेको थिईन तर उस्को”commit”भने फरक खालको थियो।त्यहा नराम्रो भन्नेहरुलाई उस्ले मज्जाले”reply”दिएकी थिई।।”मान्छेहरु कति गलत हुन्छन,अनी कति सहि त्यसै भित्र यो फोटोमा नराम्रो भन्ने”नाइस कपल”भन्ने मान्छेहरु नि छन,आफ्नै दाईहरु सँगको फोटोमा,अचम्म लाग्छ बिना क्याप्सन त फोटो हाल्नै नहुने भय,anwy hensom,Ramesh Dada nd Bina di,azAe Hensom chahi..PARMiSh”मलाई त्यो”commit”देखेर खुसी पनी लाग्यो आखीर मैले दिने पर्ने जवाफ उस्ले दिई,फेरि को रैछ यतिका जान्ने,हामीलाई चिन्ने।।

           ।तर त्यो बेला सम्म मलाई खुलदुली भयो,रमेसलाई दादा अनी बीना लाऐ दि,तर मलाई मात्र

प्रमीस।।मैले उस्को प्रोफाईल हेरे,त्यहा मात्र एउटी सानी फुच्चीको फोटो थियो,सबै प्रोफाईल हेरे तर उ को हो थाहा भएन,”आज भोलि त यो फेसबुकको नाम सुन्दा पनि हासो लाग्छ अनि त्यो आईडी पनि त्यस्तै थियो,TIMRO Dearm grL mah”यस्तै थियो।सायद होला कसैको फेक आईडी।मैले तेता तिर ध्यानै नदिई,मेसेजमा गए,त्यहा कसैको मेसेजको”reqst”आएको थियो।।।अनी जुनुको पनि धेरै मेसेज आएका थिए।।मैलै उस्को मेसेजमा ध्यानै नदिई,त्यो”massages reqst”मा गए,जब मैले मेसेज हेरे तब आफै छक्क परे,फरक खालको मेसेज,फेरि”सरी भनेकी छ।।तर को हो,मैले चिनेको पनि छैन।।यति कै मा मेरो मोवाईलमा रिङग बज्यो,नम्बर हेरे नँया नम्बर त्यस माथि necll कस्को रैछ,फोन उठाए तर…
क्रमश….
(कथा कस्तो लाग्दै छ,पढेर सल्लाह दिनु होला)

“खुसी”
लेखक-अनु राउत

%d bloggers like this: