Category Archives: रशिक राजका सृजना

तिमी हराएको दिन आज हिजो भैसके पछि मात्र बुझे(रशिक राजका सृजना)

शिर्षक : आँशुको यात्रा। साघुरो खोल्साबाट निस्केर उ बुँद जसरी बगिरहेथ्यो- मैले जिज्ञासाको सानो बाध हाले,रोके र सोधे- ए मुसाफिर! कहाँ जाँदै छस् यति रफ्तारमा बोकेर नुनिलो अनुहार? उ टक्क अडियो हाम्रो सम्बन्धको छातिमा, थोरै मुस्कुरायो र बोल्यो-यस पटक म तिम्रो भविष्य बाट बर्षातमा रुपान्तरण हुने छु। अह!मैले केही बुझीन त्यसपल। केही वर्षहरु बितेर तिमी

Read More

तातो खाडीमा जीवन युद्ध लड्दैछन्।

शिर्षक-कमरेड :निद ***** ए! कमरेड तिमी सँगै जनयुद्ध लडेका रातो छातीहरु अचेल. . तातो खाडीमा जीवन युद्ध लड्दैछन्। तिमीलाई ए! कमरेड तिमीलाई… के सजिलै निद पर्छ बालुवाटारमा??

मृत्युले लेख्यो एउटा युगिन प्रेमपत्र, प्रियसीको नाम जिन्दगी राखेर।

गजल *** बाको काँध साहुकोमा बन्धकी राखेर। उसले ल्यायो हत्केलामा खुशी राखेर। छोपिदियो सन्तानका नाङ्गा आङहरु, पत्निको ओठ तमसुकमा जमानी राखेर। यसो सोच्छ,के उमार्न सकिएला सुख? दु:खको बोटमा सपनाहरु कलमी राखेर। समयले सुम्पियो विचित्रको जीवनकथा, अन्त्य छापेर,बाकी पाना खाली राखेर। प्रस्ट्याउँदैछ उ जिन्दगीलाई यसरी, उदाहरणमा सल्केको मैनबत्ती राखेर। मृत्युले लेख्यो एउटा युगिन प्रेमपत्र, प्रियसीको नाम

Read More

रशिक राज को सुमधुर गजल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️गजल सरोबर ??????

गजल सरोबर पोहोरको बाडीमा घर आँगन बग्यो। अनि लोग्ने खेत बेचेर प्रदेश पस्यो। छोरी छक्क छे-पानी परी छानो चुहिदा, आमाको आँखा चै कसरी रूझ्यो। किन वेश्यावृति?जवाफ हृदय छेड्ने थियो, मैले आफुलाई बेचे र त छोरो बच्यो। फुललाई अङ्कित गर्दै बा बोल्नु भो, हेर बाबू काँडा बिच फुल मुस्कुराई फुल्यो। मर्नु अघि बुडा मान्छेले हाँसेर भने,

Read More

%d bloggers like this: