National Liberation Movement of Nepal.

14264159_1291296640889231_4800131445531746721_n National Liberation Movement of Nepal.राष्ट्रिय बाल दिवसको अवसर पारेर राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल पार्टीको बाल संगठन राष्ट्रिय मुक्ति बाल क्लब पिपरा, कपिलवस्तु स्थापना भएको छ । बुधबार कपिलवस्तुको पिपरास्थित पार्टीको जिल्ला कार्यालयमा भव्य समारोबिच बाल क्लवको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष डा. जयवन्त बिक्रम शाहले गरेका थिए ।

14079957_1291297170889178_6611478593341023984_n National Liberation Movement of Nepal.
टोलको सरसफाई गर्न चनचेतना अभिवृद्धि गर्ने, बिद्यालय नगएका बालबालिकालाई पढ्नका लागि प्रेरित गर्ने, पायक पर्ने ठाउँमा वाचनालय खोल्ने र शारीरिक स्फूर्तीको लागि खेलकूद पूर्वाधार विकास गर्न पहल थाल्ने जस्ता रचनात्मक योजनाहरु यो बाल क्लबले अघि सारेको छ ।

14355174_1291297034222525_9095501443821297935_n National Liberation Movement of Nepal. ५१ सदस्यीय क्लवमा सुश्री माया गिरीको अध्यक्षतामा ११ जनाको कार्यकारिणी समिति गठन गरीएको छ । क्लब स्थापना र उद्घाटन समारोहमा बालबालिकाले मनोरञ्जनात्मक प्रस्तुती समेत दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष डा. जयवन्त बिक्रम शाहले बालबालिकाको सृजनात्मक प्रयासको सराहना गरेका थिए । बालबालिका भविष्यको कर्णधार भएको बताउँदै, अध्यक्ष डा. शाहले देशलाई माया गर्ने बानीको बिकास गर्न बालबालिकालाई आग्रह गरेका थिए । ज्ञान आर्जन गर्ने कुराबाट बालबालिका पछि पर्न नहुने शाहको तर्क थियो ।

14364877_1291297327555829_4309488189431801321_n National Liberation Movement of Nepal. उनले बालबालिको हकहितका लागि आफु र आफ्नो दलकोतर्फबाट सबै खाले सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे । कार्यक्रममा बिभिन्न राजनीतिक दलका नेताहरुकोसमेत उपस्थिति थियो । “सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको” भन्ने मूल नाराकासाथ नेपालमा यस वर्षको बालदिवस मनाईदै छ । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनको अवसरमा हरेक वर्ष बाल दिवस मनाउँदै आईएको छ ।।

%d bloggers like this: