।।हो मैले पनि त्यस्तै गरेको थिए,घरमा ढाटेर कलेज नगई खुसीलाई भेटन आएको थिए,मैले

–एकदिन बेलुका खुसीले मेरो भोलि”बर्थ डे”हो नि भन्दै भनिन,।कस्तो म पनि खुसीले पहिला नै आफ्नो

सबै डिटल भनेकी थिई,तर मलाई खुसीलाई दिने कुनै उपहार थिएन।।खुसीले सायद आफ्नो प्रेमी बाट केही आश गरेकी हुदी हो।तर म सँग त एक सुक्का पनि थीएन पैसा,बाबा सँग मागुम भने,बैनीको बोडीङको पैसा दिएको थिएन,मामु सँग मागौ त बिचरा मामु लाई कस्ले दिन्छ र।।मैले आफु सगै भएको आफुले लाएको,ब्रास्लेट बिचीदिए,मात्र खुसीलाई कुनै गिफ्ट दिनको लागी।राती नसुति 12 बजे खुसीलाई”जन्मदिनको लाखौ शुभकामना मेरी बुढी”तिमी सँग मात्र एक पटक भेटे तर लाटी तिमी सँग त बर्सौ सगै बसे जस्तै लाउछ।।सधै खुसी हुनु”लभ यू जान”भन्दै मेसेज गरे।।भोलि पल्ट बिहानै उसैले मेसेजमा”थियाङकु”बुढो”भनेर पठाएकी थिई।

“म बिहानै उठेर नुहाईधुहाई गरेर”रातो सर्ट अनि जिन्स पेन्ट लगाएर रमेशको बाईक लिएर

खुसीलाई भेट्न झिलझिले गए,हुन त मैले रमेशलाई पनि जुम भनेको थिए,उस्ले नै कबाबमा हण्डी म बन्दिन भन्दै भनेको थियो।।म त्यस्तै आधा घण्टा पछि झिलझिले पुगे,यता उती हेरे त्यहा काही राम्रो गिफ्ट सेन्टर देखीन,एक जना बैनीलाई सोधे,उस्ले यँहा त छैन,सुरुङगा बजारमा चाही छ भनिन।आधा घण्टा जति लाग्थियो म फेरि आफ्नो बाईक लाई उतै मोड्दै गए,त्यहा पुगेर खुसीलाई कस्तो के दिने,फेरि पहिलो पल्ट थियो कुनै केटी लाई आफ्नो पैसा खर्च गरेर कुनै उपहार दिन लाको थिए।”साच्चै प्रेम त्यही आभास हो,जस्लाई पाउन हजारौ चाहानाहरु पुरा गर्नु पर्ने फेरि,आफ्नो सानो गल्तीले कतै सम्बन्धमा बाधा आउछ की भनेर तत्पर हुनु पर्ने,भगवान कै पाला देखीको चलन,प्रेम भन्ने जातै अलग।

18643826_1158739427603305_1505088997_n-193x300 ।।हो मैले पनि त्यस्तै गरेको थिए,घरमा ढाटेर कलेज नगई खुसीलाई भेटन आएको थिए,मैले

              ।।हो मैले पनि त्यस्तै गरेको थिए,घरमा ढाटेर कलेज नगई खुसीलाई भेटन आएको थिए,मैले

खुसीलाई फोन गरेर बोलाए,तर उस्ले 1घण्टा पर्खीनु भनि,रिस उठ्यो,म भने उस्को लागी बिहानै आउने उ भने छिनछिनमा टाईम देखाउने तर फेरि आज म रिसाउनु ठिक हुदैन किनकी आजकै दिन उस्ले यो संसारमा र तेवारी परिवारमा जन्म लिएकी थिई,म त्यहीको एउटा जोन क्याफे भन्ने तिर छिरे,भोक लागी राको थियो,कफि पिएर मोवाईल निकालेर फेसबुक खोले,त्यहा खुसीका साथिहरुले खुसीलाई जन्मदिनको शुभकामना दिएका रैछन,अझ खुसीका राम्रा राम्रा फोटो राखेर,मैले पनि खुसीका केही राम्रा र सुन्दर फोटोहरु आफ्नो गेलरि मा डाउनलोड गरेर राखे,मलाई

अल्छी लागेर निन्द्रा लागीराको थियो,त्यति नै बेला नँया नम्बर बाट फोन आयो,उठाए,तर खुसीको आवाजमा काहा हुनुहुन्छ,म सग रिसाउनु भाको,म आउदै छु,म सग ब्यालेन्स थिएन,साथिको नम्बर हो उ र म आउदै छौ,भनी अरे म भने एक्लै आउने उ भने साथि सग।भन्न त मन थियो खुसी तिमी एक्लै आउ तर यसो भन्न म कसरी सकौ कतै उस्ले गलत सोच्ने हो की,फेरि छोरी मान्छेको नराम्रो सोच्ने बानी नै हुन्छ कतै यही बोलीले उ म देखी टाढा भई भने म त मर्छु,अभ त खुसी मेरो जिन्दगी हो।मैले खुसीलाई जोन क्याफे भित्र छु भने,उस्ले यही बस्नु म आउदै छु भनिन,म त्यही बसीराको थिए,

                   एकछिन पछि खुसी र उस्की साथि म नजिकै आए,खुसीलाई देखेर म हासे,र उ पनि।कति

राम्री भएर आएकी थिई सिम्पल तर गालामा अलि अलि डिम्पल।।।मैले खुसीको साथि सँग परिचय गराउन भने,उस्ले पनि म आकाङक्षा पराजुली खुसीको बेस्टु भनिनन।।एकछिनको कुरा पछि मैले खुसीलाई जन्मदिनको शुभकामना दिदै,उस्को हातमा मैले ल्याईदिएको त्यो मायाको चिनो घडी लगाईदिएर,मैले मेरो अनि खुसीको सेल्फी फोटो खिचे,आकाङक्षाले पनि हामी तिनै जनाको सेल्फी फोटो खिची,साच्चै त्यो बेला मलाई लागेको थियो कुनै फिलीमको सुटिङ हुदै छ हाम्रो मायाको।

हामी त्यस्तै जिस्कने हास्ने कुरा गर्दैथियौ,आकाङक्षाले पनि खुसीलाई अहिले लगे मात्र हो,घरमा काकाले बिहे गर्दिने भन्नु हुदै छ नि भन्दै भने तर म खुसीलाई भगाएर हैन,हजारौ मान्छेहरुको सामु सिन्दुर हालेर,आफ्नी दुलही बनाएर”दयाराम मैनालीको जेठी बुहारी बनाउन चाहान्थिए।।एकैछिन कुरा सकेर म त्यहा बाट हिडे।।खुसीलाई निदारमा चुम्न मन थियो,अङगालोमा ब्यर्न मन थियो तर उस्को साथि डिस्टप थिई।।छुट्न मन थिएन तर फेरि म कुनै परदेश पनि त गएको थिईन।।म खुसी सग कुरा फेरि भेट्ने बाचा गर्दै घर आए।।बाटो भरि खुसी सँगका यि पलमा अनि उस्को र मेरो मायामा कसैको आखा नलागोस है भगवान फेरि म कसरी बाचौ,हिजो सम्म बाबा,ममी,बैनी थिए मेरो जिबनमा तर आज त खुसी छे जस्को लागी मैले जुनुको साचो प्रेमलाई लत्याएर मेरो रोजाई रोजे।।म घर पुगेर खुसीलाई फोन गरे तर खुसी एक्कासी….
क्रमश…
(कथा कस्तो लाग्दै छ)

“खुसी”
भाग-6
लेखक-अनु राउत

%d bloggers like this: