Balram Timalsina-Gazal

कैलै पढिनसकिने पाना जिन्दगीको !

चुहिएर हैरान भो छाना जिन्दगीको !received_6988611202758131 Balram Timalsina-Gazal

यौटै धर्ती यौटै आकास हो नै तर पनि !

वेग्लै कथा वेग्लै व्यथा साना दिन्दगीको !
चन्द्रमाको लालपूर्जा लिन थाले कोही !

हाम्रो युध्द सँधै नाना-खाना जिन्दगीको !
कठघरामा उभ्याएर सवाल गर्न मन छ !

कस्ले किन रच्यौ फरक गाना जिन्दगीको ?
तिम्रो स्वर्गमा आगलागी हुन सक्छ सुन !

जव आँखा खुल्छ सुका-आना जिन्दगीको !
२०७३/०७/०९/१:५५ अपरान्ह

ढल्को

%d bloggers like this: